काठमाडौँ-प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको छ।
एकीकृत नेकपा (माओवादी)को नेतृत्वमा सुरु भएको आन्दोलन र संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानका विवादित विषयवस्तुसहितको प्रतिवेदन पेस गरेको सन्दर्भमा बैठक डाकिएको बताइएको छ।
बैठकमा प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू सहभागी छन्। रासस