सत्तारुढ गठबन्धनको बैठकले एमसीसी सम्झौता संसदमा टेबल गर्ने निर्णय गरेको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको शिर्ष नेताहरुको बैठकले आइतबारै बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निर्णय गरेको हो।
गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आज बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौता टेबल हुने जानकारी दिए। उनले टेबल भइसकेपछि सभामा गहनरुपमा छलफल हुने र निष्कर्षमा पुगिने बताए।
उनले भने, ‘आज म तपाईहरु सबैलाई संसद भवन तर्फ जानका लागि आग्रह गर्दछु। आज एमसीसी परियोजना सम्झौता सार्वभौम संसदमा टेबुल हुन्छ। यसपछि सडकमा होइन, संसदमा गहनरुपले छलफल भएर एउटा निष्कर्षमा पुग्ने कुरा यहाँहरुलाई म अवगत गराउन चाहान्छु। आजै टेबुल हुन्छ।’
प्रवक्ता कार्कीले एमाले नेतृत्वको पूर्ववर्ति सरकारले एमसीसी सम्झौतालाई प्रतिनिधि सभामा दर्ता गराएको र सोही दर्तालाई टेबल गर्न लागिएको भन्दै यसको सम्बन्धमा एमालेले जवाफ दिनुपर्ने बताए। उनले भने,‘आज टेबल हुन्छ म यति मात्रै भन्न चाहान्छु कि, यो एमसीसी परियोजना संसदमा दर्ता गराएको विगतको सरकार केपी शर्मा ओलीको नेतृत्वको सरकारले यसलाई संसदमा दर्ता गराएको हो। सरकारको अविच्छिन्न उत्तराधिकारीको रुपले हामीले यसलाई आज टेबल गराउछौँ। यसपछि प्रमुख प्रतिपक्षी दलमा रहेको एमाले जो त्यतिखेर सरकारमा हुनुहुन्थ्यो, उहाँहरुले यसको जवाफ तपाईहरुलाई दिनुपर्छ।’ प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।