काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले व्यवस्थापिका संसदअर्न्तगतको कृषि तथा जलस्रोत समितिमा उपस्थित हुन अस्विकार गरेका छन्। कृषि तथा जलस्रोत समितिले विभिन्न जलविद्युत कम्पनीको लाइसेन्सका विषयमा छलफल गर्न कार्कीलाई आजको बैठकमा उपस्थित हुन शुक्रबार पत्र पठाएको थियो।
अख्तियारले भने व्यवस्थापिका संसदको कार्यसञ्चालन नियमाली २०७० को नियम ११० र ११५ अनुसार आयोगको कामकारबाही सुशासन तथा अनुगमन समितिको कार्य क्षेत्रभित्र पर्ने भन्दै बैठकमा उपस्थित हुन अस्विकार गरेको जनाएको छ। त्यस्तै, अख्तियारको कात्तिक १८ गते बसेको बैठकले आयोगसँग सम्बन्धित समितिमा मात्र जाने निर्णय गरेको उल्लेख गर्दै जलस्रोत समिति बैठकमा जान अस्विकार गरेको हो।
यता जलस्रोत समितिले अख्तियारको पत्रले संसदको मानमर्दन भएको ठहर गर्दै सभामुखको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। समितिका सभापति गगन थापाले नागरिकन्युजसँग कुरा गर्दै भने, ‘व्यवस्थापिका संसदको नियमावलीको व्याख्या गर्ने अधिकार अख्तियारको होइन। तर, अन्तरिम संविधानको धारा ५६(२) ले व्यवस्थापिका संसदलाई आफ्नो काम कारबाही गर्ने पूर्ण अधिकार दिएको छ। जसलाई सर्वोच्च अदालतले समेत व्याख्या गर्न पाउँदैन। अख्तियारले संसदको कार्यक्षेत्र कसरी व्याख्या गर्न पाउँछ?’ कुनै पनि काम कारवाही नियमित छ वा छैन भनी निर्णय गर्ने अधिकार संसदलाई मात्र हुने उनले बताए।

यसअघि पनि अख्तियार प्रमुख कार्कीले संसदको अर्थ समितिमा उपस्थित भएर आफ्नो कार्यक्षेत्र तोक्ने काम सुशासन तथा अनुगमन समितिको भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरेका थिए। लगत्तै कृषि तथा जलस्रोत समितिले अख्तियार प्रमुखलाई बोलाउने निर्णय गरेको थियो।