गृहमन्त्रीका छ महिनाः नीतिगत सुधारदेखि प्रहरीको मनोबल उच्च पार्नेसम्मका कार्य
२१ माघ २०७८
•
४ मिनेट पाठ
गृहमन्त्रीका छ महिनाः नीतिगत सुधारदेखि प्रहरीको मनोबल उच्च पार्नेसम्मका कार्य
गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो कार्यकालको छ महिनामा भएका नीतिगत र कार्यगत प्रगति विवरण आज सार्वजनिक गरेका छन्।




उनले बिहीवार सार्वजनिक गरेकाे ७१ बुँदे विवरणमा संस्थागत नीतिगत तथा कार्यविधि, प्रहरी प्रशासन, अध्यागमन तथा सीमा प्रशासन, विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, कारागार व्यवस्थापन, सुरक्षा व्यवस्थापनमा गरिएको सुधार तथा लागुऔषध नियन्त्रणका लागि मन्त्रालयबाट भएका प्रगति समावेश गरिएको छ।

नीतिगत सुधार

कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको स्थापना गरिएको तथा अन्तर प्रदेश प्रहरी परिचालन निर्देशिकाको मस्यौदा तयार जनाइएको छ।

नेपाल प्रहरी र प्रदेश प्रहरीबीच अपराध नियन्त्रण र अनुसन्धान सहयोग समन्वय कार्यविधि प्रदेश प्रहरीको क्षमता अभिवृद्धि निर्देशिका, निर्वाचन सुरक्षा योजना, राष्ट्रिय राजमार्ग सुरक्षा कार्यविधि मस्यौदा तयार भएको छ।

त्रिवर्षीय अपराध नियन्त्रण तथा अनुसन्धान कार्य योजना कार्यान्वयनमा ल्याइएको, फौजदारी कसूर कैद कट्टा (दोस्रो संशोधन) नियमावलीको मस्यौदा तर्जुमा गरिएको तथा  केही नेपाल ऐन संशोधन गर्न बनेको ऐनमार्फत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ संशोधन प्रक्रियमा रहेको जनाइएको छ।

राजमार्ग सुरक्षा र अपराध नियन्त्रण तथा अनुसन्धानको कार्ययोजना पनि कार्यान्वयनमा आएको छ । तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, फौजदारी कसुर कैद कट्टा दोस्रो संसोधन नियमावलीको मस्यौदा र नेपाल प्रहरी नियमावली संशोधन भई कार्यान्वयनमा आइसकेको छ।

गृह सुधार कार्ययोजना, २०७८ को मस्यौदा तयार गरिएको, गृह मन्त्रालय, एकीकृत अनुगमन तथा मूल्याङ्कन कार्यढाँचा तयार गरी कार्यन्वयनमा रहेको, बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ मन्त्रिपरिषद्बाट स्वीकृत भई कार्यान्वयनमा रहेको तथा हातहतियार खरखजाना (दशौँ संशोधन) नियमावली, २०७८ नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भई कार्यान्वयनमा ल्याइएको जस्ता नीतिगत सुधार गरिएको जनाइएको छ।

प्रहरीतर्फको सुधार

प्रहरी नियमावलीमा नवौँ संशोधन गरी सहायक तथा श्रेणीविहीन दर्जामा वर्षौँदेखि एउटै पदमा कार्यरत रहनुपर्ने अवस्थाको अन्त्य गरी वृत्ति विकासलाई थप अनुमानयोग्य बनाइएको छ। त्यसका लागि राजपत्र अनङ्किततर्फ प्रहरी वरिष्ठ नायब निरीक्षक, प्रहरी वरिष्ठ हवल्दार र प्रहरी सहायक हवल्दार गरी तीन तह तथा श्रेणीविहीनतर्फ द्वितीयदेखि पञ्चमस्तरसम्म चार तह गरी जम्मा सात तह थप दरबन्दी सिर्जना गरी ती पदमा बढुवाबाट पदपूर्ति हुने व्यवस्था गरी प्रहरीको मनोबल उच्च पारिएको प्रगति विवरणमा उल्लेख छ।

यस व्यवस्थाबाट एक हजार ८९० श्रेणीविहीन, १४ हजार ५५२ प्रहरी जवान, तीन हजार ३८३ प्रहरी हवलदार र एक हजार १७९ वरिष्ठ नायब निरीक्षक गरी जम्मा २१ हजार चार प्रहरी कर्मचारीको तह वृद्धि हुनेछ । सचिवालयका अनुसार ट्राफिक प्रहरीतर्फ कार्यालय सहयोगीदेखि प्रहरी हवल्दारसम्म सुरु तलब स्केलको ४० प्रतिशत प्रहरी सहायक निरीक्षकदेखि प्रहरी निरीक्षकसम्म २० प्रतिशत र प्रहरी निरीक्षकदेखि प्रहरी नायब उपरीक्षकसम्म १० प्रतिशतका दरले प्रोत्साहन भत्ता उपलब्ध गराइएको छ।

