डडेल्धुरा— एमाओवादी सहितको ३० दलीय मोर्चाले आह्वान गरेको सुदूरपश्चिम बन्दबिरुद्ध डडेल्धुराका ब्यापारी र स्थानीय सडकमै उत्रेर प्रतिकार गरेका छन्। नेपाली झण्डा बोकेका स्थानीय सर्वसाधारण र ब्यापारीको समूहले बन्दबिरुद्ध माइकिङ गर्दै बजार खुलाउन थालेपछि बजार बन्द गराउन परिचालन भएका मोर्चाका कार्यकर्ता भागेका छन्।एमाओबादी सहितको ३० दलीय मोर्चाले आव्हानमा बन्दका पसलहरु समेत खुलाउने काम भएको छ। ब्यापारीले ठाउँ ठाउँबाट बन्दको अबज्ञा गरेका छन् ।
डडेल्धुराको बागबजार, कीर्तिपुर र तुफानडाडाँ बन्द रहेको बजार स्थानीयले खुलाएका छन्। 'अनाहकमा माग राखेर बजार बन्द गराउनु पाइँदैन' व्यापारी गणेश भट्टले भने, 'व्यापारीलाई स्वतन्त्र रुपमा व्यापार गर्न दिनुपर्छ, अबरोध गर्नेबिरुद्ध हामी सडकमै उत्रिन्छौं।'
बजार बन्द गराउन बिहानै बजारमा उत्रिएका मोर्चाका कार्यकर्ता स्थानीय र ब्यापारीहरुले नाराजुलुस गर्न थालेपछि भागेका थिए। स्थानीय र मोर्चाका कार्यकर्ताबीच भिडन्त हुने सक्ने भन्दै बजार क्षेत्रमा ब्यापाक सुरक्षाकर्मी परिचालन गरिएको छ।
बन्दका क्रममा आज झापाको सदरमुकाम भद्रपुरमा बन्दकर्ता र व्यापारीबीच झडप भएको छ। झडपमा बन्दकर्ता रञ्जितकुमार सिन्हा घाइते भएका छन्। झापाको सदरमुकाम भद्रपुरस्थित चन्द्रगढीबजार बन्द गराउने क्रममा झडप भएको थियो।
बन्दकर्ताको समूहले बजार बन्द गराउन आएपछि चन्द्रगढीका व्यापारीहरु बन्दको विरोधमा उत्रिएपछि दुवै समूहबीच झडप भएको हो। झडपपछि अहिले चोक–चोकमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने हाल चन्द्रगढीका पसल बन्द रहेका छन् ।
व्यापारिक समूहले गरिखान नदिने प्रवृत्ति अन्त्य गर, व्यापारिक ऋण तिरिदे, बालबच्चा पालनपोषणको जिम्मा लिई अनिमात्र बन्द गर भन्दै चर्का नाराबाजी गर्दै प्रतिकार पनि गरेका थिए।

भद्रपुरमा झडप