काठमाडौं- संविधानसभाको बैठक सुरु भएको आधा घन्टामै स्थगित भएको छ। बैठक सुरु हुनासाथ विपक्षी सभासदहरुले नारा लगाउँदै संविधानसभा बैठक अवरुद्ध पारेपछि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बैठक स्थगितको घोषणा गरे। अगामि बैठक आइतबार १ बजे बस्नेगरी सभामुखले स्थगित गरेका हुन्।कांग्रेस मुख्य सचेतक बिपक्षीको नियन्त्रणमा
बैठक सुरु भएको घोषणा गर्नुअघि नै प्रश्नावली समितिका प्रस्तावक चिनकाजी श्रेष्ठ रोष्टममा जान खोजेपछि विपक्षी सभासदले उनलाई केहीवेर नियन्त्रणमा लिएका थिए।
वेलमा पुगिसकेका श्रेष्ठलाई खुम्वुवान राष्ट्रिय मुक्ती मोर्चाका रामकुमार राई र एमाओवादीका अग्नी सापकोटा आएर समातेका थिए। श्रेष्ठलाई विपक्षी सभासदले केही समय घेरेर राखेका थिए। श्रेष्ठलाई मर्यादापालकले छुटाउने प्रयास गरे पनि सफल भएनन्। सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले उनलाई छुटाउन रुलिङनै गर्नु परेको थियो। नेम्वाङले यसरी अर्को दलको सभासदलाई समाउन पाइदैन छोड्दिनु भन्दै रुलिङ गरेका थिए। त्यसपछि श्रेष्ठ हाँस्दै आफ्नो कुर्सीमा गए।