पोखरा-एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले 'उठी सुख न बसी सुखको' अवस्था झेलिरहेको बताएका छन्। उनले संविधान लेखनका लागि सहमति वा आन्दोलनको जुनसुकै बाटो लिँदा पनि सुख पाउने अवस्था नरहेको सुनाए।
'सहमति गरौं भन्यो भने भोलिपल्टदेखि प्रचण्डले धोका दियो भन्नेहरुको तयारी देख्छु,,' दाहालले भने, 'लास्टसम्म आन्दोलन गरौं, मुद्दा केन्द्रित होऊँ भने संविधान पनि नबन्ने र देश बिखण्डन हुने खतरा पनि मैले देखिराख्या छु।' उनी बुधबार कास्की जिल्ला परिषदको प्रमुख अतिथिको हैसियतमा बोल्दै थिए।
देशको भलो गर्छु भन्दा बिपी कोइराला र मदन भण्डारीको जस्तो अवस्था बेहोर्नुपर्ने अवस्था देखेको पनि दाहालले बताए। 'तिब्बत जितेर देशको भलो गरें भन्दै स्याब्बासीको आस गरेर आएका भीम मल्ललाई दुई टुक्रा हुने गरी गिँडियो,' उनले भने, 'त्यस्तो कसले गर्यो त भन्दा देशको हित नचाहनेले।'
आफूले लिनेदिने गरी संविधान बनाउन पहल गरे पनि कहिँ न कहिँबाट खतरा आउने उनले बताए। 'मैले दाह्रा किटेर संविधान बनाउन पहल गरें भने ममाथि कहिँ न कहिँबाट बिपी, मदन भण्डारी र भीम मल्लमाथि जस्तै ममाथि पनि हुन्छ,' दाहालले भने, 'यो देशको भलो गर्छु भन्नेको जे भयो त्यो हुन्छ। रोक्न सक्ने जनताले मात्रै हो। जनताले रोक्नुपर्छ।'
तर शान्ति सम्झौता र हतियार व्यवस्थापन गर्दाकै जस्तो जोखिम उठाएर आफू संविधान लेख्न लाग्ने उनले प्रतिबद्धता गरे। गएको माघ ५ गते ३ मुख्य विषयमा सहमतिको नजिक पुगिसकेको हुनाले सहमतिमा संविधान लेखिने उनको विश्वास थियो। 'त्यो दिन न्यायापालिका, शासकीय स्वरुप र निर्वाचन प्रणालीबारे जुन ढंगले सहमति हुन खोज्योथ्यो, त्यो मैले बुझें भनेर प्रधानमन्त्रीले भन्नुभाछ,' दाहालले भने, 'त्यसैले अब संविधान लेखन अघि बढ्छ, राज्यपुनर्संचनाको विवादमा नमिलेका ५ जिल्लाको कुरा सुल्झाउन त्यति गाह्रो छैन।' एमाले नेता माधव नेपाल र प्रधानमन्त्री सुशील कोइरालासँग बुधबार गम्भीर कुराकानी भएको भन्दै आफू अत्यन्त आशावादी रहेको उनले बताए।
बिचैमा भंग भएका शान्ति सम्झौताका उदाहरण विश्वमा धेरै रहेको औंल्याउँदै दाहालले आफूहरुले भने नयाँ प्रयोग गरेर त्यसलाई निरन्तरता दिइरहेको बताए। 'फेरि नयाँ जोखिमको प्रयोग गरेर हामी संविधान लेख्छौं,' उनले भने।