झापा –सभामुख सुवाष नेम्वाङले अब कुनै पनि बहनाले संविधान लेखन नरोकिने दावी गरेका छन्। पहिलो संविधानसभाका विवादित धेरै मुद्दाले किनारा पाएको बताउँदै उनले आउँदो माघ ८ भित्रै नयाँ संविधान जारी हुने ठोकुवा गरे।'राजनीतिक संवाद समिति र संविधान मस्यौदा समिति अहिले निरन्तर काममा छन्,' शनिबार झापाको धुलाबारीमा उनले सञ्चारकर्मीसँग भने, 'पहिलो संविधानसभाको स्वामित्व पनि ग्रहण गरिएको छ। त्यसैले समयमै संविधान जारी हुन्छ। यसपटक कुनै पनि बहानाले संविधान लेखन रोकिन्न।'
नातेदारको निधन भएका कारण पारिवारिक भेटघाटका लागि आएका सभामु्खले संविधान जारी नभएसम्म विदेश यात्रामा नजान नेताहरुलाई फेरि आग्रह गरे। 'अहिले जुन गतिमा काम भइरहेको छ, त्यो जारी रहन्छ,' उनले भने, 'त्यसैले नेतागणहरुलाई यसअवधिमा देश बाहिर नजान म फेरि पनि निवदेन गर्छु।' त्यसअवसरमा उनले धुलाबारी उच्च माविको निरीक्षण पनि गरे। उनले शैक्षिक विकासका लागि सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।