इलाम- नेकपा-माओवादीका उपाध्यक्ष सिपी गजुरेलले माघ ८ गतेभित्र मुलुकको नयाँ संविधान नलिखिने दाबी गरेका छन्। राष्ट्रिय राजनीतिक सभा गठन हुने भएपछि संविधानसभाको औचित्य नरहेको जिकिर गर्दै उनले सो कुरा बताएका हुन्।इलाममा मंगलबार एक कार्यक्रममा बोल्दै गजुरेलले सदन बाहिरका दल समेटेर सभा गठन गरिने सहमति भएको जनाउँदै सत्तारुढ दलका नेतालाई माघ ८ को हौवा नपिट्न आग्रह समेत गरे। ‘चुनाव बहिस्कार गरेका हामीसहित थुप्रै दलको प्रतिनिधित्व नरहेको संविधानसभाले नयाँ संविधान बनाउने सम्भावना छैन' उनले भने, ‘अब राष्ट्रिय राजनीतिक सभामार्फत नै देशको संविधान बनाउन लाग्नुपर्छ।' उनले आफूहरुलाई सहभागि नगराई संविधान बनाए प्रतिकार गर्ने र सडक आन्दोलनमा जाने संकेत गरे।
गजुरेलले राजनीतिक सभा बिथोल्न खोजिए सडक आन्दोलनमार्फत माघ ८ मा संविधान जारी हुन नदिने जिकिर गरे। पार्टी रणनीतिबारे उनले भने, ‘आन्तरिक तयारी सुरु हुनै लागेको छ, माघमा आन्दोलन क्लाइमेक्समा पुग्छ।' कार्यकर्तालाई बैठक, छलफल, प्रशिक्षण, वालिङ, पोष्टरिङमार्फत सडक आन्दोलनमा लाग्न प्रेरित गरिरहेको जनाउँदै गजुरेलले सभा बिथोलिए आन्दोलन चर्किने बताए।