काठमाडौ–व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले पुरानो बसपार्कमा निर्माण गर्न लागिएको 'काठमाडौं टावर' को सम्भाव्यता अध्ययन गर्न काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको छ। मंगलबार बसेको बैठकमा टावर बनाउन सम्भाव्यता नबुझाइ बनाउने कम्पनीसँग सम्झौता नगर्न समितिले निर्देशन दिएको हो।समितीका उपसचिव सुरेन्द्र अर्यालका अनुसार बिना कुनै अध्ययन निर्माण कम्पनी छनोट गरेर बहुतले भवनको विश्वासनियतामा भर नभएको निश्कर्ष समितिले निष्कर्ष निकालेको छ। भवनको वातावरणीय प्रभाव मुल्याङ्कन, भूवैज्ञानिक अध्ययन, सामाजिक–आर्थिक सर्भे र भबन निर्माण पछिको व्यवस्थापन गर्ने विधि सहित विस्तृत प्रोजेक्ट रिपोर्ट माग गरेको उनले बताए ।
'हामीले कुनै अध्ययन विना सम्झौता हुन लागेकोमा तत्कालका लागि सम्झौता नगर्न आग्रह गरेका छौं,' उनले नागरिकन्युजसँग भने, 'त्यसैले बिस्तृत अध्ययन रिपोर्ट मागेका हौं ।' उनले अध्ययन रिपोर्टका लागि समय भने नदिइएको जनाए ।
रिपोर्ट आएपछि लेखामा आवश्यक छलफलपछि टावर निर्माणबारे आधिकारिक धारणा आउने उनले बताए । बिना कुनै अध्धयन सम्झौता गर्न अख्तियारले निर्देशन दिएको भन्दै कात्तिक १८ गते समिती सदस्य अख्तियारबिरुद्ध खनिएका थिए ।
अख्तियारले २०७० वैशाख २४ मा टावर बनाउने अनुमति दिन काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको थियो। आर्थिक वर्ष २०६८/०६९ मा बहुतले भवन बनाउने निर्णय गरिए अनुसार २०६९ मंसिर २७ गते जलेश्वर, स्वच्छन्द र बिकोई जेभीलाई निर्माणका लागि महानगरपालिकाले छनोट गरेको थियो। अख्तियारले कम्पनी छनोटमा अनियमितताको शंका गर्दै ०६९ मंसिर २८ गते अनुसन्धानका लागि फाइल लगेको थियो। अख्तियारले टावर बनाउन रोकिएको काम फुकुवा गर्न निर्देशन दिएपछि यो अहिले लेखा समिति पुगेको छ।
अख्तियारले २०७० वैशाख ७० मा सम्झौता नेपाली भाषामा गर्न, जग्गाको ४० प्रतिशतमा भवन एवं ६० प्रतिशतमा खुला राख्न, जमिन मूनि सतह तीन तला पार्किङ (पार्किङ तलासहित १७ तला) को व्यवस्था गर्न भन्दै अख्तियारले फुकुवा गरेको थियो ।
भवन निर्माण गरेको ३० वर्षमा महानगरपालिकाको स्वामित्व हुने गरी जग्गाको वार्षिक ७० लाख रुपैयाँ दिनुपर्ने, एक करोड ६५ लाख रुपैया प्रतिवर्ष ३ प्रतिशत बृद्धि हुने तिर्नुपर्ने, १ हजार वर्गफिट निःशुल्क महानगरपालिकालाई दिनुपर्ने र दुई तला भूमिगत पार्किङ गर्नेगरि निर्माण कम्पनीले स्वीकार गरेको छ।