किरण पुन, काठमाडौं, मंसिर ९- १८ वर्षपछि हुन लागेको एकीकृत माओवादीको महाधिवेशन एक वर्ष पछि सारिएको छ। सोमबार सम्पन्न पार्टी केन्द्रीय समिति बैठकले अर्को वर्ष माघ १५ गते महाधिवेशन मिति तय गरेको हो।
गत साउनमा सम्पन्न केन्द्रीय समिति बैठकले आउने माघ १५ देखि महाधिवेशन तय गरेको थियो। २०४८ पछि माओवादीले अहिलेसम्म महाधिवेशन गरेको छैन।
माओवादी नेतृत्वले राष्ट्रिय सम्मेलन, भेला र विस्तारित बैठक गर्दै महाधिवेसन टार्दै आएको छ। २०४३ देखि २०६६ सम्म लगातार २३ वर्ष अध्यक्ष पुष्पकमल दाहाल पार्टी प्रमुख छन् भने गणतन्त्र नेपालको पहिलो कार्यकारी प्रमुख र दोस्रो कम्युनिस्ट प्रधानमन्त्रीसमेत बने। आन्दोलन र महाधिवेशन सँगसँगै लैजान नसकिने भन्दै मिति सारिएको हो।
'आन्दोलन, संविधान लेखन, संविधान निर्माण र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्ने भएकाले महाधिवेशन सार्नुपरेको हो,' उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने। माओवादी नेतृत्वले आन्दोलनको निहुँ पारेर महाधिवेशन एक वर्ष सारे पनि कुनै सुरसार गरेको थिएन।
एक पोलिटब्युरो सदस्यका अनुसार बैठकमा नागरिक सर्वोच्चताका लागि भनेर सत्तामा जाने कुरा बढी भएको भनी नेतृत्वको तीब्र आलोचना भएको थियो। 'नागरिक सर्वोच्चताका लागि राष्ट्रपतिको कदम सच्चिने भन्दा पनि सरकार ढलिहाल्छ जस्ता कुरा उठे, यसलाई नेतृत्वको कमजोरी भनेर आलोचना भयो,' ती सदस्यले भने।
अहिले सरकारभन्दा सदन र सडकको मोर्चालाई बलियो बनाउनुपर्ने भएकाले पार्टी त्यसप्रति गम्भीर नभएको राज्य समितिका इन्चार्जहरुको आरोप थियो। निर्वाचन आयोगको राजनीतिक दलसम्बन्धी ऐनमादर्ता भएको पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था छ। आयोगमा दर्ता गरेको पाँच वर्ष नपुगे पनि माओवादीले १८ वर्षसम्म महाधिवेशन गरेको छैन।
'महाधिवेशन नगरेर सधैं कुर्सीमा टाँसिइरहने नेपालमा संस्कृति नै बनिसक्यो। अन्य पार्टीजस्तै माओवादी पनि संस्थागत हुन सकेन,' माओवादी उच्च तहका एक नेताले भने, 'अन्य देशमा जस्तोसुकै विषम परिस्थितिमा पनि महाधिवेशन हुन्छ भने नेपालमा किन हुन सक्तैन?'
दाहालले नेतृत्व गरेको नेकपा मशाल, निर्मल लामाले नेतृत्व गरेको चौथो महाधिवेशन, रुपलाल विश्वकर्माले नेतृत्व गरेको सर्वहारावादी श्रमिक संगठन र मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा मसालबाट विद्रोह गरेका बाबुराम भट्टराईको विद्रोही मसाल एक भएपछि २०४८ मा एकता महाधिवेशन भएको थियो। त्यसपछि बनेको माओवादीले अहिलेसम्म महाधिवेशन गरेको छैन। अब हुने महाधिवेशनलाई छैठौं या सातौं भन्ने निधो भएको छैन।
२०४३ को अन्त्यतिर मोहन बैद्यले नेतृत्व गरेको तात्कालीन नेकपा मशालले केही प्रहरी चौकी आक्रमण गरी सशस्त्र संघर्षको अभ्यास गरेको थियो। त्यसअनुसार कीर्तिपुरलगायतका केही प्रहरी बिटमा आक्रमण भए। योजना खुलेपछि कार्यकर्ता पक्राउ परेपछि पार्टीभित्र विवाद चुलियो। त्यसपछि पार्टीका नेताहरुको एक तह घटुवा भएको थियो। त्यो घटना सेक्टर काण्डका रुपमा चर्चित छ।
त्यसबेला घटुवा नभएका पुष्पकमल दाहाललाई तत्कालीन महामन्त्री बैद्यले उत्तराधिकार सुम्पेका थिए। त्यसपछि लगातार २३ वर्षसम्म दाहाल पार्टी प्रमुख छन्।
सशस्त्र जनयुद्ध गर्ने र नगर्नेबीच विवाद चर्केपछि २०५१ मा सम्पन्न पहिलो राष्टिय सम्मेलनमा एकता केन्द्र फुटेर दाहालको नेतृत्वमा नेकपा माओवादी बनेको हो।
२०५७ मा भारतमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले महामन्त्री दाहाललाई अध्यक्ष बनाएको थियो।
२०६५ मा एकता केन्द्र मसालसित एकता भएपछि पार्टीको नाम एकीकृत नेकपा माओवादी पारिएको हो।