कर्णाली प्रदेशमा गैरसांसद मन्त्री बनाउने तयारी
१८ माघ २०७८
•
३ मिनेट पाठ
कर्णाली प्रदेशमा गैरसांसद मन्त्री बनाउने तयारी
कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रले गैरसांसदलाई सहभागी गराउने तयारी गरेको छ। नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारमा माओवादी केन्द्रले हिमाली समुदायको प्रतिनिधित्वका लागि भन्दै हुम्लाका कार्चेन लामालाई मन्त्री बनाउन चाहेको छ।




कांग्रेस नेतृत्वमा कर्णाली प्रदेश सरकार गठन भएको माघ १६ गते तीन महिना पुग्यो। सत्ता साझेदार दल कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच मन्त्रालयको भागबण्डा मिलेको छैन।

सत्ता साझेदार दलमध्ये सबैभन्दा ठूलो माओवादी केन्द्रले चार मन्त्रालयमा दाबी गर्दै आएको छ। समाजवादीले वैशाख २ गतेको सहमतिअनुसार आफूले तीनवटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ। सत्ताको नेतृत्व गरिरहेको कांग्रे माओवादीलाई तीन र समाजवादीलाई दुई मन्त्रालय दिएर बाँकी रहने दुई मन्त्रालय आफू राख्न चाहन्छ।

प्रदेशका मन्त्रालय भागबण्डा नमिलेपछि यसलाई टुंगोमा पुर्‍याउने जिम्मा केन्द्रलाई दिइएको छ। केन्द्रमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच हुने सहमतिका आधारमा कर्णालीमा मन्त्रालयको टुंगो लाग्नेछ। मन्त्रालयको टुंगो लागिनसक्दै माओवादीले लामालाई मन्त्री बनाउने विषयमा टुंगो लगाएको हो।

माओवादी उच्च स्रोतका अनुसार अध्यक्ष दाहालले नै लामालाई कर्णाली प्रदेश सरकारमा सहभागी गराउन निर्देशन दिएका छन्। दाहालको निर्देशनपछि माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलमा पनि छलफल भएको थियो। ‘सुप्रिमोको निर्देशन भएकाले नकार्ने कुरा पनि भएन,’ माओवादीका एक प्रदेश सांसदले भने, ‘केन्द्रले मन्त्रालय र संख्याको टुंगो लगाएपछि संसदीय दलले निर्णय गरेर सिफारिस गर्छ।’

लामा हुम्लाको सिमीकोट गाउँपालिकाका हुन्। उनी सशस्त्र द्वन्द्वका बेला भूमिगत थिए। उनकै ठाउँका २०६४ सालको संविधानसभा सदस्य छिमी लामा पुसको दोस्रो साता एमालेमा प्रवेश गरेका थिए।

‘हिमाली क्षेत्र र लामा/भोटे समुदायको प्रतिनिधित्व गराउनका लागि अध्यक्ष प्रचण्डले लामालाई मन्त्री बनाउन निर्देशन दिनु भएको छ,’ ती सांसदले भने, ‘गठबन्धन दलमा यो विषयमा विवाद नभए एक–दुई दिनभित्रै उहाँ मन्त्री बन्नुहुन्छ होला ।’ नेपालको संविधानअनुसार सांसद नरहेका व्यक्ति छ महिनाका लागि मात्रै मन्त्री हुन पाउँछन्।

माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज शक्ति बस्नेतले दलभित्र मन्त्री बनाउने विषयमा विभिन्न व्यक्तिको नाम आउनु स्वभाविक भएको बताए। ‘प्रदेशबाट मन्त्रालयको टुंगा लगाउनका लागि केन्द्रमा सिफारिस भएको छ, तत्कालै मन्त्रालयको टुंगो लगाएर पठाउँदैछौं,’ बस्नेतले भने, ‘त्यसपछि मात्रै दलले मन्त्री बनाउनेको नाम सरकारलाई सिफारिस गर्छ।’

गैरसांसदलाई मन्त्री बनाउने विषय बाहिर आएपछि माओवादीभित्रै असन्तुष्टि देखिएको छ। माओवादीका एक नेताका अनुसार विषयविज्ञलाई मन्त्री नियुक्त गर्नु सुहाउने भए पनि सांसद नै नभएका र विषयविज्ञ पनि नभएका व्यक्तिलाई मन्त्री बनाउँदा राम्रो सन्देश नजाने बताए। ‘हुम्ला माओवादीका प्रभावशाली नेता छिमी लामा एमाले प्रवेश गरेकाले उहाँको काउण्टरमा कार्चेन लामालाई मन्त्री बनाउन खोजिएको जस्तो देखिन्छ,’ उनले भने, ‘यसले दीर्घकालीन रूपमा पार्टीलाई नै असर पार्छ।’

माओवादी केन्द्र हुम्लाका इन्चार्ज विजय भण्डारीले लामालाई मन्त्री बनाउन प्रदेश हुँदै केन्द्रसम्म अनुरोध गरिएको बताए। ‘उहाँ (लामा)ले पार्टीका गरेको लगानी र योगदानको मूल्यांकन गर्दै मन्त्री नियुक्त गरिदिन अनुरोध गरेका छौं,’ उनले भने, ‘हाम्रो अनुरोधलाई शीर्ष नेतृत्वले स्विकार्नेमा विश्वस्त छौं ।’ उनले आफूहरू सकारात्मक परिणामको आशामा रहेको बताए।
अर्को समाचार
कर्णालीमा चैते दसैंमा बिदा नदिइने
०३ वैशाख २०८१
•
१ मिनेट पाठ
कर्णालीमा चैते दसैंमा बिदा नदिइने
कर्णाली प्रदेश सरकारले विगतमा चैते दसैंमा दिइँदै आएको बिदा यो वर्ष नदिइने भएको छ। यो वर्ष चैते दसैं वैशाखमा परेपछि प्रदेश सरकारले सार्वजनिक बिदा नदिने भएको हो।  




हिन्दु धर्मावलम्बीहरुले चैते दसैंलाई महत्वका साथ मनाउने गर्दछन्, तर प्रदेश सरकारले बिदा नदिँदा दसैं मनाउन घर पुग्ने कर्मचारी प्रभावित हुनेछन्। यसअघि चैत शुक्ल अष्टमीको दिन प्रदेशभर लागू हुने गरी बिदा दिने गरिएको थियो। 

यसपटक चैते दसैं वैशाख ४ गते परेपछि बिदा नदिइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गरी जानकारी दिएको हो।

कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०८० चैत २९ गतेको निर्णयबाट चैते दसैंको बिदा नदिइने भएको मन्त्रालयका सूचना अधिकारी रोशनबहादुर शाहीले हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस