सार्क सम्मेलनमा तीन सम्झौता गरिँदै
१८ कार्तिक २०७१
•
९ मिनेट पाठ
सार्क सम्मेलनमा तीन सम्झौता गरिँदै
काठमाडौं-काठमाडौंमा आगामी मंसिर १० र ११ गते हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनमा सदस्य राष्ट्रहरूबीच तीनवटा सम्झौता हुने भएका छन्। शिखर सम्मेलनका बेला ऊर्जा, गाडी र रेलसँग सम्बन्धित सम्झौतामा हस्ताक्षर गरिन लागेको हो।परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सार्क रेलवे, सार्क मोटर–भेहिकल र सार्क ऊर्जासम्बन्धी सम्झौतापत्रमा सदस्य राष्ट्रले हस्ताक्षर गर्ने कार्यक्रम रहेको जानकारी दिए। उनका अनुसार सम्मेलनमा सहभागी हुने राष्ट्राध्यक्ष वा सरकार प्रमुखको उपस्थितिमा ती देशका परराष्ट्रमन्त्रीले सम्झौतापत्रमा हस्ताक्षर गर्नेछन्। मन्त्री पाण्डेका अनुसार सम्झौतापत्रमा हस्ताक्षर गर्न सार्कका अन्य सदस्य राष्ट्र भारत, भुटान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान, बंगलादेश र अफगानिस्तानले सहमति जनाइसकेका छन्। 

माल्दिभ्सको अड्डुमा सम्पन्न सार्कको १७ औं शिखर सम्मेलनले निर्देशन गरेबमोजिम अहिले तीन सम्झौतापत्रमा हस्ताक्षर गर्न लागिएको हो। सार्कको १७ औं शिखर सम्मेलनमा रेलवे, मोटर–भेहिकल र ऊर्जा क्षेत्रमा सम्झौता गर्ने सहमति भएको थियो। अड्डु घोषणापत्रमा बंगलादेश, भारत र नेपालबीच कन्टेनर रेलको प्रदर्शनी गर्नेसमेत भनिएको थियो, तर त्यो हुन सकेको थिएन। 

काठमाडौंमा हुने १८ औं शिखर सम्मेलनको तयारी अन्तिम अवस्थामा पुगेको पनि मन्त्री पाण्डेले जानकारी दिए। ‘अठारैं सार्क शिखर सम्मेलन स्थल राष्ट्रिय सभागृहको मर्मत र होल्डिङ रुमको निर्माण अन्तिम चरणमा पुगेको छ। भौतिक पूर्वाधार व्यवस्था समितिबाट प्राप्त जानकारीअनुसार कात्तिक २५ गतेसम्म निर्माण कार्य सम्पन्न भइसक्नेछ,' उनले भने। 

शिखर सम्मेलन आयोजना स्थल राष्ट्रियसभागृह, अन्य बैठक स्थलको मर्मतसम्भार कार्य ९० प्रतिशत सकिएको जनाउँदै कात्तिक २५ भित्रमा पूरा हुने मन्त्री पाण्डेले जानकारी दिएका छन्। सडक निर्माण कार्यमा केही ढिलासुस्ती भएको स्विकार्दै उनले निर्माण कार्य सकिनेमा शंका नगर्न आग्रह गरे। सडक निर्माण कार्य ५० प्रतिशत सकिएको जनाउ दिँदै उनले कात्तिक २७ गतेसम्म सडक निर्माण कार्य पनि सकिने दाबी गरे। 

‘माइतीघर–बानेश्वर सडकमा कोदो रोपेजस्तो बाक्लो रूखको बिरुवा रोपिएकाले पनि काम गराईप्रति सर्वसाधरणमा आशंका पैदा गरेको छ। यो स्थायी हरियालीका लागि रोपिएको हो,' मन्त्री पाण्डेले भने। 
सम्मेलनमा सहभागी हुन आउने राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई रिटि्रट दिइने धुलिखेलस्थित द्वारिकाज रिसोर्टमा हेलिप्याड निर्माण कार्य भइरहेको समेत उनले बताए। भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको मोटरबाटो उपयुक्त नभएकाले सबै राष्ट्राध्यक्ष र सरकार प्रमुखलाई हेलिकप्टरमा धुलिखेल लगिनेछ। 
मन्त्री पाण्डेका अनुसार सम्मेलनमा भाग लिन अफगानिस्तान, भुटान, माल्दिभ्सबाट १५ देखि २० र अन्य सदस्य राष्ट्र श्रीलंका, बंगलादेश, भारत, पाकिस्तान र अफगानिस्तानबाट ५० देखि ७० जनासम्मको प्रतिनिधिमण्डल सहभागी हुने प्रारम्भिक जानकारी ती देशबाट प्राप्त भएको छ।
‘प्रत्येक मुलुकबाट राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसहित १३ जनालाई नेपाल सरकारले आतिथ्यता उपलब्ध गराउने गरी तयारी अगाडि बढेको छ। सरकारले आतिथ्य उपलब्ध गराउने उनीहरूलाई होटल सोल्टी क्राउन प्लाजामा राख्ने निर्णय भएको छ,' उनले भने। 
सार्क शिखर सम्मेलनमा सहभागी हुन आउने सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री वामदेव गौतमले, सोल्टी होटलमा ऊर्जामन्त्री राधा ज्ञवाली र शिक्षामन्त्री चित्रलेखा यादवले, शिखर सम्मेलन स्थल सभागृहमा प्रधानमन्त्री सुशील कोइराला र रिटि्रट दिने धुलिखेलस्थित द्वारिकाज रिसोर्टमा संस्कृतिमन्त्री दीपक अमात्यले स्वागत गर्ने बताइएको छ। 
सार्क शिखर सम्मेलनको सुरक्षा तयारी पनि सन्तोषजनक रहेको उनले बताए। ‘सुरक्षा स्थिति बुझ्न सदस्य राष्ट्रबाट आएको एड्भान्स टोली पनि यहाँको व्यवस्थापनप्रति सन्तुष्टि जनाउँदै फर्किएको छ,' उनले भने। 
सहभागी हुन आउने राष्ट्राध्यक्ष तथा सरकार प्रमुखले सम्मेलनका अलावा नेपालको अन्य स्थानको भ्रमणमा समेत रुचि देखाएको उनले बताए। 
सम्मेलनका बेला हुने परराष्ट्रमन्त्रीस्तरीय बैठक सोल्टी होटलमा गरिनेछ। यसैगरी, सम्मेलनसम्बन्धी दैनिक ब्रिफिङ होटल र्यााडिसनबाट गरिने जनाइएको छ। यसका लागि होटल र्या,डिसनमा मिडिया सेन्टर स्थापना गरिनेछ। 
सार्क शिखर सम्मेलनका लागि विभिन्न प्रकारका गरी कम्तीमा १ सय ३२ वटा गाडी (बुलेटप्रुफबाहेक) आवश्यक पर्ने जनाउँदै परराष्ट्रमन्त्री पाण्डेले तीमध्ये ८० वटा जोहो भइसकेको जानकारी दिए। अरू नपुग सवारी साधन विभिन्न मन्त्रालय र भाडामा लिने तयारी भइरहेको जानकारी उनले जनाए। 
मन्त्री पाण्डेका अनुसार सम्मेलनको अन्तिम दिन ३१ बुँदे काठमाडौं घोषणापत्र जारी गरी सम्मेलन समापन गरिनेछ। घोषणापत्रमा शान्ति, समृद्धि, वाणिज्य, लगानी, पूर्वाधार विकास, शिक्षा, गरिबी निवारण, कनेक्टेभिटी (सडक र हवाई), अन्तरदेशीय अपराध, विधिको शासन, मानवअधिकार लगायत विषयलाई समेटिने उनले जनाए। 
सार्क सम्मेलन आयोजना गर्दा अन्य सदस्य राष्ट्रले ठूल्ठूला पूर्वाधार निर्माण गर्ने गरेको भए पनि नेपाल अहिले शान्ति र संविधान निर्माणमा केन्द्रित हुँदा त्यस्तो हुन नसकेको उनको भनाइ थियो। ‘सार्क शिखर सम्मलेन सम्पूर्ण नेपालीको प्रतिष्ठाको विषय हो। कमी–कमजोरीलाई लिएर अहिले हामीलाई नगोद्नुहोला। सम्मेलन सकिएपछि जति लेख्नुभए पनि हुन्छ। तर, अहिले हामीलाई सहयोग गर्नुहोला,' मन्त्री पाण्डेले भने।
अर्को समाचार
सार्क सम्मेलनमा तीन सम्झौता गरिँदै
१७ कार्तिक २०७१
•
७ मिनेट पाठ
सार्क सम्मेलनमा तीन सम्झौता गरिँदै
काठमाडौं- काठमाडौंमा आगामी मंसिर १० र ११ गते हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) १८ औं शिखर सम्मेलनमा सदस्य राष्ट्रहरूबीच तीनवटा सम्झौता हुने भएका छन्। सार्कको बन्दोबस्ती सामग्री व्यवस्थापन र कार्यक्रम लगायतका तयारीबारे बुझ्न व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले आइतबार बोलाएको बैठकमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सार्क रेलवे, सार्क मोटर–भेहिकल र सार्क ऊर्जासम्बन्धी सम्झौतापत्रमा सदस्य राष्ट्रले हस्ताक्षर गर्ने जानकारी दिएका हुन्।

उनका अनुसार सम्मेलनमा सहभागी हुने राष्ट्राध्यक्ष वा सरकार प्रमुखको उपस्थितिमा ती देशका परराष्ट्रमन्त्रीले सम्झौतापत्रमा हस्ताक्षर गर्नेछन्। मन्त्री पाण्डेका अनुसार सम्झौतापत्रमा हस्ताक्षर गर्न सार्कका अन्य सदस्य राष्ट्र भारत, भुटान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान, बंगलादेश र अफगानिस्तानले सहमति जनाइसकेका छन्। 
माल्दिभ्सको अड्डुमा सम्पन्न सार्कको १७ औं शिखर सम्मेलनले निर्देशन गरेबमोजिम अहिले तीन सम्झौतापत्रमा हस्ताक्षर गर्न लागिएको हो। सार्कको १७ औं शिखर सम्मेलनमा रेलवे, मोटर–भेहिकल र ऊर्जा क्षेत्रमा सम्झौता गर्ने सहमति भएको थियो। अड्डु घोषणापत्रमा बंगलादेश, भारत र नेपालबीच कन्टेनर रेलको प्रदर्शनी गर्नेसमेत भनिएको थियो, तर त्यो हुन सकेको थिएन। 
बैठकमा काठमाडौंमा हुने १८ औं शिखर सम्मेलनको तयारी अन्तिम अवस्थामा पुगेको कामु परराष्ट्र सचिव शंकरदास वैरागीले जानकारी दिए। 'अठारैं सार्क शिखर सम्मेलन स्थल राष्ट्रिय सभागृहको मर्मत र होल्डिङ रुमको निर्माण अन्तिम चरणमा पुगेको छ। भौतिक पूर्वाधार व्यवस्था समितिबाट प्राप्त जानकारीअनुसार कात्तिक २५ गतेसम्म निर्माण कार्य सम्पन्न भइसक्नेछ,' उनले भने। 
सिंहदरबारस्थित ग्यालरी बैठकको मर्मत सम्भारसमेत अन्तिम अवस्थामा पुगेको बताइएको छ। सम्मेलनका अवसरमा प्रयोग हुने सवारी मार्गलाई ध्यानमा राखी मर्मतसम्भार कार्य भइरहेको र कात्तिक मसान्तसम्म सकिने उनले जनाए। सम्मेलनमा सहभागी हुन आउने राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई रिटि्रट दिइने धुलिखेलस्थित द्वारिकाज रिसोर्टमा हेलिप्याड निर्माण कार्य भइरहेको समेत उनले बताए। भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको मोटरबाटो उपयुक्त नभएकाले सबै राष्ट्राध्यक्ष र सरकार प्रमुखलाई हेलिकप्टरमा धुलिखेल लगिनेछ। 
