नेपाली कांगे्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका चार वटा प्रदेश सभा क्षेत्रमा संस्थापन(देउवा) पक्षले जितेको छ। बाँकेका दुई वटा प्रदेश सभा क्षेत्रमा मतदान र दुई वटा क्षेत्रमा निर्विरोध भएको हो। कूल ६ वटा प्रदेश सभा क्षेत्रमध्ये दुई वटाको मत परिणाम भने आउन बाँकी रहेको छ। यो समाचार तयार पार्दासम्म संस्थापन इतर(कोइराला/पौडेल) पक्षले अहिलेसम्म कुनैपनि प्रदेश सभा क्षेत्रमा खाता खोलेको छैन ।
आइतबार सम्पन्न मतदान पश्चात सार्वजनिक भएको मत परिणाम अनुसार प्रदेश सभा क्षेत्र नम्बर १ (क) को सभापतिमा लक्ष्मण थारुसहित प्यानलै निर्वाचित भएको छ।
लक्ष्मणले १२५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी जुगलाल थारुले ११४ मत प्राप्त गरेका छन्। उप–सभापतिमा निर्वाचित अम्मरबहादुर बुढाथोकीले १२३ र मानबहादुर खड्काले १२४ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी हरिवंश मौर्यले ११५ र हरिभक्त ओलीले १०९ मत प्राप्त गरेका छन्।
सचिवमा निर्वाचित गंगाराम थारुले १२९ र भोलाप्रसाद मुराउले १२० मत ल्याए। निकटतम प्रतिद्वन्द्वी कमलराज कार्कीले १११ र गुरुमोरत यादवले ११६ मत प्राप्त गरे। सह–सचिवमा निर्वाचित भएका दिलावती थापाले १२६ र बाबुराम कुर्मीले १२४ मत ल्याएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी दरोगा शेखले ११४ र समुनदेवी लोहारले १११ मत ल्याएको मतदान अधिकृत गोपाल गिरीले जानकारी दिए। प्रदेश प्रतिनिधीमा पनि लक्ष्मणकै प्यानल निर्वाचित भएको निर्वाचन कर्मचारीले बताए।
यस्तै प्रदेश सभा क्षेत्र नम्बर २ (ख) को सभापतिमा जितेन्द्रबहादुर हमालको प्यानलै निर्वाचित भएको छ। हमालले १५२ र उनका निकटतम प्रतिद्वन्द्वी अखबर अलि दर्जीले ६४ मत प्राप्त गरेका छन्। उप–सभापतिमा निर्वाचित भएका अभिशेक कुमार श्रेष्ठले १५९ र सुभासचन्द्र गुप्ताले १३२ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी साहबुद्धिन खाँले ७६ मत पाए। सचिवमा निर्वाचित भएका फैयाज हुसेन हल्वाईले १६४ र गोकर्णबहादुर शाहीले १३२ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी उदयनारायण मिश्रले ६९ मत प्राप्त गरे। सहसचिव पदमा भने शनिबार नै निर्विरोध भइसकेको थियो।
मतदान अधिकृत ऋषिराज शर्माका अनुसार आइतबार भएको मतदानबाट प्रदेश प्रतिनिधीतर्फ (खुल्ला) मा ७, खुल्ला(महिला)मा ३, आदीवासी जनजाती, मधेशी, मुस्लिम अपांग कोटामा १÷१ जना निर्वाचित भएका छन्।
यसअघि शनिबार प्रदेश सभा क्षेत्र ३ (क) र (ख) मा संस्थापन पक्षकै निर्विरोध निर्वाचित भएका थिए। प्रदेश सभा क्षेत्र नम्बर ३ (क) का मतदान अधिकृत विश्वजित तिवारीका अनुसार सभापतिमा केशवकुमार शाह निर्विरोध निर्वाचित भएका हुन्। यस्तै उपसभापतिमा कन्हैलाल थारु र फरिरुद्धिन हल्वाई, सचिवमा धिरेन्द्रसिंह ठकुरी र निखिल बैगार तथा सह–सचिवमा नवराज रावल र तियाराम धोबी निर्विरोध निर्वाचित भएका छन्। प्रदेश प्रतिनिधीतर्फ खुल्ला र समावेशी कोटामा पनि सबै निर्विरोध निर्वाचित भएको तिवारीले जानकारी दिए। यसैगरी प्रदेश सभा क्षेत्र नम्बर ३ (ख) का मतदान अधिकृत बिक्रम भण्डारीका अनुसार सभापतिमा राजेन्द्रकुमार आचार्य निर्विरोध निर्वाचित भए। उप–सभापति राजकिशोर महतरा(क्षेत्री) र राममनोरत अहिर, सचिवमा खेमराज बर्मा र कृष्णबहादुर गौतम तथा सह–सचिवमा विवेक मल्ल र नुरुल अलि इद्रीसी निर्वाचित भएका छन्।
आइतबार भएको मतदान पश्चात प्रदेश सभा १ (ख) र प्रदेश सभा २(क) को मत परिणाम सार्वजनिक भएको छैन। प्रदेश सभा १ (ख)को कोहलपुरस्थित भेरी सितभण्डारमा मतगणना चलिरहेको मतदान अधिकृत रुपनारायण विसीले जानकारी दिए। यस्तै प्रदेश सभा २(क)को मतगणना भने जिल्ला समन्वय समिति बाँकेको हलमा चलिरहेको मतदान अधिकृत सुरेशकुमार पर्सेलाले जानकारी दिएका छन्।