काठमाडौं—सरकारले सार्वजनिक सवारी साधनमा ५ प्रतिशत भाडा वृद्धि गर्ने तयारी गरेको छ। सोमवार बसेको वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बैठकमा यातायत व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालले प्रस्तावित भाडा वृद्धिको जानकारी गराएका हुन्।महानिर्देशक दाहालका अनुसार यात्रुबाहक सवारी साधन बस/मिनिबस, माइक्रोबसको भाडामा पाँच दशवमल ६३ प्रतिशत, मालबाहक ट्रक, ट्याङ्कर (तराई) पाँच दशमवल २१ प्रतिशत, मालबहाक ट्रक ट्याङ्कर (पहाडतर्फ काठमाडौं, पोखरा र नारायणबाटसम्म) र मिटर जडित ट्याक्सी तथा एयरपोर्टमा संचालित पर्यटक ट्याक्सीमा ६ दशमलव ५८ प्रतिशत भाडा भडाउने तयारी भएको हो।
विभागले भाडा बढाउने तयारी गरेकोप्रति सभासदहरुले भने विरोध गरेका छन्। सभासदहरुले अर्न्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थमो मूल्यमा गिरावट आइरहेको बेला सवारी साधनको भाडा बढाउन नाजायज भएको उनीहरुको भनाइ थियो।
भाडा वृद्धिको प्रस्ताव