काठमाडौं-प्रमुख तीन राजनीतिक दलबीच अविश्वास बढ्दा संविधानका विवादित विषयमा सहमति जुट्नुको सट्टा मुद्दाहरू थप पेचिलो बन्दै गएका छन्।सत्तारुढ नेपाली कांग्रेस, नेकपा (एमाले) र विपक्षी एकीकृत नेकपा माओवादीबीच विश्वासको संकट गहिरिँदै जाँदा संविधान निर्माण नै अवरुद्ध हुने छाँट छ। संविधान निर्माणका विवादित मुद्दा छिटो टुंगो लाग्ने सम्भावना टाढिँदै गएको देखिन्छ।
संविधान निर्माण र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने विषयमा सत्तारुढ र विपक्षी दलहरूबीच अविश्वास चुलिँदै गएका कारण पनि स्थिति जटिल बनेको छ।
प्रमुख दलका शीर्ष नेताका भनाइले दलीय अविश्वास चुलिँदै गएको र संविधान निर्माणमा यही विषय प्रमुख बाधक रहेको बुझ्न सकिन्छ। संविधानसभाअन्तर्गत संवाद समितिका सभापति बाबुराम भट्टराईका भनाइमा दलहरूबीचको सम्बन्ध ‘जोगीदेखि भैंसी डराउने, भैंसीदेखि जोगी डराउने' झैं भएको छ, एकअर्काप्रति विश्वास नै छैन।
केही दिनअघि पत्रकारसँग कुराकानी गर्ने क्रममा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति भट्टराईले जोगी र भैंसीसम्बन्धी उखान सुनाउँदै दलीय अविश्वास आफूले बुझ्न नसकेको बताएका थिए।
संविधानसभाको मूल समिति मानिएको संवाद समितिलाई भदौ २१ सम्म संविधानका विवादित अन्तरवस्तुमा सहमति कायम गर्ने जिम्मेवारी दिइए पनि पूरा गर्न सकेन। सहमति हुन नसक्नुमा विषयको जटिलतासँगै दलहरूबीचको आशंका र अविश्वास प्रमुख कारक बनिदियो।
भट्टराई मात्र होइन, अन्य दलका नेताका बुझाइ पनि उस्तै छ। ‘जटिल विषयभन्दा एकले अर्कोलाई गलाएर आफ्नो एजेन्डामा ल्याउन सकिन्छ कि भन्ने दाउपेचकै कारण सहमति हुन नसकेको हो,' कांग्रेसका एक उच्च नेताले भने, ‘अब दाउपेचभन्दा लेनदेन गरेर विवादित विषय टुंगो लगाउनुपर्छ।' त्यसो नगरे विवादित विषय थप जटिल र पेचिलो बन्दै जाने उनको भनाइ छ।
विपक्षी दलहरू सत्तारुढ दलले संख्याका आधारमा पेलेर संविधान जारी गर्न लागेको आशंका गर्छन् भने सत्तारुढ दलहरू विपक्षीको संख्या सानो भएकाले अहिले कुनै अड्को थापेर संविधान जारी हुन नदिने दाउमा लागेको बुझाइमा छन्। ‘कहिले प्रधानमन्त्री बिरामी भन्छन्। कहिले एमाले महाधिवेशन भन्छन्,' विपक्षी दल एमाओवादीका एक नेताले भने, ‘अनि सहमतिको समय सकियो, अब प्रक्रियामा जानुपर्छ भनेर संख्याले पेल्ने काम गरेका छन्। हामी पटक–पटक वार्ताका लागि तयार हुँदा पनि सत्तारुढ दलका नेता वार्ता गर्नसमेत चाहँदैनन्।'
नेकपा–माओवादीसँगको वार्ता पनि सत्तारुढ दलकै आलटालले समयमा हुन नसकेको ती नेताको निष्कर्ष छ। त्यसैकारण विपक्षी दलहरू संविधानका विवादित विषय संविधानसभाको पूर्ण बैठकमा पठाउन चाहन्नथे। सत्तारुढ दलले संख्याकै बलमा पेलेर विवादित विषय टुंगो लगाउन चाहेको डर विपक्षीमा छ। प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादी नेतृत्वमा रहेको मोर्चाको अघिल्लो साता बसेको बैठकले पनि विवादित विषय संविधानसभामा नपठाई समितिले नै टुंगो लगाउनुपर्ने निर्णय गरेको थियो।
‘समितिमा ब्रेक भएर हाउस (संविधानसभा) तिर नै विवादित विषय पठाउने हो भने बढी समय लिन्छ,' एमाओवादीका ती नेताले भने, ‘अझ भोटिङ प्रक्रियामा जाने हो भने त मारामार र कुर्सी हानाहान नै हुन्छ।'
विपक्षीमा पहिचानसहितको संघीयता हुन दिँदैनन् कि भन्ने आशंका बढी देखिन्छ। भदौ १ गते व्यवस्थापिका संसद बैठकलाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया र संविधान निर्माणका काम सँगसँगै अघि बढाउनुपर्ने धारणा राखेपछि सत्तारुढ दलका नेता झन् सशंकित भएका छन्।
शान्ति प्रक्रियाका बाँकी काम पीडितलाई न्याय दिन सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन र त्यसको कामकारबाही पूरा गर्नु नै हो। आयोग गठनका लागि सिफारिस समितिले नै पूर्णता नपाएका बेला दाहालले संसदमा राखेको यो भनाइले सत्तारुढ दलका नेता झन् सशंकित बनेका हुन्।
‘सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरी त्यसले काम सक्न कम्तीमा दुई वर्ष लाग्छ,' सत्तारुढ दलका एक नेता भन्छन्, ‘अहिले दाहालले शान्ति प्रक्रिया र संविधान निर्माण सँगसँगै हुन्छ भन्नु संविधान बनाउन नदिने षड्यन्त्र हो। त्यसैले प्रक्रियामा गएर संविधान निर्माणका काम सक्नुपर्छ।'
संविधान जारी भएपछि आयोगले आफूलाई पनि तान्न सक्ने दाहालको आशंकाले संविधान निर्माणमा बाधा पुगेको ती नेताको ठहर छ। सरकार र संविधानसभालाई छायामा पार्ने गरी उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको कुरा पनि संविधान निर्माण प्रक्रिया अवरुद्ध गर्र्नै उठाइएको सत्तारुढ दलको आशंका छ।
राजनीतिक विश्लेषक नीलाम्बर आचार्य पनि दलहरूबीच बढेको अविश्वासका कारण विषयवस्तुमा सहमति कायम हुन नसकेको बताउँछन्। ‘दलहरुबीच अविश्वास छ। सम्बन्ध पनि राम्रो छैन। अनि प्रक्रिया कसरी राम्रो हुन सक्छ?' उनले भने। लोकतान्त्रिक सरकारले पनि सत्तापक्षको दृढता देखाउन नसकेको र विपक्षीले पनि आफूले भनेजस्तो संविधान नबने सडकबाट संविधान जारी गर्छु भन्नु नै विश्वासको संकट भएको आचार्यको तर्क छ।