दाङ— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङ स्थित नेपाल संस्कृति विश्वविद्यालयका सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ। विश्वविद्यालयमा ब्यापक आर्थिक अनियमितता भएको शंकामा अख्तियारले विश्वविद्यालयका सम्पूर्ण कागजात नियन्त्रणमा लिएको हो।आयोगको क्षेत्रीय कार्यालय अन्तर्गतको शाखा कार्यालय कोहलपुरबाट आएको टोलीले बुधवार विश्वविद्यालयका सम्पूर्ण कागजात अध्ययनका लागि भन्दै नियन्त्रणमा लिएको हो। 'हामीहरुलाई विश्वविद्यालयमा ब्यापक आर्थिक अनियमीतता भएको शंका छ,'अख्तियार दुरुपयोग अनुसन्धान शाखा कार्यालय कोहलपुरका अनुसन्धान अधिकृत हरि खत्रीले भने 'सत्य तथ्य पत्ता लगाउन सबै कागजात नियन्त्रणमा लिएका हौँ ।'
विश्वविद्यालयमा लामो समयदेखि आर्थिक अनियमितता भैरहेको भन्ने बारे अख्तियारमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा अख्तियारका पदाधिकारीहरुले विश्वविद्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएका हुन्। खत्रीका अनुसार कर्मचारी नियुक्ती, विकास निर्माण, पदपूर्ती लगायत बिषयमा आर्थिक अनियमीतता भएको शंका छ।
नियन्त्रणमा लिइएका कागजातको अध्ययन गरेर अनियमीतता भए नभएको तथ्या पत्ता लाग्ने र आर्थिक अनियमितता भएको पत्ता लागे दोषीविरुद्ध कारवाहीको प्रक्रिया अघि बढाइने उनले बताए। यता विश्वविद्यालयले आर्थिक अनियितता छानवीनका लागि भन्दा पनि विश्वविद्यालयको गतिविधि जाँच्ने खोजेको दाबी गरेको छ।
अख्तियारको नियमित कार्यक्रम अन्तर्गतनै विश्वविद्यालयको कागजात पनि अध्ययनका लागि लगिएको विश्वविद्यालयको भनाइछ । 'यो विशेषगरी उहाँहरुको नियमीत कार्यक्रम जस्तै हो,उहाँहरुले मध्यपश्चिम भरीनै यसैगरी अनुगमन गरिरहनु भएको रहेछ,'विश्वविद्यालयका रजिष्टार जगतप्रसाद उपाध्यायले नागरिकन्युजसँग भने 'हाम्रो विश्वविद्यालयको कामकारवाही पनि अनुगमन गर्नुपर्ने भएकाले उहाँहरुले कागजात लैजानु भएको हो।' उनले विश्वविद्यालयका सवै विभागका सम्पूर्ण कागजात अख्तियारको टोलीलाई बुझाएको बताए।