काठमाडौं- नेकपा एमालेले राष्ट्रिय सहमतिको सरकार प्रस्ताव गरेको छ। सोमबार मधेसी मोर्चासँगको बैठकमा एमालेले माघ अघि नै राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रस्ताव राखेको एमाले बरिष्ठ नेता झलनाथ खनालले बताए। उनले भने 'राष्ट्रिय सहमतिको सरकार गठन गरी सहमतिबाटै संविधान जारी गर्न मधेसी मोर्चालाई प्रस्ताव गरेका छौं।'
त्यसो भएमा सवै विषयमा सहमति हुने खनालको भनाई थियो। 'हामीले औपचारिकरुपमा गम्भिर ढंगले प्रस्ताव राखेको कुरा हो' खनालले भने, 'हामी सहमतिबाटै संविधान जारी गर्ने पक्षमा छौं, वहुमतको पक्षमा छैनौं।'
एमालेको प्रस्तावमा शंका गर्दै मधेसी मोर्चाले मन चोरेको होकी साँच्चिकै भनेको हो? भन्दै प्रश्न गरेको सद्भावना अध्यक्ष राजेन्द्र महतोले बताए।
मधेसी मोर्चाले एमालेको प्रस्तावलाई सकारात्मरुपमा लिएको महतोले बताए। बैठकमा एमाले लचिलो भएर प्रस्तुत भएको महतोले बताए। फेरी १९ गते बस्ने गरी बैठक स्थगित भएको छ।