काठमाडौं– नेपाली कांग्रेसका शीर्ष नेताहरूले माघ ८ गतेभित्र नयाँ संविधान जारी गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन्।बिपी कोइरालाको जन्मशताब्दीका अवसरमा सञ्चालन भएको ‘बिपी विचार यात्रा' मंगलबार सुन्दरीजलमा समापन गर्दै कांग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपभापति रामचन्द्र पौडेललगायतका नेताले संविधानसभाबाट तोकिएकै मितिभित्रै लोकतान्त्रिक संविधान जारी गर्न अब कसैले रोक्न नसक्ने पनि दाबी गरेका छन्। गणतन्त्र र संघीयतालाई सबैले आत्मसात गरिसकेको जनाउँदै नेताहरूले संविधानको अन्तर्वस्तुमा दलीय सहमति जुट्न नसके प्रक्रियामा गएर भए पनि टुंगोमा पुग्ने बताए।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति कोइरालाले माघ ८ भित्र संविधान बन्नेमा ढुक्क रहन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे। संविधान जारी गर्न अवरोध खडा गर्नेहरू राणा, पञ्चायत र राजा जस्तै समाप्त हुने चेतावनी दिँदै प्रधानमन्त्री कोइरालाले संविधानका अन्तर्वस्तुमा संविधानसभा भित्र र बाहिर रहेका दलसँग सहमतिको प्रयास जारी रहेको जानकारी दिए। ‘नेपालमा संविधान आउँछ, अब कसैले रोक्न खोजेर रोकिँदैन,' कोइरालाले भने, ‘संविधान निर्माणमा बाधा पुर्यावउने लोप भएर जान्छन्।'
बिपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिअनुसार नै आफू अघि बढेको जनाउँदै प्रधानमन्त्री कोइरालाले वार्ता र संवादबाटै समस्याको समाधान निकाल्ने बताए। मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहित संविधानसभा भित्र र बाहिर रहेका दलसँग सहमतिको प्रयास भइरहेको उनले बताए। ‘मोहन वैद्यसँग मेरो नजिकको सम्बन्ध छ,' कोइरालाले भने, ‘बार्गेनिङको कुरा पनि बीचबीचमा हुन्छ, तर वार्ताबाट नै समाधान हुन्छ।'
कोइरालाले संविधान निर्माणका क्रममा लोकतान्त्रिक मूल्य–मान्यतामा कसैसँग पनि सम्झौता नगर्ने दोहोर्या,ए। ‘लोकतन्त्रको विश्वव्यापी मूल्य–मान्यतामा कांग्रेसले कहिल्यै सम्झौता गरेको छैन, अब पनि गर्दैन,' कोइरालाले भने। राजनीतिक स्थायित्वपछि मुलुक आर्थिक विकासको चरणमा प्रवेश गर्ने बताउँदै कोइरालाले भने, ‘राजनीतिक स्थायित्वका लागि नयाँ संविधान पहिलो सर्त हो, त्यसले अन्धकारबाट हामीलाई उज्यालोमा प्रवेश गराउँछ।'
प्रधानमन्त्री कोइरालाले आन्दोलन र द्वन्द्वले मुलुकको हित नगर्ने जनाउँदै देशका लागि यो अन्तिम अवसर भएको पनि बताए। उनले छिमेकी मुलुक भारतलेे विकासका लागि हात अघि बढाएको बताउँदै देशलाई तल पर्ने गरी कुनै सम्झौता भने नगर्ने जनाए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा स्वतन्त्र र सानो देशको संवेदनशीलता बु‰न आग्रह गरेको सुनाउँदै कोइरालाले भने, ‘उहाँ (भारतीय प्रधानमन्त्री) ले नेपाललाई तल पारेर कुनै सम्झौता नगर्ने आश्वासन दिनुभएको छ।'
प्रधानमन्त्री कोइरालाले मुलुकको विकास कांग्रेसले मात्र गर्न सक्न दाबी गर्दै त्यसका लागि पार्टीभित्र एकता आवश्यक रहेको बताए। ‘हामी एक ढिक्का होऔं, व्यक्तिको होइन संस्थाको बनौं, त्यसले मात्र मुलुक र पार्टीलाई बलियो बनाउँछ,' उनले भने।
कांग्रेस बिपीको विचार र सिद्धान्तअनुसार नै अघि बढेको बताउँदै कोइरालाले भने, ‘उहाँकै सिद्धान्त र विचारअनुसार नै कांग्रेस राष्ट्रियता, कानुनी शासन, जनअधिकारको पक्षमा निरन्तर लागेको छ।'
कार्यक्रममा वरिष्ठ नेता देउवाले जनतामाझ व्यक्त प्रतिबद्धताअनुसार माघ ८ भित्रै संविधान जारी गरेरै छाड्ने बताए। ‘जनतामाझ हामीले कांग्रेसको बुहमत नआएकाले अघिल्लो संविधानसभाबाट संविधान बन्न सकेन भनेका छौं,' देउवाले भने, ‘जनताले कांग्रेसलाई गरेको विश्वास अब पूरा गर्नुपर्छ।' जनताको अधिकार अब कहिल्यै नखोसिने गरी संविधानसभाबाट संविधान जारी गर्नुपर्ने भन्दै देउवाले लोकतान्त्रिक गणतन्त्र र संघीयतामा सबैको प्रतिबद्धता रहेको बताए। उनले बिपी कोइराला मुलुककै ‘फादर फिगर' रहेको बताए।
उपसभापति रामचन्द्र पौडेलले देश र जनताप्रति दलहरू इमान्दार भएर लोकतान्त्रिक संविधान निर्माणमा जुट्न सबैलाई आग्रह गरे। ‘राष्ट्रियता, लोकतन्त्र र समाजवादको आधारमा नयाँ संविधान निर्माण हुन्छ,' पौडेलले भने। पौडेलले इमान्दार व्यक्ति योग्य नभएको र योग्य व्यक्ति इमान्दार नभएको गुनासो गर्दै मुलुक निर्माणका लागि योग्य र इमान्दार व्यक्तिको खाँचो रहेको सुनाए।
बिपी कोइरालाको विचार र सिद्धान्तअनुसार नै कांग्रेस अघि बढ्ने बताउँदै पौडेलले भने, ‘आज बिपी विचारको अन्त्य होइन सुरुआत भएको छ।'
कांग्रेस महामन्त्री तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहले संविधानसभाको कार्यकतालिकालाई असर नपर्ने गरी मात्र संविधानका अन्तर्वस्तुतमा सहमतिको प्रयास गरिने बताए। ‘अघिल्लो संविधानसभामा जस्तो सहमतिको माला जपेर बस्ने कुरा छैन,' सिंहले भने, ‘समय हुँदासम्म सहमतिको प्रयास गर्ने हो, भएन भने प्रक्रियामा जानुपर्छ।'
अर्का महामन्त्री कृष्णप्रसाद सिटौलाले आफ्नो स्वार्थमा भन्दा मुलुक निर्माणमा लाग्नुपर्ने बताउँदै पार्टीभित्रको सम्पूर्ण एकतामा जोड दिए। ‘पार्टीभित्रको सम्पूर्ण एकताले मात्र राष्ट्र निर्माण सम्भव छ,' सिटौलाले भने, ‘हामी सबै मिले मात्र मुलुक बलियो बन्छ, अवसरको खोजी होइन राष्ट्र निर्माणमा लागांै।'
कार्यक्रममा रामहरि जोशीलाई बिपी कोइराला सेनानीबाट सम्मान गरिएको थियो भने बिपी संग्रहालय परिसरमा एक सय बिरुवा रोपिएको छ। प्रधानमन्त्रीसमेत सभापति कोइरालाले दिवानसिंह राई, रामनारायण मिश्र र योगेन्द्रमान शेरचनको प्रतिमा अनावरण गरेका छन्।
भदौ १ गते मोरङको विराटनगरमा सुरु भएको बिपी विचार यात्रा सुनसरी, धनकुटा, भोजपुर, खोटाङलगायतका जिल्ला हुँदै काठमाडौं आएर सकिएको हो। २००३ सालमा पक्राउ परेका बिपी कोइरालासहितका नेतालाई काठमाडौं ल्याइएकै बाटो कांग्रेसले विचारयात्रा गरेको थियो। बिपी कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको थियो।
त्यसअघि, मंगलबार बिहान राष्ट्रपति रामवरण यादव बिपी संग्रहालय पुगेका थिए।
संविधानका विवादित विषय राजनीतिक सभामा तथा शान्ति प्रक्रिया र अन्य राष्ट्रिय सरोकारका मुद्दा उच्चस्तरीय समितिमार्फत समाधान खोज्ने विषयमा दलहरूबीच छलफल