पोखरा-भारतीय हवाई रुट हुँदै मानवतस्करी बढेपछि नेपालले पूर्वस्वीकृति बिना नेपालीलाई भारतीय विमानस्थलबाट तेस्रो देश जान रोक्न भारतसमक्ष विमानस्थलमा कडाइ गर्न प्रस्ताव गरेको छ।
मानव तस्करले नेपाली नागरिकलाई जोखिमपूर्ण काममा लैजान भारतका विभिन्न विमानस्थल प्रयोग बढाएको विवरणसहित नेपाली सुरक्षा अधिकारीले पोखरामा मंगलबार सुरु ‘नेपाल–भारत सीमा सुरक्षा बैठक' मा यस्तो प्रस्ताव राखेका हुन्।बैठकमा भारत हुँदै तेस्रो देश जाने नेपालीका लागि दिल्लीस्थित नेपाली दूतावासको ‘नो अब्जेक्सन लेटर' अनिवार्य गर्न प्रस्ताव गरेको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका गृह मन्त्रालय शान्ति सुरक्षा महाशाखाका प्रमुख लक्ष्मीप्रसाद ढकालले जानकारी दिए।
‘दलालले विभिन्न प्रलोभन देखाई नक्कली कागजातसाथ नेपालीलाई भारतको बाटो उडाउन नपाऊन् भनेर दिल्लीस्थित नेपाली दूतावासको नो अब्जेक्सन लेटर अनिवार्य गर्न प्रस्ताव गरेका छौं,' ढकालले नागरिकसँग भने, ‘भारतको अध्यागमनले त्यसो गरिदियो भने नेपालीले दुःख पाउने छैनन्।'
पछिल्लो समय मानवतस्कर समूहले वैदेशिक रोजगारीका लागि नेपालले प्रतिबन्ध लगाएका इराक, अफगानिस्तान, लिबियालगायत देशमा मात्र होइन, युगान्डा, केन्या, मादाकास्का, मलेसिया, दुबई र कुबेतलगायत देश पुर्या एर नेपाली महिलालाई जोखिमपूर्ण काममा लगाउन भारतका हवाई रुट प्रयोग गरिरहेका छन्।
तस्कर समूहले पर्यटक आवरणमा भिसा लगाएर नेपाली युवतीलाई डान्स–बारलगायतमा काम गराउन मलेसिया, दुबई, कुवेतसँगै युगान्डा, केन्या, बहराइन पुर्याफउने गरेको खुलेपछि नेपाली सुरक्षा अधिकारीले आफ्नो विमानस्थल कडाइ गरेका थिए। त्यसलगत्तै मानवतस्कर समूहले स्थलमार्ग हुँदै भारत पुर्यागएर त्यहाँको हवाई रुट प्रयोग गरिरहेका छन्।
भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले हालै सार्वजनिक गरेको प्रतिवेदनमा गत वर्षको जुलाईदेखि डिसेम्बरसम्म दिल्ली विमानस्थल हुँदै ८ हजार नेपाली युवतीको तस्करी भएको उल्लेख छ।
उक्त रिपोर्टअनुसार दुबईलगायत देशमा जोखिमपूर्ण काममा लैजान मानव तस्कर समूहले दिल्ली विमानस्थलको उपयोग गर्दै आएका छन्। दिल्लीको मानवतस्कर प्रतिरोध दस्ताले गत जुलाईमा दिल्ली विमानस्थलमा छड्के जाँच क्रममा दुबई हुँदै नैरोबीको डान्स–बारमा काम गर्न लैजान विमानस्थल पुर्यामइएका ७६ नेपाली युवतीलाई फेला पारेको थियो। घटनालगत्तै भारतीय अनुसन्धान निकाय सिबिआईले दिल्ली हुँदै तेस्रो देश गएका नेपाली युवतीको विवरण नेपाली सुरक्षा अधिकारीलाई पठाएको थियो।
भारतीय गृह मन्त्रालयका सह–सचिव हितेशकुमार मकवानासहितको टोलीले नेपालले उठाएको विषयप्रति गम्भीर चासो राखेको बैठकमा सहभागी एक अधिकारीले बताए। विमानस्थल प्रयोग गर्न दिने–नदिनेबारे अध्यागमन कार्यालय गृह मन्त्रालय मातहत नै भएकाले यही बैठकमा सहभागी भारतीय अधिकारीले त्यसबारे निर्णय गर्नेमा नेपाली पक्ष आशावादी छन्।
