पोखरा- एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले ल्हारक्याल लामालाई सभासद बनाउँदा 'भूतले खाजा खाने बेला' परेको बताएका छन्। उनले आफूहरु संविधानसभाबाहिर आन्दोलन गर्न लाग्दा विरोधीहरुले निहुँ बनाएको पनि बताए।
'एमाले छाडेर हाम्रो पार्टीमा आउँदा कसैले आपत्ति गरेनन्। पार्टीको सल्लाहकार बनायौं। समानुपातिक सूचीमा राख्दा पनि कसैलाई आपत्ति भएन,' दाहालले भने, 'बौद्धविज्ञलाई सभासद बनाऊँ त भन्दा चियाको कपमा तुफान ल्याउने प्रयास भइरहेको छ।' पार्टीनिकट शिक्षकहरुको राष्ट्रिय महाधिवेशनको प्रमुख अतिथि बन्न दाहाल सोमबार पोखरा आएका छन्। त्यसअघि जिल्ला पार्टी कार्यालयमा क्रान्तिकारी पत्रकार संघले बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जिज्ञासाहरुको सम्बोधन गरेका थिए।
अघिल्लो संविधानसभामा एमालले सभासद बनाएपछि लामाको नागरिकताबारे उत्पन्न विवाद छानबिन समितिले सफाइ दिइसकेको प्रष्टोक्ति दाहालले दिए। 'हाम्रै साथीहरुबीच पनि राम्ररी छलफल हुन नपाउँदा कन्फ्युजन भयो,' उनले भने, 'यही बेला विरोधीले खेल्ने मौका पाए।' लामालाई सभासद बनाउन आफूले एक कौडी पनि नलिइएको दाहालले जनाए।
दाहालले आफूहरु पहिलो चरणको आन्दोलनमा रहँदै कांग्रेस-एमाले सहमतिमा आए फागुन १६ मा खुसीयाली सभा गर्ने बताए। एमाओवादीले उक्त दिन काठमाडौंमा शक्ति प्रदर्शन गर्ने योजना बनाएको छ। संविधान लेखन कहिल्यै पनि बहुमत र अल्पमतका आधारमा गर्न नहुने तर्कसहित उनले शान्ति प्रक्रियाका सहयात्रीहरुबीच सहमति हुनै पर्ने अडान दोहोर्या ए। '१२ बुँदेदेखि बृहत् शान्ति सम्झौतासम्मका सरोकारवालाबीच बहुमत र अल्पमत भन्ने नै हुँदैन,' उनले भने, 'जनादेश के छ भन्ने भुलेर कांग्रेस-एमालेले संविधानसभाको मतादेशअनुसार चल्न खोज्दैछन्।'