कामु परराष्ट्र सचिव वैरागीका अनुसार सम्मेलनमा भाग लिन अफगानिस्तान, भुटान, माल्दिभ्सबाट १५ देखि २० र अन्य सदस्य राष्ट्र श्रीलंका, बंगलादेश, भारत, पाकिस्तान र अफगानिस्तानबाट ५० देखि ७० जनासम्मको प्रतिनिधिमण्डल सहभागी हुने प्रारम्भिक जानकारी ती देशबाट प्राप्त भएको छ। 
'प्रत्येक मुलुकबाट राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसहित १३ जनालाई नेपाल सरकारले आतिथ्यता उपलब्ध गराउने गरी तयारी अगाडि बढेको छ। सरकारले आतिथ्य उपलब्ध गराउने उनीहरूलाई होटल सोल्टी क्राउन प्लाजामा राख्ने निर्णय भएको छ,' वैरागीले भने। 
सहभागी हुन आउने राष्ट्राध्यक्ष तथा सरकार प्रमुखले सम्मेलनका अलावा नेपालको अन्य स्थानको भ्रमणमा समेत रुचि देखाएको उनले बताए। 'केही मुलुकबाट परराष्ट्रमन्त्रीका अलावा अन्य मन्त्रीसमेत सम्मेलनमा सहभागी हुने जानकारी अनौपचारिक रूपमा प्राप्त भएको छ,' उनले भने। 
सम्मेलनका बेला हुने परराष्ट्रमन्त्रीस्तरीय बैठक सोल्टी होटलमा गरिनेछ। यसैगरी, सम्मेलनसम्बन्धी दैनिक ब्रिफिङ होटल र्या डिसनबाट गरिने जनाइएको छ। यसका लागि होटल र्यागडिसनमा मिडिया सेन्टर स्थापना गरिनेछ। 
सार्क शिखर सम्मेलनका लागि विभिन्न प्रकारका गरी कम्तीमा १ सय ३२ वटा गाडी (बुलेटप्रुफबाहेक) आवश्यक पर्ने जनाउँदै कामु परराष्ट्र सचिव वैरागीले तीमध्ये २० वटा सवारी साधन खरिद गर्न लागिएको बताए। अरू नपुग सवारी साधन विभिन्न मन्त्रालय र भाडामा लिने तयारी भइरहेको जानकारी उनले समितिलाई दिए। 
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेका अनुसार सम्मेलनको अन्तिम दिन ३१ बुँदे काठमाडौं घोषणापत्र जारी गरी सम्मेलन समापन गरिनेछ। घोषणापत्रमा शान्ति, समृद्धि, वाणिज्य, लगानी, पूर्वाधार विकास, शिक्षा, गरिबी निवारण, कनेक्टेभिटी (सडक र हवाई), अन्तरदेशीय अपराध, विधिको शासन, मानवअधिकार लगायत विषयलाई समेटिने उनले जनाए। 
बैठकमा उपस्थित सभासदहरूले भने सार्क र सम्मेलनलाई बढी प्रभावकारी बनाउन सुझाव दिएका थिए। 'सार्कले कुरा नगरेको विषय केही छैन। अब समीक्षा गर्न जरुरी छ। समस्या कहाँ छ पहिचान गरी सम्बोधन गर्नुपर्छ। समस्या खडा गर्नेसँग आयोजक राष्ट्रको हैसियतले समाधानका उपाय खोज्नुपर्छ,' समितिमा नेकपा एमालेका तर्फबाट सदस्य तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भने।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस