प्रधानन्यायाधीश जबराको राजीनामा मागेको छैन: अध्यक्ष श्रेष्ठ
०६ कार्तिक २०७८
•
१ मिनेट पाठ
प्रधानन्यायाधीश जबराको राजीनामा मागेको छैन: अध्यक्ष श्रेष्ठ
नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन्। उनले भने, ‘हामीले प्रधानन्यायाधीशको राजीनामा मागेको छैनौं। हामी छलफलमै छौं। भोलि उहाँलाई भेट्ने कार्यक्रम छ। उहाँसँग भेटेपछि रिपोर्ट कार्यान्वयनमा हाम्रो जोड हुनेछ, उहाँसँग भोलि छलफल भएपछि बारको बैठक बस्छ। महाभियोगको प्रश्न त पार्लियामेन्टको विषय हो।’




शनिबार राजधानीको एक साक्षात्कारमा अध्यक्ष श्रेष्ठले विगतमा भागबण्डाको आधारमा न्यायाधीश नियुक्ती गरिएको हुनाले अहिले समस्या उत्पन्न भएको टिप्पणी गरे। उनले भने, ‘उच्चत्तम योग्यताको आधारमा न्यायाधीश नियुक्ती भएन, भागबण्डाको आधारमा न्यायाधीश नियुक्ती गरिने काम भए, त्यो बेलादेखि नै हामीले यस किसिमको नियुक्ती ठिक भएन भनेर पटक पटक भन्दै आएका थियौं। त्यसको परीणाम न्याय सम्पादनमा असर पर्ने नै भयो।’

साक्षात्कारमा उनले विचौलियालाई न्यायापालिकाभित्र प्रवेश निषेध गराउनको लागि पनि आफूहरुले संस्थागत र व्यक्तिगत रुपमा सुझाव दिएको स्मरण गराए। उनले न्यायालयमा विकृति, विसंगति मौलाएको कुरा उठेको र यी चिज रोक्नको लागि आफूहरुले बारम्बार भनिरहेको सुनाए। उनले न्यायपालिकाभित्रका विकृति, विसंगति, भ्रष्टाचार रोक्नको लागि उपाय र कार्ययोजना बनाउन हरिकृष्ण कार्कीको नेतृत्वमा कमिटी गठन भएको र त्यसले रिपोर्टसमेत दिइसकेको बताए।
अर्को समाचार
लुम्बिनी प्रदेशः आगामी सरकार पनि १६८ (२) कै !
०७ वैशाख २०८०
•
३ मिनेट पाठ
लुम्बिनी प्रदेशः आगामी सरकार पनि १६८ (२) कै !
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आगामी ११ गते बिश्वासको मत लिँदैछन्। अहिले सम्मको राजनीतिक समिकरणलाई आधार मान्ने हो भने उनले बिश्वासको मत पाउने असम्भव जस्तै छ। कुल ८७ सांसद संख्या रहेको यो प्रदेशमा उनले बिश्वासको मत पाउन ४४ सांसदको साथ पाउनु पर्छ। तर अहिले सम्मको उनको पक्षमा जम्मा ३३ मत मात्रै देखिन्छ।  




११ गते बिश्वासको मत नपाए लुम्बिनीको सत्ता नेतृत्व कसको हातमा जाने? भन्ने प्रश्न अहिले उब्जिएको छ। संविधानको धारा १६८(२) अन्तर्गत वर्तमान गठबन्धनको पक्षमा जाने वा १६८(३) अन्तर्गत पुनः एमालेकै नेतृत्वमा सरकार बन्ने भन्ने अनिश्चितता कायम भएको छ। १६८(३) अन्तर्गत संविधानले गरेको व्यवस्था अनुसार संसदको ठूलो दल एमालेलेनै सरकार बनाउन सक्छ। तर संविधानको धारा १६८ (२) असफल भएमा मात्रै १६८(३) अन्तर्गत सरकार गठन हुने व्यवस्था रहेको कानुनका जानकारहरु बताउँछन्।  

नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष शेरबहादुर केसीले लुम्बिनी प्रदेशको सरकार गठनको प्रकृया सुरुमा संविधानको धारा १६८ (२) अनुसार नै हुने बताउँछन्। यो अन्तर्गत कसैले पनि संयुक्त सरकार बनाउन नसकेको खण्डमा मात्रै संविधानको अर्को धारा लागु हुने उनको भनाई छ। ‘संविधानको धारा १६८(२) अन्तर्गतको सरकार कायम रहेको अवस्थामा सुरुमा सोही धारा प्रयोग गरेर सरकार गठन हुन्छ,’ नेपाल बारका पूर्व अध्यक्ष केसीले भने ‘यदि यो धारा अन्तर्गत कसैले पनि सरकार गठन गर्न नसकेको खण्डमा मात्रै अर्को धारामा जाने हो नि।’

वर्तमान सरकार धारा २ अन्तर्गत रहेका कारण अर्को सरकार निर्माण गर्दा स्वतः यो धारा निष्कृय नहुने उनको भनाई छ। ‘अहिले सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्रीले बिश्वासको मत नपाएको खण्डमा प्रदेश प्रमुखले सोही धारा अनुसार नै संयुक्त सरकार गठनका लागि आह्वान गर्नु पर्ने हुन्छ,’ केसी भन्छन् ‘यो बेलामाा जसले बहुमत पुर्याएर सरकार बनाउन सक्छ, उसकै नेतृत्वमा सरकार बन्ने हो, तर कसैले पनि बहुमत पुर्याएर सरकार गठन गर्न सक्ने परिस्थती बनेन भने मात्रै अर्को धारा लागु हुन्छ।’ लुम्बिनी प्रदेशको हकमा मुख्यमन्त्री गिरीले बिश्वासको मत नपाए उनले राजीनामा दिने र बहुमतको संयुक्त सरकार गठनका लागि पुनः आह्वान हुनु पर्ने उनको भनाई छ। ‘प्रदेश प्रमुखको निर्णयमा निर्भर रहने कुरा हो यो,’ उनले भने ‘तर आगामी सरकार निर्माणको संवैधानिक बाटो भनेकै यहि हो।’ संविधानको धारा १६८(२) अन्तर्गत सरकार गठनका लागि वर्तमान गठबन्धनमा आवद्ध दलहरुले मुख्यमन्त्री समक्ष बहुमत सदस्यको हस्ताक्षर सहित दाबी पेश गरिसकेका छन्। गठबन्धनले कांग्रेस प्रदेश संसदीय दलका नेता डिल्ली बहादुर चौधरीलाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको छ।  

यता एमालेले आगामी ११ गते पश्चात कस्तो कदम चाल्ने भन्ने निर्णय गरिसकेको छैन।  ११ गते संसदमा पाउने मतका आधारमा एमालेले आफूले कदम चाल्ने बताउँछ। ‘अहिले नै के गर्ने भनेर एकिन निर्णय भैसकेको छैन, ११ गते संसदमा पाउने मतका आधारमा हामी अगाडी बढ्छौँ,’ एमालेका तर्फबाट स्वास्थ्य मन्त्री बनेका बिष्णु पन्थीले भने ‘त्यसपछि मात्रै हाम्रो आगामी यात्राका बारेमा भनौँला।’ उनका अनुसार आगामी १० गते एमाले संसदीय दलको बैठक बस्दैछ। यो बैठकले पनि सरकारका बारेमा एमालेले आफ्नो दृष्टिकोण बनाउने उनको भनाई छ । एमालेका अर्का सांसद तथा पूर्व सचेतक भुसमिश्वर ढकालले पनि एमालेले आगामी ११ गते पछि एमालेले कुन बाटो अपनाउने भन्ने बारेमा कुनै निर्णय नलिईएको बताए। उनले पनि ११ गते मुख्यमन्त्रीले बिश्वासको मतका लागि प्रस्ताव पेश गरेपछि मात्रै एमालेले आफ्नो आगामी यात्रा तय गर्ने बताए। 
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४ सेकेन्ड अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
यो पनि पढौँ
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस