प्रधानमन्त्री र दाहालबीच भेटघाट सकियो
काठमाडौं, मंसिर २३ (नागरिक)- केही समयअघि प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भेटघाट सम्पन्न भएको छ। भेटघाटका क्रममा दाहालले कैलाली घटना सम्बन्धमा छानबिन गर्न समिति बनाउने प्रस्ताव राखेका थिए।
उनले घाइतेको उपचार र मृतकलाई क्षतिपूर्ति व्यवस्था गर्न पनि प्रधानमन्त्रीसँग आग्रह गरेका थिए।
जवाफमा प्रधानमन्त्रीले माओवादी लचक हुने हो भने यस्ता सबै समस्या मिल्ने बताएका थिए। 'ऊ लचक हुनुपर्छ, सबै कुरा मिल्छ'- आफूले दिएको जबाफबारे प्रधानमन्त्रीले सञ्चारकर्मीसँग भने।