काठमाडौं–संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। नेम्वाङले आइतवार प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टा छुट्टै छलफल गरेका हुन्।
सुरुमा एमाओवादी अध्यक्ष दाहालसँग आफ्नै सरकारी निवास बालुवाटारमा छलफल गरेका नेम्वाङले त्यसपछि प्रधानमन्त्री सुशील कोइरालासँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन्। नेम्वाङले प्रधानमन्त्रीसँगको भेटपछि एमाले अध्यक्ष केपी ओलीसँग आफ्नै सरकारी निवास बालुवाटारमा छलफल गरेका थिए।
नेम्वाङले संविधानसभा वैठक अगाडि नै दलहरुबीच संविधानका विवादित विषयमा सहमति जुटाउन नेताहरुसँग छुट्टाछुट्टै परामर्श गरेका हुन् । भेटवार्तामा नेम्वाङले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले बुझाएको प्रतिवेदनलाई संविधानसभामा कसरी प्रस्तुत गराउने भन्ने विषयमा राय मागेका थिए ।
नेम्वाङसँगको छलफलपछि एमाओवादी अध्यक्ष दाहालले संविधानका अन्तर्वस्तुमा सहमति जुटाउने विषयमा छलफल भएको बताए। संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले समितिमा प्रस्तुत भएका सबै प्रतिवेदनलाई समेटेर संविधानसभा अध्यक्षलाई बुझाएपछि संविधानसभाको बैठक मंगलवारलाई बोलाइएको छ । दलहरुबीच सविधानका मुख्य विवादित विषय राज्यको पुर्नसंरचना, शासकीय स्वरुप, न्यायप्रणाली तथा निर्वाचन प्रणालीमा विवाद कायमै छ।