‘नेपाल चीन–दक्षिण एसिया सेतु'
११ पौष २०७१
•
१० मिनेट पाठ
‘नेपाल चीन–दक्षिण एसिया सेतु'
काठमाडौं-नेपाललाई ८० करोड चिनियाँ आरएमबी (करिब १३ अर्ब रुपैयाँ) अनुदान सहयोग दिने घोषणा गर्दै चीनले यहाँको विकासका लागि नौवटा क्षेत्रमा सहयोग गर्ने प्रस्ताव अघि सारेको छ।
शुक्रबार काठमाडौंमा सम्पन्न नेपाल–चीन परराष्ट्र मन्त्रीस्तरीय द्विपक्षीय बैठकमा चीनले आर्थिक अनुदान र सहयोग प्रस्ताव गरेको हो। चीनलाई दक्षिण एसियासँग जोड्ने पुल (ब्रिज) बन्न पनि चीनले नेपाललाई आग्रह गरेको छ।‘चीनले ८० करोड चिनियाँ आरएबी अनुदान सहयोग उपलब्ध गराउने घोषणा गरेको छ, हामीले त्यसलाई स्विकारेका छौं,' द्विपक्षीय बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री पाण्डेले जानकारी दिए। यो सहयोग चीनले सन् २०१५ मा नेपाललाई उपलब्ध गराउने छ। नेपालले परियोजना प्रस्ताव गरेपछि यो सहयोग उपलब्ध हुनेछ। 
यसअघि वार्षिक २० करोड चिनियाँ आरएमबी अनुदान सहयोग उपलब्ध गराउँदै आएको चीनले आउँदो वर्ष बढाएर ८० करोड दिने घोषणा गरेको हो। ‘नेपाल आउनेबित्तिकै मैले यहाँ कस्तो किसिमको सहयोग आवश्यक छ भनेर हाम्रो राजदूतसँग कुरा गरेँ, छलफलपछि सहयोगका लागि नौवटा क्षेत्र निर्धारण गरी प्रस्ताव गरेका छौं,' संयुक्त पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङ यीले भने। 
चीनले निर्धारण गरेका प्रमुख नौ क्षेत्रमा व्यापार, लगानी, कृषि, पूर्वाधार विकास, विज्ञान तथा प्रविधि, कनेक्टिभिटी, पर्यटन, सुरक्षा तथा कानुन कार्यान्वयन र सांस्कृतिक आदानप्रदान छन्। ‘आपसी हितका लागि यो सूची तयार पारिएको हो, आगामी दिनमा सहयोग विस्तारका लागि पनि यी ९ क्षेत्र महत्वपूर्ण छन्,' विदेशमन्त्री यीले भने, ‘यो नेपालको राष्ट्रिय विकासका लागि पनि अपरिहार्य छ। हामी यी क्षेत्रमा नेपालसँग सहकार्य गर्न तयार छौं।' 
तीन माध्यममार्फत निर्धारित नौ क्षेत्रमा सहयोग गर्न सकिने उनले सुझाए– स्थापना सहयोग, मानव संशाधन विकास र राष्ट्रिय स्तरमा सहयोग। आर्थिक अनुदान उपलब्ध गरेर स्थापना सहयोग गर्न सकिने ठम्याइ उनको थियो। विभिन्न तालिम उपलब्ध गराएर दक्ष जनशक्ति निर्माण गरी मानव संशाधन विकासमा सहयोग पुर्या्उन सकिने उनले जनाए।
राष्ट्रियस्तरमा सहयोग विस्तार गर्न चीनका सबै प्रान्तलाई आफूले आग्रह गर्नेसमेत यीले बताए। चीनका विभिन्न प्रान्तले राष्ट्रियस्तरमा छुट्टाछुट्टै रूपमा सहयोग विस्तार गर्नसक्ने उनले जनाए। तिब्बती र नेपाली जनताको हितका लागि सामूहिक रुपमा काम गर्न सकिने उनले स्पष्ट पारे। ‘आगामी वर्ष (२०१५) हामी नेपाल–चीन दौत्य सम्बन्ध स्थापना भएको ६० औं वर्षगाँठ मनाउँदै छौं। ६ दशकमा हामीले एक–अर्काको हित र सम्मानलाई महत्व दिएका छौं। नेपाल र चीनको सम्बन्ध ‘सौहार्द्रपूर्ण सहअस्तित्व' मा आधारित छ, यो विश्वकै लागि अद्वितीय उदाहरण हो,' विदेशमन्त्री यीले भने। 
सुरक्षा क्षेत्रमा गर्ने सहयोगको राम्रो उदाहरण उनले चिनियाँ सहयोगमा मातातीर्थमा बन्न लागेको सशस्त्र प्रहरी बलको तालिम प्रतिष्ठानलाई लिए। उनले शुक्रबार नै उक्त प्रतिष्ठानको शिलान्याससमेत गरेका थिए। नेपालभित्र सुरक्षा मजबुत हुँदा चीन पनि सुरक्षित हुने आशय उनको थियो। ‘चीन र नेपालका साझा सुरक्षा आवश्यकता छन्, यसकारण हामी सुरक्षाको क्षेत्रमा सहकार्य गर्न जरुरी र आवश्यक ठान्दछौं,' उनले भने। 
