काठमाडौं-एकीकृत माओवादीसहित विपक्षी १९ दलका सभासद अनुपस्थित रहे पनि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले पठाएको प्रतिवेदन ग्रहण गर्दै संविधानसभा प्रक्रियाबाट नयाँ संविधान निर्माण गर्ने महत्वपूर्ण चरणमा प्रवेश गरेको छ।
संवाद समितिका सभापति बाबुराम भट्टराई बन्दको बहाना बनाउँदै प्रतिवेदन पेस गर्न नआएपछि मंगलबार ११ बजे डाकिएको संविधानसभा बैठक नचल्ने अड्कल काटिएको थियो। उनले संविधानसभा बैठक सुरु हुनु आधा घन्टाअघि गाडीमा सिंहदरबार पुगी सभाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई प्रतिवेदन बुझाएका थिए। बैठकमा ज्येष्ठ सभासदका हैसियतमा सूर्यबहादुर थापाले उक्त प्रतिवेदन प्रस्तुत गरेपछि सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले माग गरेअनुसार संविधानसभा प्रक्रियाको चरणमा प्रवेश गरेको हो।
यससँगै संविधानसभालाई प्रश्नावली समिति बनाएर अघि बढ्ने कि दलहरूका प्रस्ताव सिधै निर्णयार्थ पेस गर्ने भन्ने बाटो खुलेको छ। विपक्षीहरू सहभागी नभए पनि अब संविधानसभा रोकिँदैन भन्ने स्पष्ट संकेत पनि देखिएको छ।
संविधानसभाको अर्को बैठक माघ १ गते बिहीबार तोकिएको छ। उक्त बैठकले विवादित विषयमा वस्तुगत प्रश्न बनाएर निर्णयार्थ संविधानसभामा पेस गर्ने अधिकारसहितको छुट्टै समिति बनाउन सक्नेछ। यो निर्णय भए उक्त समितिले संविधानसभाले तोकेको निश्चित दिनमा प्रश्नावली बनाएर पेस गर्नेछ। त्यसलाई बहुमतका आधारमा संविधानको पहिलो मस्यौदा बनाउन मस्यौदा समितिमा पठाइनेछ।
यसअनुसार संविधानको पहिलो मस्यौदा दुई तिहाइले पारित गर्नुपर्छ। कांग्रेस, एमाले, राप्रपासहित नौबुँदे अवधारणा पेस गरेका दलहरूको सिटसंख्या मिलाउँदा दुई तिहाइ पुग्छ। नौबुँदे अवधारणा ल्याउँदा सहभागी नभएका दलहरू नेकपा (माले), राष्ट्रिय जनमोर्चालगायतले पनि कांग्रेस–एमालेलाई समर्थन गरेका छन्।
कांग्रेसका केही नेताले भने प्रश्नावली समिति गठन नगरी सोझै नौबुँदे अवधारणा निर्णयार्थ प्रस्तुत गर्न र बहुमतका आधारमा मस्यौदा निर्माणका लागि मस्यौदा समितिमा लैजान माग गरेका छन्। संविधानसभाको बिहीबारको बैठकले यो विकल्प पनि छान्न सक्ने स्रोत बताउँछ। संविधानको मस्यौदा बनाउन प्रश्नावली समितिको तुलनामा यो छोटो र छिटो बाटो हो। एमाले नेताहरू भने यसमा सहमत भइसकेका छैनन्। उनीहरूले संविधानसभा अध्यक्षको तयारीअनुसार प्रश्नावली समिति गठनमै जोड दिएका छन्।
‘बैठकै बहिस्कार गरेर संविधानसभालाई अनादर गर्नु एमाओवादीका लागि यो अन्तिम दिन हो, अब उनीहरूले यसरी बैठकको अनादर गर्न पाउँदैनन्,' एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बैठकपछि पत्रकारहरूसँग भने, ‘संविधानसभा अकारण चल्न नदिन बहिस्कार गर्नेजस्ता प्रयास अन्त्य गरेर संविधान निर्माणमा आउनुस् भन्ने हाम्रो आग्रह छ। होइन भने अब प्रक्रियामा त अघि जानैपर्छ। संविधानसभा हात बाँधेर तमासा हेरेर बस्दैन।' सहमतिको प्रयास जारी राखेर पनि प्रक्रियामा जान सकिने ओलीको तर्क थियो।
‘कोही–कोही बाहिर गए भन्दैमा संविधानसभा बन्द गर्ने, नचलाउने कुरा आउँदैन,' ओलीले भने, ‘दुई–चार जनालाई भित्र पस्न मन लागेन भने यसलाई असफल बनाउने त? अब कुनै पनि हालतमा प्रक्रिया अघि बढ्छ। सँगसँगै हामी सहमतिको प्रयास पनि जारी राख्छौं। एमाओवादीलाई सहमतिमा आउन अझै पनि सम्झाइराखेका छौं।'
‘सहमति हुन नसकेर प्रक्रियामा अघि बढ्दा माघ ८ को समयसीमामा अलिकति तलमाथि हुनसक्छ,' उनले भने।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि एमाओवादीको व्यवहारले दलहरूबीच ध्रुवीकरण निम्त्याएको उल्लेख गर्दै संविधानसभाले प्रक्रियामा प्रवेश गरेर विवादित विषय मस्यौदा समितिमा पठाउनुपर्ने बताए।
‘संविधानसभा अब प्रक्रियामा त जान्छ नै र जानैपर्छ,' पौडेलले भने, ‘विषयहरू अब मस्यौदा समितिमा पठाउनुपर्छ, सहमतिको प्रयास पनि सँगसँगै अघि बढ्दै जान्छ।' उनले सहमतिको प्रयास हुँदै गर्दा एमाओवादी वार्ता छाडेर सडक प्रदर्शनमा लागेको आरोप लगाए।
‘कांग्रेस–एमालेले शान्ति प्रक्रियाका सहयात्री माओवादीलाई सँगै लैजान लचकतासाथ सहमतिको प्रयास गरिरहेका थिए,' उनले भने, उहाँहरू त्यसलाई छाडेर सडक प्रदर्शनमा लाग्नुभयो। हामीले धु्रवीकरण निम्त्याएको होइन, उहाँहरूले नै निम्त्याउनुभएको हो।'
एमाले युवा नेता रवीन्द्र अधिकारीले पनि लामो अन्योल र शंका–उपशंकापछि संविधानसभा प्रक्रियाको महत्वपूर्ण चरणमा प्रवेश गरेकाले अब यसबाटै निकास निस्कने बताए।
‘कुनै पनि खास निष्कर्ष नभएको प्रतिवेदन बनाएर कहिले संवाद समिति त कहिले संविधानसभा गर्दै चारपटक ओहोरदोहोर भयो, आजदेखि यसले निकास पाएको छ,' उनले भने, ‘संविधानसभा प्रक्रियाको चरणमा प्रवेश गरेको छ, अब संविधानसभाले प्रश्नावली समिति बनाएर त्यसबाट आएका प्रश्नलाई संविधानसभामा निर्णयार्थ पेस गरेपछि मस्यौदा निर्माणले पूर्णता पाउँछ।'
‘प्रक्रियामा अगाडि बढ्दा पनि सहमतिको प्रयास जारी राख्नुपर्छ तर सहमतिका नाममा प्रक्रियालाई विलम्ब गराउने काम कसैले गर्नु हुँदैन,' उनले भने।
यो चरणमा आएर प्रक्रियाबाट संविधान जारी गराउन नसके संविधानसभाको औचित्य स्वतः समाप्त हुने उनले बताए।