काठमाडौं- संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईलाई आज फेरि ज्वरो वढे पछि संवाद समितिको बैठक सारिएको छ।
सभापति भट्टराई अस्वस्थ भएपछि समितिको बैठक २८ गते १ बजे को लागि सारिएको हो। बैठक आज १ बजे बस्ने कार्यक्रम थियो।
चिकित्सकले केही दिन अझै आराम गर्न सल्लाह दिए पनि मंगलबार स्वास्थ्यमा सुधार आएपछि सभापति भट्टराई राजनीतिक भेटवार्ता र बैठकमा फर्किएका थिए।
यसबीचमा भट्टराईले शीर्ष नेताहरुलाई अनौपचारिक छलफल बढाउन आग्रह गरेका छन्। साथै उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आजै टेलिफोन गरी रोल्पाको कार्यक्रम छोट्याएर छिट्टै काठमाडौं फर्कन आग्रह गरेको सचिवालयले जानकारी दिएको छ।