चिनियाँ विदेशमन्त्री यीले नेपाललाई लिएर चीन र भारतबीच प्रतिस्पर्धा नबढेको समेत बताए। उनले नेपाल र भारत दुवै चीनको असल छिमेकी र मित्र भएको जनाए। दुवै देशसँग चीनको राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै उनले पछिल्ला दिन भारतसँगको सम्बन्ध अझ मजबुत बन्दै गएको बताए। उनले नेपाल र भारतबीच सम्बन्ध सुमधुर हुँदा चीन खुसी हुनेसमेत जनाए। 
‘नेपाल र भारतबीचको सम्बन्ध मजबुत हुँदै गएकोमा हामी हामी खुसी छौं, यो सम्बन्ध अझ प्रगाढ बन्दै जाओस् भन्ने हाम्रो कामना छ,' विदेशमन्त्री यीले भने, ‘नेपाल, भारत र चीनबीचको सम्बन्ध सहअस्तित्वमा आधारित छ। तीनै देश एकठाउँ बसेर सकारात्मक रूपमा कुरा गर्न सकिन्छ। यसबाट तीनै देशलाई फाइदा पुग्छ। तीन देश सहकार्य गर्न सकिन्छ।' 
उनले दुई ठूला छिमेकीबीच नेपाल ‘युनिक' तरिकाले रहेको बताए। नेपालले दुवै छिमेकीसँग राम्रो सम्बन्ध राख्नुपर्ने सुझाव उनको थियो। दुवै देशसँग राम्रो सम्बन्ध कायम राखेमात्र नेपाल, भारत र चीनबीच पुल बन्नसक्ने उनले जनाए। 
‘नेपालले दुवै देशसँग राम्रो सम्बन्ध राखेमा ऊ भारत र चीनजस्ता द्रूत विकसित राष्ट्रबीच पुल बन्न सक्छ, नेपाल चीन र दक्षिण एसियाबीचको पुल बनोस् भन्ने चाहन्छौं। हामी यसका लागि छलफल गर्न र सहयोग गर्न तयार छौं। यी तीनै देश असल छिमेकी र मित्र हुन्। तीन देशबीच सहकार्य बढाउन, यस क्षेत्रको शान्ति, स्थिरता र पुनर्जीवनका लागि आवश्यक छ,' विदेशमन्त्री यीले भने। उनले नेपाल र चीनको सम्बन्धलाई हिमाल र नदीले जोडेको छिमेकीको रूपमा चित्रण गरे। यी दुई देशमा धेरै परिवर्तन आए पनि दुई देशबीचको सम्बन्धमा कुनै परिवर्तन नआएको उनले बताए। उनले नेपाल र चीनबीचको सम्बन्ध सीमामा रहेका हिमालझैं अटल रहने जनाए।
सन् २०२२ मा नेपालको विकासोन्मुख देशको सूचीमा उक्लने उद्देश्यलाई सघाउन चीन तयार रहेको उनले बताए। उनले भने, ‘चीनमा एउटा उखान छ– हामी हाम्रा नातेदारको राम्रो होस भनी कामना गर्छौं, हामी हाम्रो छिमेकीको राम्रो होस् भन्ने कामना गर्छौं। नेपालको पनि हामी राम्रो होस् भनेर कामना गर्छौं। नेपाललाई सन् २०२२ मा त्यो सफलता मिलोस्। त्यसका लागि सहयोग गर्न हामी तयार छौं। दुई देशबीचको आर्थिक सहकार्य र राजनीतिक स्थिरताबाट यो सम्भव छ।'
संयुक्त पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री पाण्डेले द्विपक्षीय बैठकमा नेपाल–चीन सम्बन्धका सम्पूर्ण पक्षमा छलफल भएको बताए। दौत्य सम्बन्ध ६० औं वर्ष विभिन्न कार्यक्रम आयोजना गरी मनाउने सहमति पनि बैठकमा भएको थियो। ६० औं वर्षगाँठका बेला उच्चस्तरीय भ्रमण गर्ने, सहयोग तथा सहकार्य बढाउने, जनता–जनताबीचको सम्बन्ध अझ विस्तार गर्ने सहमति भएको उनले सुनाए। 
‘अहिलेसम्मको सहयोग तथा सहकार्यप्रति दुवै देशबाट सन्तुष्टि व्यक्त भएको छ। चीनले नेपालको विकासका लागि प्रस्ताव गरेका नौवटै सहयोग क्षेत्र महत्वपूर्ण छन्। हामी पनि राजनीतिक स्थिरता र आर्थिक विकासमा केन्द्रित छौं,' परराष्ट्रमन्त्री पाण्डेले भने।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस