काठमाडौं–सुशासन तथा अनुगमन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पुर्णता दिन सरकारलाई निर्देशन दिएको छ। शुक्रबार बसेको समितिको बैठकले भ्रष्टाचार नियन्त्रण गर्ने निकायले लामोसमयसम्म पूर्णता नपाउँदा प्रभावकारी काम हुन नसकेको भन्दै छिटो आयोगलाई पूर्णता दिन सरकारलाई निर्देशन दिएको हो। पाँच सदस्यीय आयोगमा अहिले तीन आयुक्तको पद रिक्त छ। आयोगमा अहिले प्रमुख आयुक्त र एक जना आयुक्तमात्र छन् ।समितिले संविधान ऐन तथा नियमभित्र रहेर अझै शसक्त रुपमा काम गर्नसमेत निर्देशन दिएको छ। आयोगले आफ्नो क्षेत्राधिकार मिचेको आरोप लाग्दै आएको अवस्थामा समितिले नियमकानुन भित्र रहेर प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएको समितिका सभापति शेरधन राईले जनाए। उनले आयोग स्वतन्त्र संवैधानिक अंग भएकाले सुशासन समितिप्रति पूर्ण बफादार र उत्तरदायी भएर आयोगले गरेको कामको प्रत्येक चौमासिक प्रतिवेदन समितिसमक्ष पेश गर्नसमेत दिर्नेशन दिएको बताए। समितिले आयोगलाई राष्ट्रिय गौरवका आयोजनामाथि अनुसन्धान गर्दा आयोजनाको काम प्रभावित नगर्नसमेत निर्देशन दिएको छ। 'आयोगले राष्ट्रिय गौरवको आयोजनालाई अनुसन्धान नै गर्नु हुँदैन भनेको होइन,'सभापति राईले भने,'आयोजनामा प्रयोग हुने सामानको गुणस्तरलगायतका विषयमा छानविन गर्नसक्छ। तर, त्यसले आयोजनको काम नै प्रभावित पार्ने काम गर्नुहुँदैन।' समितिले आफूलाई परेको अप्ठ्यारोका विषयमा एक महिनाभित्र प्रतिवेदन पेश गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।
यसैगरी समितिले अख्तियारको डरले साना साना निर्णयसमेत मन्त्रिपरिषदबाट पारित गराउने काम बन्द गर्न सरकरको ध्यानाकर्षण गराएको छ । आयोग प्रमुख लोकमानसिंह कार्कीले पछिल्लो समय साना साना निर्णयपनि मन्त्रिपरिषदबाट पारित गराउने प्रचलन बढेको र मन्त्रिपरिषदले गर्ने निर्णयको आयोगले अनुसन्धान गर्न नपाउने बताएपछि समितिले सरकारको ध्यानकर्षण गराएको हो । समितिले आयोगलाई पुर्णता दिनसमेत सरकारको ध्यानाकर्षण गराएको छ । अख्तियारले मन्त्रिपरिषदमा पेश गरेको संशोधित एने जस्ताको त्यस्तै समितिसमक्ष तत्काल पेश गर्न मन्त्रिपरिषद कार्यलयलाई निर्देशन दिएको छ । समिति सभापति राईले व्यवस्थापिका संसद नियमावली व्याख्या गर्ने काम सभामुखको भएकाले यस विषयमा अख्तियार प्रमुखले बोल्नु उचित नहुने बताए । 'नियमावलीको व्याख्या गर्ने काम सभामुखको हो,' उनले भने,' यस विषयमा प्रमुख आयुक्तले बोल्दा राम्रो सन्देश जाँदैन ।'
बैठकमा आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आयोगले अनुसन्धानका नाममा कुनै पनि आयोजनालाई प्रभावित पार्ने काम नगरेको दाबी गरे । कार्कीले आयोको क्षेत्राधिकार साँघुरो भएका कारण प्रभावकारी रुपमा काम गर्न नसकेको गुनासो गरे । 'आयोगको क्षेत्राधिकार ४० प्रतिशत मात्र छ,' उनले भने,'बाँकी ६० प्रतिशत काम आयोगको क्षेत्राधिकार भित्र पर्दैन । त्यसकालागि संशोधित ऐन पारित गर्नुपर्छ ।'
भ्रष्टाचार नियन्त्रण गर्ने काम सरकारको पनि भएको उल्लेख गर्दै उनले सबैको सहयोगले मात्र भ्रष्टचार कम गर्न सकिने बताए । उनले आयोगले अहिले पनि निजी क्षेत्रको छानविन गर्न नपाउने उल्लेख गर्दै संशोधित ऐन पारित भएपछि आयोगको दायर बढ्ने जनाए । सभासदहरुले आयोगले टे«ड यूनियन र साना कर्मचारीलाई मुख्य तारो बनाएको बताएपछि कार्कीले आयोग नियम कानुन अनुसार चल्ने भएकाले कोहीप्रति पनि पुर्वाग्रही बन्न नसक्ने बताए । 'आयोग कसैप्रतिपनि पुर्वाग्रही बनेको छैन,' उनले भने,' साना कर्मचारी गिरफ्तार भएको सार्वजनिक हुने तर रिहा भएको सार्वजनिक हुने भएकाले त्यस्तो देखिएको हो ।' उनले अनुसन्धानका क्रममा पक्राउ परेका सबै दोषी नहुने भन्दै पक्राउ गरिएका कर्मचारी आधी भन्दा कममात्र दोषी रहेको पाइएको जनाए । आयोगमा अहिलेसम्म २३ सय उजुरी परेको जनाउँदै उनले त्यसमध्ये ८ सय उजुरीको अनुसन्धान भएको र १ सय ६८ जनालाई विशेष अदालतमा मुद्दा दायर गरेको कार्कीले जनाए । जनशक्तिको अभावमा आयोगले प्रभावकारी काम गर्न नसकेको उनको भनाइ थियो । सबैभन्दा बढी उजुरी शिक्षा र स्थानीय निकायमा पर्ने गरेको कार्कीले बताए ।