प्रहरी सङ्गठनभित्र आदरार्थी शब्द प्रयोग गर्न निर्देशन दिइएको, दलित समुदायका लागि प्रहरी कार्यालयबाट पाउने सेवा सुविधा छिटोछरितो र सहजरूपमा प्राप्त गर्न तथा सम्बन्धित मुद्दा मामिलामा सहजीकरण गर्न सामाजिक सहायता कक्षको व्यवस्था गरिएको जनाइएको छ। चालु आवको छ महिनामा मुलुकभित्र अवैधानिकरूपमा बसेका तथा गैरकानूनी कार्यमा संलग्न विभिन्न मुलकका गरी १५४ जनालाई निष्काशन गरिएको छ।

विपद् व्यवस्थापन

विपद्सम्बन्धी सम्पूर्ण विवरण एकीकृतरूपमा रहने गरी तयार गरिएको र जोखिम नक्साङ्कन गरी एकीकृरूपमा तथ्याङ्क प्रविष्ट गर्ने कार्य भइरहेको जनाइएको छ। मनसुनबाट क्षति भएका निजी आवास पुनःनिर्माणका लागि रु ३६ करोड तीन लाख अनुदान रकम पठाइएको छ।

विभिन्न दुर्घटनामा परी घाइते भएका, बाढी तथा पहिराबाट प्रभावितलाई उद्धार तथा राहत सामग्री ढुवानी गर्ने प्रयोजनार्थ नेपाली सेनाको हेलिकप्टरबाट ११० बढी पटक उडान गरी सहजीकरण गरिएको जनाइएको छ।

सिन्धुपाल्चोक र मनाङ जिल्लाका सबै र बझाङ, बाजुरा, डोटी, दार्चुला, बैतडी, डडेलधुरा, इलाम, रुपन्देही, पाँचथर र धनुकटा जिल्लाका ३३ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरी आवश्यक कर्य अघि बढाइएको छ।

अन्य प्रगति विवरण  

खुला कारागार सञ्चालन नियमावलीको मस्यौदा तयार गरिएको, विगत छ महिनामा मात्र महानगरीय प्रहरी कार्यालय तथा प्रदेश प्रहरी कार्यालयमा गरी कूल ९५० थान सिसिटिभी क्यामेरा जडान गरिएको छ। मुलुकका विभिन्न सीमाक्षेत्रमा सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकीको सङ्ख्या २२७ पुगेको जनाइएको छ। मन्त्रालयले ३० वटा लागुऔषध उपचार तथा पुनःस्थापना केन्द्रलाई मन्त्रालयमा आबद्ध गराइएको छ। लागुऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना ९२०७९–२०८४० को मस्यौदा तयार गरिएको छ।

लागुऔषध मुद्दामा नेपाली नागरिक दुई हजार १८३, भारतीय नागरिक  ५८ र विदेशी नागरिक छ जना गरी कूल दुई हजार २४६ जना पक्राउ गरिएको छ। यस अवधिमा थप १७३ सहित हालसम्म कूल ६५४ स्थानीय तहमा बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ। राष्ट्रिय परिचयपत्रका लागि २३ लाख ७४ हजार ८८१ जना नागरिकको विवरण सङ्कलन गरिएको हो।

मन्त्रालयले उखु किसानलाई रु ६९ करोडभन्दा बढी रकम भुक्तानी गराउने सम्बन्धमा आवश्यक समन्वय गरेको छ। गम्भीर प्रकृतिका रोग लागेका तथा अन्य राज्यले सहयोग गर्नैपर्ने व्यक्तिका लागि रू नौ करोड ५५ लाख आर्थिक सहायता दिइएको मन्त्री खाँणले सार्वजनिक गरेकाे प्रगति विवरणमा जनाइएको छ।(रासस)
अर्को समाचार
न्याय क्षेत्रलाई आधुनिकीकरण र सुविधा सम्पन्न बनाउन जरुरीः गृहमन्त्री खाँण
०८ पौष २०७९
•
१ मिनेट पाठ
न्याय क्षेत्रलाई आधुनिकीकरण र सुविधा सम्पन्न बनाउन जरुरीः गृहमन्त्री खाँण
गृहमन्त्री बालकृष्ण खाँणले न्याय क्षेत्रलाई आधुनिकीकरण र सुविधा सम्पन्न गराउन जरुरी रहेको बताएका छन्। 




शुक्रबार महान्यायाधिवक्ताको कार्यालयको ७२ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले अपराध कार्यहरुमा नयाँ प्रविधिको प्रयोग भइरहेको अवस्थालाई मध्यनजर गरेर अनुसन्धान र अभियोजनमा पनि नयाँ प्रविधिको प्रयोग हुन जरुरी रहेको बताए। उनले नयाँ किसिमको अनुसन्धान र अभियोजनका लागि संस्थाहरुलाई श्रोत, साधनयुक्त गराउन जरुरी रहेको पनि बताए।

महान्यायाधिवक्ता कार्यालयलाई आगामी दिनमा अझ बढी प्रभावकारी रुपमा संवैधानिक र कानुनि जिम्मेवारी बहन गर्नसक्ने व्यवसायिक र विशिष्टिकृत बनाउन उनले निर्देशन दिए।  
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
यो पनि पढौँ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस