निर्णय बिनै उच्चस्तरीय राजनीतिक समितिको बैठक सकियो
१४ मंसिर २०७१
•
२ मिनेट पाठ
निर्णय बिनै उच्चस्तरीय राजनीतिक समितिको बैठक सकियो
काठमाडौं- पछिल्लो समयमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न तथा संविधानका विवादीत विषयमा छलफल गर्न बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठक कुनै ठोस निर्णयबिनै सकिएको छ।एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेत्तृत्वमा रहेको समितिको बैठकमा नेपाली कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरु सहभागी थिए। सिंहदरबारस्थित सभामुख सुवासचन्द्र नेम्वाङको कार्यकक्षमा बसेको बैठकले राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा छलफल भने जारी राख्न दलहरु सहमत भएको एमाओवादी उपाध्यक्ष नाराणयकाजी श्रेष्ठले जानकारी दिए।

बैठकले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नलाई सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन गर्न तत्काल काम अगाडि बढाउन सरकारलाई आग्रह गर्ने उपाध्यक्ष श्रेष्ठले बताए।

उच्चस्तरीय राजनीतिक समितिको बैठक सकिएलगत्तै सत्तारुढ दल कांग्रेस-एमालेले संविधान निर्माणका लागि अघि सारेको ९ बुँदे प्रस्तावको विपक्षमा रहेका २० राजनीतिक दलको बैठक सुरु भएको छ।

त्यस्तै, आज १ बजे संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिको बैठक बस्दैछ। उक्त बैठकमा कांग्रेस-एमालेको प्रस्तावलाई संविधानसभामा कसरी पेस गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ।
अर्को समाचार
रेग्मीलाई भेट्ने निर्णय गर्दै समिति बैठक सकियो
२४ जेष्ठ २०७०
•
२ मिनेट पाठ
रेग्मीलाई भेट्ने निर्णय गर्दै समिति बैठक सकियो
काठमाडौं-उच्चस्तरीय राजनीतिक समितिको बैठक भोलि मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसँग छलफल गर्ने निर्णय गर्दै सकिएको छ। उच्चस्तरीय राजनीतिक समितिको बैठक सेना समायोजन विशेष समितिको कार्यालय नयाँ वानेश्वरमा भएको बैठकले निर्वाचन सम्बन्धी विवाद समाधान गर्ने अपेक्षा गरिए पनि त्यस सम्बन्धी कुनै सहमतिमा पुग्न सकेन।

दलहरुबीच समानुपातिकतर्फ चुनिन आवश्यक न्युनतम मतको सीमा थ्रेसहोल्ड, सम्पत्ति विवरण बुझाउनुपर्ने, फौजदारी मुद्दा लगायतका विषयमा मतभेद रहँदै आएको छ। बैठक यी विषयमा सहमति खोज्ने प्रयास भएको थियो। शीर्ष नेताहरुबीच बैठक भएपछि पार्टीगत बैठकहरु पनि आज नयाँ वानेश्वरमै भएका थिए। तर पनि दलहरु सहमतिमा पुग्न सकेनन्। निर्वाचन कानुनमा सहमति हुन नसक्दा संविधानसभा निर्वाचनको मिति घोषणा लगायतका विषयहरु ओझेलमा पर्दै आएका छन्।

बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, तथा नेपाली कांग्रेसका सभापित सुशील कोइराला, महामन्त्री कृष्ण सिटौला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेशी मोर्चाका शिर्ष सहभागी थिए।

बैठक बस्नुअघि आजै एमाओवादी अध्यक्ष दाहालले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसँग छलफल गरेका थिए। रेग्मीले दाहाललाई विवादित विषयमा छिटो सहमतिमा पुग्न दवाब दिएका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस