कर्मचारी मन्त्रीका दास होइनन् : प्रधानमन्त्री
०३ भदौ २०७१
•
६ मिनेट पाठ
कर्मचारी मन्त्रीका दास होइनन् : प्रधानमन्त्री
काठमाडौं-प्रधानमन्त्री सुशील कोइरालाले कर्मचारीलाई मन्त्रीको दास नबनी देश र जनताको काममा ध्यान दिन निर्देशन दिएका छन्।
‘कर्मचारी मन्त्रीको दास होइनन्,' मंगलबार बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री कोइरालाले भने, ‘मन्त्रीको होइन, देश र जनताको काम गर्नुस्।' कर्मचारीतन्त्रमा इमानदारी र व्यावसायिकता खाँचो रहेको उनले औंल्याए।आफ्नो नेतृत्व सरकारमा सहभागी मन्त्रीहरु नै विगतमा भ्रष्टाचारमा मुछिएको भने उनले स्विकारे। ‘मुलुक बदल्ने अठोट लिएर सरकारमा सहभागी मन्त्रीहरु नै विगतमा भ्रष्टाचारमा फसेका छन्,' सार्वजनिक खरिद अनुगमन कार्यालयको आठौं स्थापना दिवस अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा उनले आफू भ्रष्टाचार समाप्त पार्न लागिपरेको दाबी गर्दै भने।
‘मैले प्रजातन्त्रको लडाइँ सुखसयल र घरबंगलाका लागि लडेको होइन,' कोइरालाले थपे, ‘देश र जनताको कल्याण गर्न सकिएला भनेर नै लागेको हुँ।' आफू दुई तिहाइ बहुमतले प्रधानमन्त्री निर्वाचित भएको स्मरण गर्दै कोइरालाले मुलुकमा केही काम गर्नैका लागि सरकारको नेतृत्व लिएको सुनाए। ‘मैले मुलुकका सामु ठूलो कमिटमेन्ट लिएर आएको छु, त्यो पूरा गरेरै छाड्छु,' उनले थपे। 
सार्वजनिक निकायको वस्तु तथा सेवा खरिद कार्य अनुगमन गर्ने जिम्मेवारी पाएको यो निकायमाथि सुशासन कायम र भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका रहने औंल्याउँदै प्रधानमन्त्री कोइरालाले भने, ‘यस्ता ठूला निकाय र संस्थाहरु छन्, तर भ्रष्टाचार रोकिएन।'
विगतमा भ्रष्टाचार गरेकाहरुमाथि कारबाही नहुँदा यसले प्रवृत्तिको रुप लिएको जनाउँदै कोइरालाले भने, ‘मुलुकमा कति काण्ड भए, सजाय कसैलाई भएन। खरिदार, मुखिया र उपसचिवजस्ता तल्लो तहका कर्मचारीलाई कारबाही गरेर झारा टारियो।' 
कोइरालाले मुलुकमा नयाँ संस्कृति विकास गर्ने अवसर आएको बताउँदै संविधानसभा दोस्रो निर्वाचनपछि सबै राजनीतिक दलका नेतामा देश र जनतालार्ई समृद्धितर्फ लैजाने चिन्ता छाएको महसुस आफूले गरेको बताए। 
‘मुलुक बनाऔं भन्ने भावना सबैमा जागृत भएको छ,' कोइरालाले भने, ‘सशस्त्र संघर्ष र हिंसाबाट साथीहरु शान्ति प्रक्रियामा आउनुभएको छ, सबै दल राजनीतिको मूलधारमा आएका छन्।' 
मुलुक निर्माणका लागि अहिलेको मौकाको उपयोग गर्न सक्नुपर्ने तर्क गर्दै कोइरालाले भने, ‘छोराछोरी र दरसन्तानलाई हेरौं। उनीहरुका लागि जे गर्न सकिन्छ, गरौं। ढिलो भए पनि सुरुआत गरौं। असल काम गर्न कहिल्यै ढिला गर्नु हँुदैन।'
एक छुट्टै प्रसंगमा कोइरालाले भारतले नेपालसँग सहयोगको हात बढाएको बताउँदै मुलुकको हित विपरीत कुनै सम्झौता नगर्ने बताए। ‘राष्ट्रिय हितका लागि समानताका आधारमा गर्न मिल्ने सम्झौता गरेरै छाड्छु,' कोइरालाले भने, ‘भारतसँग हामीले किचकिच गर्नुभन्दा के गर्न सकिन्छ, त्यसमा ध्यान दिनुपर्छ।' 
नेपाललाई तल पारेर कुनै सम्झौता नगर्ने पनि उनले प्रस्टयाए। कोइरालाले भने, ‘म कुनै पनि नेपालीको टाउको निहुर्यापउने काम गर्दिनँ,' भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका समयमा विद्युत व्यापार सम्झौता गर्न दलीय सहमति जुट्न नसकेको प्रति संकेत गर्दै कोइरालाले प्राकृतिक स्रोतसाधन उपयोगमा विवेकशील भएर सोच्नुपर्ने आवश्यकता औंल्याए। ‘मुलुकको विकासबारे सोच्दा व्यावहारिक बनौं,' उनले भने, ‘सार्क सम्मेलन आउन लाग्यो, बत्ती छैन।'
भारतसँगै विद्युतका लागि हारगुहार गर्नुपर्ने बाध्यता रहेको पनि उनले सुनाए। ‘नेपालमा उत्पादित बिजुली पैसा तिरेर किन्छु भनेर आउँदा पनि हामी उसैलाई शंकाले हेरिरहेका छौं,' उनले थपे, ‘यो कस्तो ह्युमिलियटिङ अवस्था छ। फेरि उहीसँग थप विद्युत देऊ भनेर गुहार माग्नुपरेको छ।'
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्धको जन्मभूमि नेपालको नाम लिएर भारतमै पनि शान्ति र अहिंसाको सन्देश फैलाएको उल्लेख गर्दै कोइरालाले भारतीय पक्ष पनि नेपालअनुरुप जान तयार भएको जिकिर गरे।


अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस