अस्ताए सुवास घिसिङ
१५ माघ २०७१
•
११ मिनेट पाठ
अस्ताए सुवास घिसिङ
इलाम- 'आँधीबेहेरी' र 'ज्वालामुखी' रूपी जनताले चाहे 'जस्तोसुकै उलटपुलट हुन सक्ने' बताउँदै जीवनको अधिकतर समय आन्दोलनमा खर्चेका 'गोर्खे नेता' सुवास घिसिङको मृत्यु भएको छ।
दार्जिलिङको एउटा चिया कमानमा जन्मेर ८० वर्षसम्म अनौठो, चर्चित र विवादास्पद जीवन बिताएका घिसिङको बिहीबार नयाँ दिल्लीस्थित गंगाराम अस्पतालमा निधन भएको हो। उनी दार्जिलिङबाट उदाएका दर्जनौं नेतामध्ये 'भारतलाई झुकाउन सक्ने शक्तिशाली' का रूपमा सम्भि्कइनेछन्।

दार्जिलिङलाई केन्द्रविन्दु बनाई नेपालीभाषी बसोबास बाहुल्य रहेको क्षेत्रलाई छुट्टै राज्य 'गोर्खाल्यान्ड' दिइनुपर्छ भन्दै रक्तपातपूर्ण आन्दोलनलाई उत्कर्षमा पुर्याषएका घिसिङ आठ वर्षदेखि गुमनामप्राय थिए। विमल गुरुङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चा शक्तिमा आएपछि गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका सुप्रिमो घिसिङ स्न २००७ अन्त्यदेखि सिलिगुडी विस्थापित थिए। त्यसक्रममै पत्नी गुमाएका उनी घाँटी र फोक्सोको समस्याले ग्रसित हुँदै जाँदा अस्पताल बढी घरमा कम बस्न बाध्य थिए।

'जीवनको अन्तिम समय बेचैनी, छटपटी र रोगले ग्रसित भई बिताएका घिसिङको निधनले भारत बस्ने नेपालीभाषीलाई दुःखी बनाएको छ,' भारतीय सञ्चारमाध्यममा उल्लेख छ, 'उर्वर उमेर आन्दोलनमा बिताएका र नेपालीभाषीको प्रिय बनेका उनी पछिल्ला दिनमा प्रिय नरहे पनि उनले गोर्खालीप्रति पुर्याउएको योगदान उच्च छ।'

दार्जिलिङ रहँदा गत अक्टोबरमा चिसोले ग्रस्त पारेपछि घिसिङ सिलिगुडीको एउटा नर्सिङ होममा भर्ना गरिएका थिए। त्यसयता उनको स्वास्थ्य खासै सुधार भएको थिएन।

'बिन्दुले टीका के टीका, माटोको टीका पो टीका' दार्जिलिङमा दुई दशकभन्दा लामो समय एकछत्र राज गरेका घिसिङको कुनै बेला प्रिय वाणी थियो, 'जनता भनेका समुद्र, आँधीबेहेरी, ज्वालामुखी र देवता समान हुन्।' मुकुटविहीन राजाका रूपमा लालकोठीमा अड्डा जमाएका घिसिङको सान राजनीतिक रूपमा त सकिएको थियो नै, अब भौतिक रूपमा पनि सकिएको छ। सत्तामा रहँदा सयौं आसेपासे र दर्जनौं सुरक्षाकर्मीको घेरामा बस्ने उनी उपचारमा जानुअघि डेरामा गुमनाम रहन्थे।

सन् १९८० ताका गोर्खाल्याण्ड आन्दोलनमार्फत 'माटोको लडाइँ' लडेका घिसिङको राजनीतिक सक्रियता गुरुङको उदयसँगै लगभग सकिएको थियो। शक्तिशाली शासकका रूपमा २२ वर्षसम्म दार्जिलिङ क्षेत्रमा एकछत्र शासन गरेका घिसिङ बुढ्यौलीसँग जुध्दै सीमित सहयोगीसँग एकान्तबासमा थिए। कतिसम्म भने, उनलाई दार्जिलिङ प्रवेशमा समेत केही वर्षयता अघोषित रोक लगाइएको थियो। पहिलेको शासनथलोमा आगमन सहज नभई उनले जीवन गुमाउनुपर्योे।

२८ महिना लामो गोर्खाल्यान्ड आन्दोलनपछि २२ अगस्त १९८८ मा दार्जिलिङ गोर्खा पार्वत्य परिषद (दागोपाप) गठन हुँदा घिसिङ औधी हौसिएको इतिहास छ। हरेक भाषणमा काव्यात्मक लय मिसाएर जनता लठ्याउन माहिर मानिन्थे उनी। तर, पछिल्ला वर्ष त्यही समुद्र, आँधीबेहेरी, ज्वालामुखी र देवता भनिएका जनता उनको साथमा रहेनन्। १० मार्च २००८ का दिन दागोपापको कार्यबाहक प्रशासक पदबाट राजीनामा दिएपछि पहिचानविहीन हुँदै गएका थिए।

रोगले थकित र राजनीतिले गलित घिसिङ गत १९ अप्रिलमा सम्पन्न लोकसभा चुनावका बेला कार्यकर्ताको मन थाम्न सकीनसकी दार्जिलिङ उक्लेका थिए। पश्चिम बंगालमा ममता बनर्जी नेतृत्वको सत्तारूढ तृणमूल कंग्रेससँग तालमेल गरेर कंग्रेस उम्मेदवार भाइचुङ भुटियालाई समर्थन गरेका घिसिङ भुटियाको लज्जास्पद हारसँगै फेरि गुमनाम भए।

