काठमाडौं –उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले प्रक्रियाबाटै आगामी दुई/चार महिनामा मुलुकले नयाँ संविधान पाउने दाबी गरेका छन्।
रिपोटर्स क्लबले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा एमाले उपाध्यक्षसमेत रहेका गौतमले प्रमुख विपक्षी एमाअाेवादी र मधेसी दलले संविधान सभाबाट संविधान जारी गर्न नचाहेको आरोप लगाए। 'हामीले त उहाँहरुलाई (एमाओवादी र मधेसी दल ) संविधान लेखनको महान अभियानमा सहभागी हुन आग्रह गरिरहेका छौं,' उनले भने,'अब उहाँहरु आउनु भएन भने जनताबाट बहिष्कार हुने निश्चित छ।'
उपप्रधानमन्त्री गौतमले लोकतान्त्रिक विधि र प्रक्रियामा बहुमतको उच्चकदर हुनुपर्ने ठाउँमा अल्पमतले बहुमतलाई खेलाउन खोजेको आरोप लगाए। 'संविधान सभाभित्र रहेका १ सय ५० जना सभासदहरुले ४ सय ५० जनालाई घुर्की लगाउन मिल्दैन,' उनले भने, 'तीन चौथाई सभासदहरुले अघि बढाएको प्रक्रियाबाटै मुलुकले नयाँ संविधान पाउँछ, म यसमा पूर्णरुपमा विश्वस्त छु।'
संविधान जारी भएपछि मुलुक सामाजिक आर्थिक रुपान्तरणमा लाग्ने भन्दै नयाँ संविधान जारी भएपछि सुन्दर नेपाल बन्ने उनको भनाइ थियो।