काठमाडौं-सरकारले काठमाडौंस्थित विदेशी कूटनीतिक नियोगहरूका लागि जग्गा खरिदमा अधिकतम सीमा र निश्चित स्थान तोक्ने भएको छ। यससम्बन्धी मापदण्ड तथा नीति–नियम बनाउन परराष्ट्र र भूमिसुधार तथा व्यवस्था मन्त्रालयले गृहकार्य गरिरहेका छन्।
मन्त्रिपरिषदको निर्देशनअनुसार अहिले परराष्ट्रले ‘दूतावासका लागि जग्गा खरिद गर्दा अधिकतम सीमा र निश्चित स्थान तोक्नेसम्बन्धी मापदण्ड' र भूमिसुधार मन्त्रालयलले नियोगहरूलाई जग्गा खरिद गर्दा आवश्यक पर्ने ‘दीर्घकालीन लिज (करार) नीति' निर्माणको गृहकार्य सुरु गरिसकेका छन्। नियोगहरूले रणनीतिक हिसाबले महत्वपूर्ण स्थानमा जग्गा खरिद गरी अत्यावश्यक परेका बेला असहयोग गरेकाले सरकारले दूतावास भवन र कूटनीतिज्ञ निवासका लागि सीमा र स्थान तोक्न मापदण्ड र नीति–नियम बनाउन लागेको हो।
सरकारको सडक विस्तार योजनामा काठमाडौंमा रहेका केही शक्तिशाली देशका दूतावासले अन्तर्राष्ट्रिय ऐन–कानुन (भियना कन्भेन्सन) को हवाला दिँदै असहयोग गरेपछि कूटनीतिक नियोगले गर्ने जग्गा खरिदलाई व्यवस्थित गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयस्रोतले जनाएको छ।
गत साउन २ गते बसेको मन्त्रिपरिषद बैठकले ‘काठमाडौंस्थित विदेशी कूटनीतिक नियोगहरूलाई जग्गा खरिदमा स्वीकृति दिनुअघि सर्त राख्न' भनी परराष्ट्र र भूमिसुधार मन्त्रालयलाई मापदण्ड, ऐन, नियम बनाउन निर्देशन दिएको थियो। ‘काठमाडौं उपत्यकामा खाली जग्गाको उपलब्धता कम हुँदै गएकाले राजदूतावासको कूल जनशक्तिलाई विचार गरी जग्गाको अधिकतम सीमा तोक्ने नीतिगत व्यवस्था परराष्ट्र मन्त्रालयले मिलाउने,' मन्त्रिपरिषद बैठकको निर्देशनमा भनिएको छ, ‘राजदूतावास र तिनका निवास सरकारका केन्द्रीय निकाय, धार्मिक तथा प्राकृतिक संरचनाबाट कति दूरीमा राख्न दिने वा निश्चित स्थान विशेषमा मात्र दूतावास राख्ने क्षेत्र तोक्ने भन्नेबारे स्पष्ट मापदण्ड बनाउने।'
मन्त्रिपरिषदको निर्देशन पाएलगत्तै परराष्ट्रले आवश्यक मापदण्ड तथा नीति–नियम बनाउन आवश्यक छलफल सुरु गरेको छ। स्रोतका अनुसार परराष्ट्रले सरोकारवाला निकाय गृह, भूमिसुधार तथा व्यवस्था, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास मन्त्रालय, काठमाडौं उपत्यका प्राधिकरण र काठमाडौं महानगरपालिका पदाधिकारीसँग छलफल गरिरहेको छ। ‘सरोकारवाला निकायसँग अहिले राय लिने काम भइरहेको छ। केही चरण छलफल भइसकेको छ। सबैको राय समेटेर मापदण्ड, नीति–नियम बनाइन्छ,' परराष्ट्र मन्त्रालय स्रोतले नागरिकसँग भन्यो।
हालसम्म भएको छलफलमा सरोकारवाला निकायबाट प्रमुख धार्मिक तथा प्राकृतिक संरचनाबाट एक किलोमिटर टाढा र सरकारका केन्द्रीय निकाय, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलगायत उच्च सरकारी अधिकृतको निवासबाट कम्तीमा ५ सय मिटर टाढा मात्र दूतावास भवन तथा कूटनीतिज्ञको निवासका लागि जग्गा खरिद र करारमा लिन दिन हुने सुझाव परराष्ट्रलाई प्राप्त भएको छ।
‘प्राय दूतावासहरू रणनीतिक रूपले महत्वपूर्ण स्थानमा रहेको जग्गा तथा भवन खरिद गर्न खोज्छन्। विश्वका अन्य देशमा रणनीतिक दृष्टिले महत्वपूर्ण स्थानमा दूतावासलाई जग्गा खरिद गर्न दिइँदैन,' स्रोतले भन्यो, ‘हाम्रो देशमा स्पष्ट नीति–नियम नहुँदा यस्ता महत्वपूर्ण स्थानमा दूतावास स्थापना गरिएका छन्। अब त्यस्तो नहोस् भनेर नीति, नियम र मापदण्ड बनाउन लागिएको हो।
जग्गा खरिद सम्बन्धमा भने सरोकारवाला निकायबाट क्षमता हेरेर कम्तीमा ५ र बढीमा १० रोपनी जग्गा खरिद तथा करारमा लिन दिने सुझाव परराष्ट्रलाई प्राप्त भएको छ। दूतावासमा रहने कर्मचारीको संख्याका आधारमा जग्गाको हद कायम गरिनेछ। ‘दूतावासले पहिलेको जस्तो सधैंका लागि जग्गा खरिद गर्न पाउने छैनन्। अब निश्चित समयसम्मका लागि करारमा मात्र किन्न पाउने व्यवस्था गर्न लागिएको छ,' स्रोतले भन्यो।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र युरोपेली युनियन (इयु) को समेत गरी नेपालमा अहिले २८ देशका दूतावास छन्। यीमध्ये भारत, अमेरिका, बेलायत, रुस, जर्मनी, चीन, फ्रान्स, स्विट्जरल्यान्ड, जापानले आफ्नै नाममा जग्गा खरिद गरी दूतावास सञ्चालन गरेका छन् भने अन्य राष्ट्रले करारमा भवन तथा जग्गा लिएका छन्। पछिल्लो समय नेपालमा दूतावास खोलेका साउदी अरब र कतारले पनि अहिले दूतावासका लागि जग्गा खरिद गर्ने प्रस्ताव सरकारसमक्ष राखेका छन्। सरकारले नयाँ नियम बनाउन लागेकाले अब साउदी र कतारले जग्गा करारमा मात्र किन्न पाउनेछन्।
स्रोतका अनुसार ५० वर्षभन्दा बढी समय जग्गा तथा भवन दूतावासलाई करारमा दिनेसम्बन्धी ऐन बनाउन भूमिसुधार मन्त्रालयले पनि सरोकारवाला निकायसँग छलफल अघि बढाएको छ। ‘दूतावासलाई भवन तथा जग्गा दीर्घकालीन रूपमा करारमा दिन आवश्यक पर्ने ऐन तथा नियमावली भूमिसुधारले बनाइरहेको छ। ऐन तथा नियमावलीमा कुन ठाउँमा, कति समयका लागि कति जग्गा कति मूल्यमा करारमा दिने भन्ने स्पष्ट उल्लेख हुनेछ,' स्रोतले भन्यो।
उपयुक्त ऐन, कानुन नहुँदा हालसम्म सरकारले कूटनीतिक नियोगलाई उनीहरूले रोजेको ठाउँमा दूतावास सञ्चालन गर्न जग्गा उपलब्ध गराउँदै आएको थियो। पछिल्लो समय सडक विस्तार गर्दा काठमाडौंको महाराजगन्जस्थित अमेरिकी दूतावास, लाजिम्पाटस्थित फ्रान्सेली दूतावास, बालुवाटारस्थित रुसी दूतावास, पानी पोखरीस्थित जापानी दूतावास, ज्ञानेश्वरस्थित जर्मन दूतावासले जग्गा नछाडेपछि नीति, नियम तथा मापदण्डको अभाव खड्किएको थियो। सरकारले बारम्बार अनुरोध गर्दा पनि ती दूतावासले सडक विस्तार गर्न आवश्यक पर्ने जग्गा छाड्न मानेका छैनन्।