गोरामुममो, पश्चिम बंगाल र केन्द्र सरकारबीच सम्झौता भएर २५ वर्षअघि २२ अगस्टमा गठन भएको दागोपाप अहिले अस्तित्वमा छैन। त्यो ठाउँ गुरुङ नेतृत्वको गोर्खाल्यान्ड टेरिटोरिअल एडमिनिस्ट्रेसनले ओगटिसकेको छ। आफ्नो उदयपछि घिसिङसँग पानी बाराबारको सम्बन्ध राखे पनि अस्वस्थ भएर अस्पताल भर्ना भएपछि गुरुङसहित मोर्चा पदाधिकारीले घिसिङलाई केही समयअघि दिल्लीमै भेटेका थिए। गुरुङ कुनैबेला घिसिङकै विश्वासपात्र र भरपर्दा कार्यकर्ताका रूपमा चिनिन्थे।

दागोपापमा आफ्नै काउन्सिलर रहेका गुरुङले जन्माएको मोर्चाको बलियो बर्चस्वका कारण दार्जिलिङमा घिसिङविरुद्ध बढेको आक्रोश केन्द्र र राज्य सरकारले समेत थेग्न सकेन। जसका कारण घिसिङले दागोपापबाट राजीनामा दिनुपरेको थियो। मोर्चाले घिसिङलाई 'गोर्खाल्यान्ड' राज्य प्राप्तिका लागि बाधक बनेको, दार्जिलिङको विकासमा ध्यान नदिएको र नेपालीभाषीको भावनालाई आत्मसात नगरेको आरोप लगाउँदै आएको थियो। घिसिङले भने 'दागोपाप नै ठिक, जिटिए बेठिक' भन्न छोडेका थिएनन्।

घिसिङ माछामासु नखाने, मदिरापान नगर्ने, बाहिरफेर उतिसाह्रो ननिस्कने र भजनकीर्तन गर्दै पूजापाठ गर्न रुचाउने स्वभावका थिए। गोर्खाल्यान्ड आन्दोलन रोकेर त्रिपक्षीय सम्झौता गरी दागोपापमा चित्त बुझाउँदा घिसिङप्रति रुष्ट हुनेहरू दार्जिलिङमा धेरै थिए। शैक्षिक रूपमा अब्बल, आर्थिक दृष्टिले सम्पन्न र बौद्धिक पाटोले अग्रणी रहँदारहँदै पनि घिसिङको अदूरदर्शी सोचका कारण दार्जिलिङको गरिमा र महिमा तल झरेको मान्नेहरू अझै बग्रेल्ती भेटिन्छन्।

सन् १९६४ देखि दार्जिलिङ क्षेत्रको माटोलाई 'नेपालीभाषीको नासो' भन्दै त्यसलाई बंगालको पञ्जाबाट मुक्त गराउन घिसिङले गरेको पहल महत्वपूर्ण छ। घिसिङ शक्तिमै रहँदा दागोपापको संवैधानिक विकल्पस्वरूप प्रस्तावित छैटौं अनुसूचीबमोजिमको व्यवस्था मान्न तयार भए। जनभावना एकातिर हुँदाहुँदै घिसिङले चाहिँ आफ्नो पार्टीका केही नेतालाई साथ लिएर अन्तिम अवस्थासम्मै संसदबाट विधेयक पारित गराएर छैटौं अनुसूचीबमोजिम व्यवस्था नै लागु गर्नुपर्ने अडान छाडेका थिएनन्। त्यही जिद्दी नै उनको राजनीतिक अवसानको कारण हुन पुगेको थियो।

दार्जिलिङलाई 'आदिवासीको बसोबासथलो' का रूपमा चिनाएर छैटौं अनुसूची कार्यान्वयन गराउन घिसिङले कुनै कसर बाँकी राखेका थिएनन्। जनैपूर्णिमाका दिन चौरस्तामा बोनवो दिवस गरेर मतवाली समुदायका युवकयुवतीदेखि बूढापाकासम्मलाई धामीझाँक्रीको भेषमा नचाउँदै जाँड भरेको तोङबा देवीथानमा चढाउन भीरपहरा र जंगलतिर दौडिने गर्थे उनी। बिरामीलाई धामी लाउने, देउतालाई मदिरा चढाउनेजस्ता 'उट्पट्याङ' काम पनि गराएका थिए। घिसिङ सिलिगुडी विस्थापित हुनुअघि सबैतिरबाट असुरक्षित ठान्दै दागोपाप मुख्यालय लालकोठी र निवासको सा"घुरो घेराभित्र सीमित थिए।

१ हजार २ सयको ज्यान, सयौंको बलिदानी, हजारौंको विस्थापन र धेरैको अङ्गभङ्ग हुँदा पनि गोर्खाल्यान्ड राज्य प्राप्त नभएपछि दागोपापमा चित्त बुझाएका घिसिङको राजनीतिक पतनलाई दार्जिलिङ क्षेत्रका पार्टीहरूले 'तानाशाही शासनको अन्त्य भएको' संज्ञा दिँदै आएका थिए।

सेन्टजोसेफ स्कुलमा नौ कक्षा अध्ययन गर्दागर्दै बुवाको मृत्यु भएपछि परिवारको गुजाराका लागि उनी गोर्खा राइफल्स भर्ती भएका थिए। उनी १९६६ देखि राजनीतिमा लागेका थिए। सैनिक जीवनबाटै म्याटि्रक्स सकेपछि पल्टनको अनुशासन पचाउन नसकेर दार्जिलिङ फर्केका घिसिङ चित्रकला, खेलकुद, रंगमञ्च आदि क्षेत्रमा एकताका उत्तिकै रुचि राख्थे। उनले 'सुवास' नामबाट २१ उपन्यास लेखेका थिए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस