काठमाडौं- कुनै पनि देशको दूतावास परिसरलाई उसको भूमिसरह मानिन्छ। त्यहाँभित्र दोस्रो देशको उपस्थितिलाई समेत 'अस्वाभाविक' रूपमा लिइन्छ। तर भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासमा भारत सरकारको कूटनीतिमै असम्भव मानिने आश्चर्यजनक उपस्थिति छ।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारत सरकारले करिब १६ वर्षदेखि नेपाली दूतावास कम्पाउन्डभित्रै आफ्नो 'इलेक्ट्रिक स्विचिङ अफिस' (विद्युत प्राधिकरण कार्यालय) सञ्चालन गरिरहेको छ।
नेपाली कूटनीतिज्ञको कमजोरीले भारतलाई दूतावासभित्र कार्यालय खोल्न अनुमति दिइए पनि त्यसलाई सच्याउन न दूतावासले पहल गरेको छ, न परराष्ट्र मन्त्रालयले। भियना महासन्धि, १९६१ विपरीत नेपाली दूतावास परिसरमा रहेको उक्त कार्यालय अन्यत्र सार्न यसबीच कुनै नेपाली राजदूतले पहल गरेका छैनन्।
विद्युत कार्यालयका कर्मचारी दूतावासकै गेटबाट प्रवेश गर्छन्। यसबारे दूतावासले हालसम्म मन्त्रालयलाई आधिकारिक जानकारीसम्म गराएको छैन।
'आफ्नो दूतावास परिसरमा अर्को देशलाई कार्यालय सञ्चालन गर्न दिनु हुँदैन। यो भियना महासन्धिविपरीत हो,' सन् १९९४ देखि १९९८ सम्म दिल्लीका कार्यवाहक राजदूत तथा उपनियोग प्रमुख रहेका रामभक्त पिबी ठाकुरले सोमबार नागरिकसँग भने, 'म दिल्ली दूतावासमा कार्यरत रहँदासम्म भारतले विद्युत कार्यालय राख्न ठूलो दबाब दिए पनि रोकेको थिएँ। पछि हाम्रै मान्छेको कमजोरीले खोलिए्छ।'
पूर्व परराष्ट्रमन्त्री तथा एकीकृत माओवादी नेता नारायणकाजी श्रेष्ठ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै सम्पन्न नेपाल भ्रमणअघि मात्र यसबारे जानकारी पाएको बताउँछन्।
'मोदीसँग यसबारे द्विपक्षीय कुराकानी गर्न तीन दलको बैठकमा प्रस्ताव राखेँ,' उनले सोमबार नागरिकसँग भने, 'त्यतिबेलासम्म यो कुरा कसैलाई थाहा थिएन।' अर्को चरणको तीन दल बैठकमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले पनि 'कुरा सही रहेछ' भन्दै स्वीकार गरेको उनले जानकारी दिए।
'जुनसुकै सन्दर्भमा नेपाली दूतावास परिसरमा अर्को देशको भवन हुनुहुँदैन,' उनले भने, 'यो स्वतन्त्र राष्ट्रकै अपमान हो।' यसलाई हटाउन सरकारले कूटनीतिक प्रक्रिया चाल्नुपर्ने उनले जोड दिए।
जनआन्दोलन २०६२/६३ पछि दुईपटक परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेका मधेसी जनाधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि परराष्ट्रय मन्त्रालय सम्हाल्दा आफूलाई कहिल्यै यसबारे जानकारी नदिइएको बताए।
'नयाँदिल्लीस्थित दूतावासभित्रै भारतीय विद्युत कार्यालय सञ्चालन भएको मलाई जानकारी छैन। म मन्त्री हुँदासमेत यसबारे कहिल्यै जानकारी गराइएन,' उनले भने।
हाल निर्वाचन आयुक्त रहेका ठाकुरका अनुसार सन् १९८८ मा बिन्देश्वरी साह भारतका लागि राजदूत भएलगत्तै दूतावासभित्र नयाँ भवन बनाउन सुरु गरियो। दूतावासमा सन् १९३८ मा बनेको एउटा मात्र भवन साँघुरो भएपछि नयाँ भवन बनाउन थालिएको थियो। पुरानो भवनको भुइँतलामा दूतावास र माथि राजदूत निवास थियो। दूतावासका अन्य कर्मचारी बाहिर बस्थेे।
सन् १९९४ मा ठाकुर दिल्ली पुग्दा नयाँ भवन बनेको ६ वर्ष भइसकेको थियो, तर सञ्चालनमा आएको थिएन। उनी त्यसको कारण बुझ्न लागे। 'भारत सरकारले बिजुली, पानी र ढलको केही व्यवस्था नगरेपछि नयाँ भवन सञ्चालनमा आउन नसकेको रहेछ,' उनले भने, 'त्यतिबेला भारतमा विपक्षी दलका नेता अटलबिहारी वाजपेयी हुनुहुन्थ्यो। उहाँसँग मेरो पहिल्यैदेखि चिनजान थियो। एक दिन उहाँकहाँ गएँ र समस्या राखेँ।'
वाजपेयीले भारतीय विद्युत प्राधिकरणका अधिकारीलाई भनिदिएपछि नेपाली दूतावासको नयाँ भवनमा बिजुली, पानी र ढलको व्यवस्था भयो। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईले प्रधानमन्त्रीका रूपमा भारत भ्रमण गर्दा दूतावासको नयाँ भवन उद्घाटन गरेका थिए। त्यसपछि दूतावासको काम नयाँ भवनबाट गर्न थालियो भने पुरानो भवनलाई राजदूत निवास बनाइयो।
'वाजपेयीलाई भेट्नुअघि भारतीय विद्युत प्राधिकरणलाई बिजुलीको व्यवस्था गरिदिन आग्रह गरेका थियौं। भारतले दूतावासपछाडि बाटो बढाउन र ट्रान्सफर्मर कार्यालय राख्न जग्गा देऊ भनी सर्त राख्यो। हामीले त्यसलाई ठाडै अस्वीकार गर्यौंउ,' ठाकुरले सम्झे। त्यसपछि पनि दूतावासलाई जग्गानिम्ति पटकपटक दबाब आएको उनले बताए।
'ट्रान्सफर्मर राख्न मिल्दै मिल्दैन, सडक विस्तारका लागि जग्गा चाहिएको हो भने दूतावासले दिन सक्ने कुरा होइन। हामी नेपाल सरकारसँग कुरा गर्छौं, त्यसपछि जवाफ दिउँला भनेर रोकिराखेका थियौं। सन् १९९८ मा मेरो पोस्टिङ दिल्लीबाट बंगलादेश भयो। लगत्तै ट्रान्फर्मर राख्न दिइएछ,' ठाकुरले भने, 'यस्तो स्वीकृति दिनु गल्ती हो। नेपाल र भारत असल छिमेकी हुन् भनेर देखाउन पनि यो सच्याउनुपर्छ।'
ठाकुरका अनुसार दूतावासभित्र ट्रान्सफर्मर कार्यालय राख्न दिएपछि भारतमा भेषबहादुर थापा, कर्णध्वज अधिकारी, दुर्गेशमान सिंह र रुक्मशमशेर राणाले राजदूतको जिम्मेवारी सम्हालिसकेका छन्। यी कुनै राजदूतले दूतावास परिसरभित्र रहेको भारतीय विद्युत कार्यालय हटाउने कूटनीतिक प्रयास नगरेको परराष्ट्र मन्त्रालय स्रोतले जनायो।
सन् १९९६ मा भारतका लागि राजदूतमा नियुक्त लोकराज बरालले पनि आफ्नो कार्यकालमा दूतावास परिसरमा भारतीय विद्युत कार्यालय नरहेको बताए।
नयाँदिल्लीको बाह्रखम्बा रोडमा रहेको नेपाली दूतावासको ६.१ एकड जमिन छ। अहिले त्यहाँ पुरानो भवन (राजदूत निवास), नयाँ भवन (दूतावास रहेको), ६ वटा राजपत्रअनंकितका लागि निवास, ४ वटा राजपत्रांकित कर्मचारीका लागि निवास र लोकल स्टाफका लागि क्वार्टर छन्। भारतले सञ्चालन गरेको विद्युत कार्यालय राजपत्रअनंकित कर्मचारी र लोकल स्टाफको निवास बीचमा छ। यसलाई नेपालको स्वीकृतिमा भारतले बनाएको हो। विद्युत कार्यालय ठूलो एउटै कोठामा सीमित छ।
'इलेक्ट्रिक स्विचिङ अफिसका कर्मचारी हाम्रै गेटबाट आवतजावत गर्नुहुन्छ,' नयाँदिल्लीस्थित नेपाली दूतावासस्रोतले टेलिफोनमा नागरिकसँग भन्यो, 'हामीले रोक्ने गरेका छैनौं।'
लोकल स्टाफका लागि दूतावासले राम्रो निवास बनाउन सकेको छैन। यसले दूतावास आडमा रहेको हाउजिङ कम्पनीले समेत लोकल स्टाफ बस्ने क्वार्टर पटकपटक भत्काउन दबाब दिँदै आएको छ। 'हाउजिङमा बस्नेले उठ्नेबित्तिकै दूतावासभित्रका झुप्रा देख्ने भएकाले हाउजिङ व्यापारमा घाटा भएको कम्पनीले बताउँदै आएको छ,' स्रोतले भन्यो, 'उनीहरूले समेत दूतावासभित्र रहेका लोकल स्टाफको निवास भत्काउन विभिन्न च्यानलमार्फत दबाब दिँदै आएका छन्।'