झापा- राष्ट्रपति रामवरण यादवले अहिलेसम्म भएका जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न नसकदा नेपाली जनताले दु:ख पाएको बताएका छन्।मेची बहुमुखी क्याम्पस भद्रपुरको स्वर्ण महोत्सव कार्यक्रममा सहभागि हुन झापा आइपुगेका राष्ट्रपति यादवले सम्पूर्ण उपलब्धीलाई तत्काल संविधान बनाएर संस्थागत गर्न दलहरुलाई आग्रह समेत गरेका छन्। उनले उपलब्धी संस्थागत गर्न सके मात्र देशलाई स्थिरतातर्फ अगाडी बढाउन सकिने बताए। ‘हामीले २००७ सालदेखि जनताको प्रत्यक्ष सहभागितामा विभिन्न आन्दोलन गर्यौं,’ उनले भने, ‘तर, त्यसबाट हासिल कुनै पनि उपलब्धी संस्थागत गर्न सकेका छैनौं।’
यादवले अब समयमै जातीय तथा सामाजिक सद्भावसहितको संविधान बनाएर देशलाई स्थिरतातर्फ अगाडी बढ्नुपर्ने बताए।
त्यस्तै, कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले सहमतिको नाममा धेरै समय घर्कीसकेकाले अब प्रकृयामै गएर भएपनि संविधान जारी गरिने बताए।
नेकपा एमालेका मुख्य सचेतक अग्नी खरेलले पनि सकभर सहमति गर्ने र सहमति नभए प्रकृयामै गएर समयमै संविधान जारी हुने बताए।