काठमाडौं– गृह मन्त्रालयले सार्क शिखर सम्मेलनका लागि २ दिन सरकारी बिदा दिन मन्त्रिपरिषद कार्यालयमा सिफारिस गरेको छ। मन्त्रालयले सम्मेलन हुने १० र ११ गते उपत्यकामा सार्वजनिक बिदा दिन मंगलबार सिफारिस गरेको हो।
सुरक्षा र यातायात वयवस्थापनका लागि सुरक्षा निकायले ४ दिन विद्यालय र २ दिन सरकारी बिदा दिन प्रस्ताव गरेको थियो। त्यहीअनुसार मन्त्रिपरिषदमा सिफारिस गरिएको गृहले जनाएको छ। सार्क सम्मेलनका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी र जनकपुर जाँदा त्यहाँ बिदा दिने वा नदिने भन्ने निर्णय गर्ने जिम्मेवारी भने जिल्ला सुरक्षा समितिलाई दिइएको छ।
यातायात व्यवस्थापनका लागि सरकारले जोर–बिजोर सञ्चालन गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ।