मोदीले चढाए २७ हजार भेटी
१९ साउन २०७१
•
७ मिनेट पाठ
मोदीले चढाए २७ हजार भेटी
काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिवलिंगलाई घेरिएको चाँदीको 'कपाट' पूरै झुकाएर पूजा गर्ने अवसर पाएका छन्। साउने तेस्रो सोमबारका दिन बिहान पशुपति मन्दिर पुगेका मोदीले विगतमा राजाहरुले जस्तै पूजा गर्ने अवसर पाएका हुन्।बिहान ९ बजे पशुपति क्षेत्र पुगेका मोदीले ३५ मिनेट विशेष पूजा गरेका थिए। 'मोदीजीको नेपाल र पशुपतिनाथ भावनाले हामीलाई निकै हर्षित तुल्यायो,' पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टण्डनले पूजा सकिएपछि नागरिकसँग भने, 'कोषले आइतबार निर्णय गरेर यस्तो अवसर प्रदान गरेका हौं।' उनले कोषका अध्यक्ष तथा संस्कृतिमन्त्री भीम आचार्यसँगको छलफलपछि यस्तो निर्णय लिइएको बताए।
राजा पछि यस्तो अवसर पाउने मोदी पहिलो व्यक्ति रहेको टण्डनले जानकारी दिए। 'अन्यले पूजा गर्दा यस्तो हुने व्यवस्था छैन,' उनले भने, 'मोदीजीले प्रत्यक्ष शिवलिंगसँग रहेर विशेष पूजा गर्नुभयो।' उनलाई महादेवको आँखाको चन्दन (दृष्टिप्रसाद) पनि पाएका छन्। यो पनि विशिष्ट व्यक्तिका लागि व्यवस्था हुने गर्छ।
उनका अनुसार पशुपति मन्दिरको बासुकी मन्दिरमा सात मिनेट पूजा गरेर रुद्रेश्वरी, बागमतीको पूर्वी ढोकाबाट दर्शन साथै त्यहाँ रहेका १० भन्दा बढी दान बाकसमा भेटी चढाएर उनी विशेष पूजाका लागि पशुपतिको मुख्य मन्दिरको दक्षिण ढोकाबाट छिरेका थिए। उनका लागि विशेष संकल्प, रुद्राभिषेक, पञ्चामृत स्नान, शृंगार, मंगल आरती लगायतका लागि मोदीको विशेष पूजा रहेको टण्डनले बताए।
'लामो समय भएकाले र उहाँको पशुपतिप्रतिको धारणाले हामीले बसेर पूजा गर्ने व्यवस्था गरेका थियौं, अत्यन्त विशेष रुपले पूजाको व्यवस्था गर्न चाहेअनुसार व्यवस्था गर्यौंप,' उनले भने, 'उहाँ पूजा अवधिभर अत्यन्त हर्षित मुद्रामा हुनुहुन्थ्यो।' पूजा सकिएको केही समयपछि मोदीले सामाजिक सञ्जाल ट्विटरमा दर्शनबाट धेरै आशिष पाएको महसुस गरेको जनाएका थिए। पूजा सकिएपछि विशेष पूजावापतको २७ हजार नेपाली रुपैयाँ दक्षिणा मोदीले मन्दिरलाई दिएका थिए।
मोदीसँग मन्दिरमा घुमेका कोषका पूर्व सदस्यसचिव सुशील नाहटाले पनि मोदीले पाएको सम्मान राष्ट्रका अग्रणीले पाउने रहेको बताए। '२०६६ सालतिर मेरो पालामा राष्ट्रपति रामवरण यादवलाई यस्तो अवसर प्रदान गरेका थियौं,' उनले नागरिकसँग भने, 'मोदीजी मन्दिरप्रतिको आस्थाले हामीलाई प्रभावित बनायो।'
उनका अनुसार मोदी गाडीमै जुत्ता राखेर चप्पलमा मन्दिर परिसर झरेका थिए। उनले चप्पल खोले कपडाको मोजा लगाएर मन्दिर परिसर घुमे र जुन अन्य व्यक्तिले पनि लगाउने बताए। तर विशेष पूजा गर्दा कपडाको मोजा पनि खोलेको उनले जानकारी दिए। मन्दिर भ्रमणका बेला नेपाल–भारतको ऐतिहासिक सम्बन्ध र पशुपतिनाथ मन्दिरबारे आफूहरुलाई सुनाएको नाहटाले जनाए। उनले त्यहाँ चढाइएको चन्दन र फलफूल पनि भारत लैजान उपहार दिइएको जानकारी दिए।
पूजा सकेपछि संस्कृतिमन्त्री आचार्यले बराह मन्दिर, जानकी मन्दिर, पशुपति मन्दिर, लुम्बिनी र जानकी मन्दिरको विशेष तस्बिर मोदीलाई उपहार दिएका थिए। मन्दिर परिसरमै विशेष पूजा सकेपछि मोदीले टण्डनलाई तीन करोड रुपैयाँ मूल्य बराबरको २५ सय किलोग्राम चन्दन उपहार दिएक थिए। पशुपति मन्दिरमा दैनिक आधा किलोग्राम चन्दन चढाउने चलन छ। सो चन्दन पनि सोमबारबाट चढाउन थालेको कोषले जनाएको छ।
उनको स्वागतमा स्वस्ती वाचनसँग नेवारी बाजा बजाइएको थियो। पूजा सकेर बाहिर निस्कँदा निधारमा चन्दन र घाँटीमा दुई वटा रुद्राक्षको माला पहिरेका थिए। बाहिर निस्केर केहीबेर तस्बिर खिचेका उनले केही क्षण सञ्चारकमी एवं उपस्थित केही दर्शनाथीलाई हात हल्लाएर सम्बोधन गरेका थिए।
मन्दिरबाट बाहिर निस्कने क्रममा अतिथि पुस्तिकामा नेपाल र भारतका नागरिकमा पशुपतिनाथले सधैं कृपा चाहेको उनले लेखेका छन्। 'बागमती तीरमा रहेको यस पशुपति मन्दिर आस्था र विश्वासको केन्द्र हो,' उनले लेखेका छन्, 'भारतको कासीनाथ र पशुपति एकै रुप भएकाले दुवै देशको सम्बन्ध गाढा छ।'
मोदीको दर्शनका लागि साढ सातदेखि साढे दससम्म सर्वसाधारणलाई दर्शन गर्न रोकिएको थियो। मोदी निस्केपछि दर्शनार्थी लाइनमा देखिन्थे। मन्दिर परिसरका स्मारक संरक्षणका लागि भारतले करिब ४० करोड र शौचालयका लागि सुलभ इन्टरनेसनलसँगको सहकार्यमा ५ करोड रुपैयाँ सहयोगको प्रतिबद्धता भारतीय दूतावासले गरेको छ। करिब २७ करोड रुपैयाँ लागतमा तिलगंगामा नेपालभारत मैत्री पशुपति धर्मशाला निर्माण सुरु गरिने पनि बताइएको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस