चितवन- भारतीय दूतावासको आर्थिक सहयोगमा बनेको माडीको क्याम्पस भवन उद्घाटन कार्यक्रम रोक्न शुक्रबार नेकपा–माओवादीले चितवन बन्दको कार्यक्रम आह्वान गरेको छ। भारतीय राजदूत रञ्जित रेले क्याम्पस भवन उद्घाटन गर्ने कार्यक्रम छ। बन्दको कारण चितवन भएर चल्लने लामो तथा छोटो दूरीको गाडी र पसलहरु बन्द छन्।
राजदूत रे भने बिहीबार नै चितवन आइसकेका छन्। 'लगानी सरकारमार्फत् नै हुनुपर्छ। दूतावासले सिधै गर्न मिल्दैन। त्यसपछि यस्तो उद्घा्टन कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका प्रतिनिधि नै हुनुपर्छ राजदूत हुनु हुँदैन भन्ने हाम्रो मत हो,' माओवादी चितवनका संयोजक गुणराज लोहनीले भने।
राजदूतले उद्घाटन गरेपछि आजै शुक्रबार मध्यान्हबाट चितवन बन्द फिर्ता लिने कार्यक्रम रहेको लोहनीले बताए। बन्द आह्वान गर्दै हिँडेका सात जनालाई प्रहरीले पक्राउ गरेको उनले जानकारी दिए। पूर्वी चितवनबाट पाँच र पुलचोकबाट दुई जना पक्राउ गरेको उनको भनाइ छ। चितवन जिल्ला प्रहरी कार्यालयले बन्दको असर समान्य भएको र कसैलाई गिरफ्तार नगरेको जानकारी दिएको छ।