गोरखाबजार—तिब्बतसँग सीमाना जोडिएको गोरखाको सामागाउँ गाविसमा सशस्त्र प्रहरीको क्याम्प राख्ने तयारी थालिएको छ। उत्तरी क्षेत्र हुँदै तिब्बत नाकाबाट बहुमूल्य जडीबुटी, लोपोन्मुख जनावर, पक्षीको हाडखुर तस्करी हुने क्रमशः बढेपछि तिब्बतसँग सीमा जोडिएको सामागाउँको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको क्याप राख्ने तयारी थालिएको गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनाले जानकारी दिए।पछिल्लो समय पर्यटकको चाप बढ्दै गएको मनास्लु पर्यटन पदमार्ग भएर उत्तरी गोरखातर्फ गएका पर्यटकको सुरक्षाका लागि पनि स्थानीय बासिन्दाले सीमा क्षेत्रमा सशस्त्रको माग गरेको प्रजिअ तिमल्सिनाको भनाइ छ।
सीमा क्षेत्रमा शसस्त्र प्रहरीको क्याप राख्ने सम्बन्धमा पहल शुरु गरेका छौ' उनले भने, 'सदरमुकामबाट ५२ कोशको दूरीमा रहेको सीमा क्षेत्रमा सुरक्षा क्याप नहुँदा तष्करी बढेको पाइएको छ।' सामागाउँको साम्दो हुँदै एक दिन पैदल हिडेपछि तिब्बत सीमा पुगिन्छ।
गोरखाको ल्हो, सामागाउँका स्थानीय बासिन्दाहरुले चौंरीमार्फत् तिब्बतको सीमामा रहेको बजारबाट खाद्यान्न, लत्ताकपडा लगायत सामग्री ढुवानी गर्दै आएका छन्। सामागाउँमा रहेको प्रहरी चौकीदेखि एक दिनको पैदल दूरीमा सीमा पर्ने भएकाले प्रहरीले तष्करी रोक्न नसकेको स्थानीय बासिन्दाको भनाइ छ । रासस