एमसिसी पास हुँदैनः नेपाल
१८ मंसिर २०७८
•
१ मिनेट पाठ
एमसिसी पास हुँदैनः नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितीमा एमसिसी पास नहुने बताएका छन्। जनचाहना र जनभावनाविपरित त्रुटीहरु नसच्चाई एमसिसी पास नहुने नेपालले बताएका हुन्।




सैन्य हस्तक्षेप नहुने, नेपालको कानून नमिचिने, नेपाली भूमिमा भएका सम्पत्तिको हक राष्ट्रले नै प्रयोग गर्न पाउने, नेपाली श्रमिकहरुले काम गर्न पाउने अधिकार र बाह्य हस्तक्षेप नहुने सुनिश्चिचता खोजेको उनले बताए। ंएमसिसीलाई पत्र पठाएर जवाफ मागिएको र चित्त बुझ्दो ढंगको जवाफको पर्खाइमा रहेको उनको भनाइ छ।

केपी ओलीले सम्झौता कार्यान्वयनको अन्तिम चरणमा पुर्याएको भन्दै उनले आफूहरुले जनचाहनाको कदर गर्दै त्यसलाई रोकेको बताए। ‘केपी ओली विदेशीका सामू समर्पण नै गरेका रहेछन्’, उनले भने, ‘हामीले त्यसलाई उल्टाएका छौं, पत्र पठाएर सुनिश्चितता खोज्ने काम भएको छ।’ सबै कुराको जवाफ आएपछि एकीकृत समाजवादीले एमसिसीका बारेमा धारणा प्रष्ट पार्ने उनको भनाइ छ।

एककृत समाजवादी अर्घाखाँचीले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सन्धिखर्कको सभाहलमा सम्बोधन गर्दै नेता नेपालले देशका मूल मुद्दाहरुमा राष्ट्रहितलाई केन्द्रबिन्दुमा राख्ने तथा लोकतन्त्रलाई बलियो बनाउने कुरालाई ध्यान दिंदै अँगाडी बढ्ने स्पष्ट पारे।

एमाले अध्यक्ष केपी ओलीले नारायणी नदी किनारमा लोकतन्त्र हरण गरेको भन्दै उम्मेद्वारसमेत दिन नपाउने गरी सिन्डिकेट लगाएको बताए। मदन भण्डारीसँग मिलेर आफूले जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त अगाडी सारेको तर, ओलीले तानाशाही र एकाधिकार ढंगले पार्टीमा कब्जा जमाउन खोजेकाले आफूहरुले विद्रोह गर्नुपरेको उनको तर्क छ।
अर्को समाचार
एमसिसी पास गर्न निजी क्षेत्रको माग
२० माघ २०७८
•
५ मिनेट पाठ
एमसिसी पास गर्न निजी क्षेत्रको माग
राजनीतिक नेतृत्वबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्बाट पास गर्ने वा नगर्ने भन्ने विषयमा विवाद भइरहेको बेला निजी क्षेत्र यो परियोजना पास गरेर कार्यान्वयनमा ल्याउनुपर्ने पक्षमा देखिएको छ।




एमसिसी परियोजनालाई दलहरूले अनावश्यक राजनीतीकरण गरेको निजी क्षेत्रको बुझाइ छ। निजी क्षेत्रका छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायतले संस्थागत रुपमा नै एमसिसी परियोजना मुलुकको हितमा रहेकाले पारित गर्नुपर्ने बताउँदै आएका छन्।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल एमसिसी परियोजना देश र समग्र विकासका लागि भएकाले पास गर्नुपर्ने बताउँछन्। ‘मुलुकको अहितमा केही बुँदा छन् भने सांसदले छलफल गरेर हटाउनुपर्छ,’ अध्यक्ष मल्लले नागरिकसँग भने, ‘विकास सहायता परियोजनालाई यसरी अड्काएर राख्न हुँदैन।’ नेपालले अमेरिकासँग ६३ वर्षदेखि सहकार्य गरेको उल्लेख गर्दै उनले राजनीतिक नेतृत्वले बिनाअध्ययन टिप्पणी गरेको बताए। ‘बिनाअध्ययन राजनीतिक नेतृत्वबाट हचुवाका भरमा टिप्पणी भएको छ,’ मल्लले भने, ‘विकास परियोजनालाई अनावश्यक विवादमा पार्नु राम्रो होइन।’

५० करोड डलरको यो परियोजना मुलुकको हितमा रहेको निजी क्षेत्रको जिकिर छ। निजी क्षेत्रका छाता संस्थाले यसअघि नै संस्थागत रुपमा एमसिसी परियोजना पास गर्न माग गर्दै आएका छन्। यो परियोजनलाले विद्युत् प्रसारण लाइन निर्माण, प्रविधि हस्तान्तरण, रोजगारी सिर्जना र मुलुकको समृद्धिमा सघाउ पुग्ने उनीहरूको बुझाइ छ।

एमसिसी परियोजना कार्यान्वयनमा आए बिजुली निर्यात गर्न सघाउ पुग्ने नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले बताए। ‘एमसिसीमा मुलुकको हितविपरीतका बुँदा छन् भने हटाएर पारित गर्नुपर्छ,’ उनले भने, ‘व्यक्तिगत स्वार्थबाट माथि उठेर सबैले मुलुकको हितमा सोच्नुपर्छ।’ सतप्रतिशत अनुदानको परियोजना भएकाले यसमा अनावश्यक राजनीति गर्न नहुने उनको तर्क छ। ‘मुलुकको ब्यालेन्स अफ पेमेन्टमा पनि सघाउ पुग्छ,’ उनले भने।

नेपाल र एमसिसीबीच सन् २०१७ सेप्टेम्बर १४ मा भएको सम्झौताअनुसार विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मतको काम अझै अघि बढ्न सकेको छैन। संघीय संसद्बाट सम्झौता अनुमोदन गर्नुपर्ने पूर्वसर्त पूरा नभएका कारण द्विपक्षीय सम्झौता भएको चार वर्षसम्म एमसिसी कार्यान्वयन हुन नसकेको हो।

यो विषयमा राजनीतिक वृत्त पनि विभाजित नभई एकजुट भएर परियोजना कार्यान्वयनमा ल्याउनुपर्ने निजी क्षेत्रको माग छ। मुलुकको विकासमा रणनीतिक महत्व राख्ने यो परियोजनामार्फत विद्युत् प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै सम्पन्न गर्न सके उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्ने निजी क्षेत्रको बुझाइ छ। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले एमसिसीलाई अरुण तेस्रो परियोजनाजस्तो बनाउन नहुने बताए। ‘अरुण जलविद्युत् परियोजनामा अनावश्यक विवाद हुँदा मुलुकले लामो समय लोडसेडिङ बेहोर्नुपर्‍यो,’ श्रेष्ठले भने, ‘अहिले प्रसारण लाइन नबनाउने हो भने समस्या सिर्जना हुन्छ।’ निजी क्षेत्रले एमसिसीलाई विशुद्ध पूर्वाधार विकाससँग जोडेर हेरेको श्रेष्ठले बताए। ‘नेपालमा ८३ हजार मेगावाट विद्युत् क्षमता छ भनिरहेका छौं,’ श्रेष्ठले भने, ‘प्रसारण लाइन बनाउने एमसिसी परियोजना रोकियो भने कसरी विद्युत् निर्यात गर्ने? पूर्वमा उत्पादित विद्युत्लाई पश्चिम र पश्चिममा उत्पादित विद्युत्लाई पूर्व लैजान पनि प्रसारण लाइन आवश्यक रहेको श्रेष्ठले बताए।

युरोप, एसिया, ल्याटिन अमेरिका र अफ्रिकाका ३० भन्दा धेरै मुलुकमा एमसिसीअन्तर्गत परियोजना निर्माण भइसकेकाले नेपालमा पनि सहज कार्यान्वयन हुनेमा निजी क्षेत्र विश्वस्त छ। अर्थतन्त्रको सुधारका लागि पर्याप्त लगानी आवश्यक भएको र दीर्घकालमा विद्युत् निर्यात एवं प्रविधि हस्तान्तरणको अवसर एमसिसीबाट प्राप्त हुने सम्भावना भएकाले राष्ट्रिय हित हेरी संसद्बाट तत्काल पारित गरी कार्यान्वयन गर्न सरकारसहित दलहरूलाई निजी क्षेत्रले आग्रह गर्दै आएको छ।

यो आयोजनाअन्तर्गत ४ सय केभी क्षमताको ३ सय १५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन र सडक मर्मतको काम गर्ने प्रस्ताव छ। यो परियोजनाअन्तर्गत दाङको भालुवाङदेखि बाँकेको शिवखोलासम्मको ७७ किलोमिटर सडक नयाँ प्रविधिमा आधारित भएर निर्माण हुनेछ।

त्यसैगरी, तीनवटा ४ सय केभी क्षमताका सबस्टेसन निर्माण गर्ने योजना छ। एमसिसीले ५० करोड अमेरिकी डलर अनुदान दिने र नेपालले १३ करोड डलर लगानी गर्ने सहमति बनेको थियो। एमसिसीसँग गरिएको सम्झौता दुई वर्षदेखि संघीय संसद्मा विचाराधीन छ।

प्रसारण लाइन बने काठमाडौं, पोखरा, नारायणगढ, भरतपुर, बुटवल र आसपास क्षेत्रमा बिजुली आपूर्ति सहज हुनेछ। यस्तै बढी भएको बिजुली बुटवल हुँदै भारत निर्यात गर्न सकिनेछ र आवश्यक परे आयात गर्न सजिलो हुने बताइएको छ।

एमसिसीका कारण नेपाल अप्ठ्यारोमा पर्न सक्ने भन्दै अर्थशास्त्रीले चिन्ता व्यक्त गरेका छन्। एमसिसी पास नगर्ने हो भने सरकारको विश्वसनीयतामा प्रश्न उठ्ने अर्थशास्त्री डा. पोषनाथ पाण्डेले बताए। एमसिसी विकासको मुद्दा भएको पाण्डेको टिप्पणी छ। विकासलाई अनावश्यक राजनीतिक मुद्दा बनाएको उनले बताए। ‘एमसिसीको विषय ग्लोबल जिओ पोलिटिक्सको गोटी बन्न लागेको हो,’ पाण्डेले राजनीतिक नेतृत्वप्रति लक्षित गर्दै भने, ‘यसले भविष्यमा बहुक्षेत्रीय सहयोगमा निर्माण हुने परियोजनामा पनि असर गर्छ।’ जानेर नजानेर नेपाल ग्लोबल जिओ पोलिटिक्समा फस्न लागेको उनले बताए। ‘एमसिसी पास नहुने हो भने वैदेशिक लगानीको विश्वसनीयतामा प्रश्न उठ्छ,’ पाण्डेले भने, ‘दीर्घकालीन महत्वको विषयमा भोट राजनीति गर्नु भएन।’

एमसिसीअन्तर्गतका आयोजना सुरु भएको पाँच वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्थाले विकास र सुशासनका लागि समेत नमुना बन्न सक्ने अपेक्षा गरिएको छ। एमसिसीकी उपाध्यक्ष फतिमा सुमार नेपाल आएर परियोजना स्वीकार गर्न आग्रह गरेकी थिइन्। एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने अमेरिकी अधिकारीले घुमाउरो ढंगले चेतावनी दिएका छन्।

एमसिसी अस्वीकार गर्दा नेपाल र अमेरिकाबीचको सम्बन्धमा दरार उत्पन्न हुन सक्ने बताइएको छ। नेपालले अहिले पनि धेरै परियोजना वैदेशिक अनुदान, विश्व बैंक, एसियाली विकास बैंक लगायतका दातृ निकायको अनुदान तथा ऋण सहयोगमा बनाइरहेको छ। यो परियोजना रोकिए अन्य दातृ निकायको सहयोगमा पनि असर पर्न सक्ने सरोकारवालाको चिन्ता छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस