काठमाडौं– संविधानका अर्न्तवस्तुमा सहमति जुटाउन सरकारको नेतृत्व गरेको दल नेपाली काग्रेस र प्रमुख प्रतिपक्ष एकीकृत माओवादीबीच छलफल भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई दलको बैठकमा संविधानका विवादित विषया सहमति जुटाउने विषयमा छलफल भएको हो।
शनिबारसम्म ठोस सहमति गर्ने प्रतिबद्धता जनाएको प्रमुख चार राजनीतिक दलले शुक्रवार द्विपक्षीय छलफललाई तीब्रता दिएका हुन। शुक्रबार नै सत्तारुढ दल कांग्रेस एमालेबीच साझा अबधारणा बनाउने विषयमा छलफल भएको थियो। एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले फागुन महिनाभित्र पनि सहमति नभए चैत १ गते दोस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ। मोर्चाले आन्दोलन घोषणा गर्नु अगाडि नै दलहरुबीच सहमतिको प्रयास भएको हो।
बैठकमा दुवै दलका शीर्ष नेताको सहभागीता रहेको थियो। कांग्रेसबाट प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौलालगायत सहभागी थिए भने एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई उपाध्यक्ष नारायणकाजी श्रेष्ठ महामसचिव कृष्णबहादुर महरालगायतको सहभागीता थियो।