बैठकमा भारतीय पक्षले नक्कली भारतीय रुपैयाँ भारत पुर्याछउन अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई ट्रान्जिट बनाउने गरेको विवरण राख्दै त्यसको नियन्त्रणमा कडाइका लागि संयन्त्र बनाउन प्रस्ताव गरेको बैठकका सहभागीले जानकारी दिए। अन्तर्राष्ट्रिय गिरोहले पाकिस्तान, दुबईको हवाई मार्गबाट नेपाल हुँदै स्थलमार्ग प्रयोग गरेर जाली भारु भारत भिœयाउने गरेको भारतीय सुरक्षा अधिकारीको विश्लेषण थियो।
भारतीय पक्षको प्रस्तावको जवाफ दिँदै नेपाली पक्षले नेपालमा बरामद नक्कली भारुको परिमाण र पक्राउ परेकाको सूची प्रस्तुत गरेको थियो।
गृह मन्त्रालयको तथ्यांकमा सन् २००९ नोभेम्बर २ देखि २०१३, मे ७ बीच नेपालले ११ करोड ३ लाख जाली भारुसहित २४ समूहका ६३ जनालाई पक्राउ गरिसकेको छ।
गृहका अधिकारीले बैठकमा सोही तथ्य पेस गर्दै जाली भारु नियन्त्रणमा नेपाल गम्भीर रहेको प्रस्ट पारेका थिए। त्यही क्रममा भारततिरबाट नेपालमा नक्कली नेपाली रुपैयाँ आउने क्रम बढेकाले त्यसको नियन्त्रण गर्न भारतीय पक्षको ध्यानाकर्षण गराएको थियो।
४ वर्षको बीचमा नेपालमा १६ लाखभन्दा बढी नक्कली नेपाली रुपैयाँ बरामद भइसकेको छ भने अनुसन्धानमा मुख्य कारोबारी भारतीय र नोट भारतमा छापिने अनुसन्धानमा खुलेको थियो। नेपाली पक्षले यो तथ्यसमेत बैठकमा राखेर नियन्त्रणमा सहकार्य प्रस्ताव गरेको थियो।
‘हामीले नेपालमा बरामद नक्कली भारतीय रुपैयाँ र कारोबारीको संख्या बैठकमा राख्यौं,' ढकालले भने, ‘नेपाली नक्कली रुपैयाँ कारोबार नियन्त्रणमा उताको सुरक्षा संगठन सक्रिय हुन आग्रह गर्यौंछ।'
नेपाली टोलीले भारतीय टोलीसमक्ष भारतीय भूमिमा आश्रय लिएका केही सशस्त्र समूहले नेपालमा आतंक मच्चाइरहेको विषय उठाउँदै नियन्त्रणका लागि भारतीय टोलीको ध्यानाकर्षण गराएको थियो।
जनतान्त्रिक तराई मुक्ति मोर्चाका प्रमुख जयकृष्ण गोइतलगायत समूह भारतीय भूमिमा बसेर नेपालमा आफ्नो सञ्जाल परिचालन गरिरहेको सुरक्षा विवरण नेपाली पक्षले बैठकमा राखेको थियो।
‘हतियारधारी उता गएर बस्ने अनि यता नेपालमा आतंक मच्चाउने गरेको विषय प्राथमिकतासाथ बैठकमा राख्यौं,' ढकालले भने।
नेपालमा अपराध गरी भारतमा लुकेर बसेका अपराधीको खोजी, आपराधिक सूचना आदानप्रदान सहजीकरण सहज बनाउन नेपाली पक्षले प्राथमिकता दिएको थियो।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको तथ्यांकअनुसार नेपालमा भित्रिइरहेको खैरो हेरोइन, बु्रपिनर्फिन, डाइजेपामलगायत लागुऔषधको मुख्य स्रोत भारत र मुख्य कारोबारी भारतीय नागरिक नै छन्। नेपाली पक्षले बैठकमा यो एजेन्डासमेत उठाएको थियो।
भारतीय सेनालगायत निकायमा सेवानिवृत्त नेपालीले नागरिकतामा फरक नाम भएकै आधारमा पेन्सन नपाइरहेको मुद्दासमेत बैठकमा उठेको थियो। ढकालका अनुसार भारतीय पक्षले ‘सेनाको विषय उतै खबर गरिदिने' आश्वासन दिएको थियो।

नक्कली नोट रोकौं