काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा नेपालको आन्तरिक राजनीतिको विषयमा कुरा नगर्ने स्पष्ट पारेका छन्। रिपोर्टर्स क्लबको साक्षात्कारमा मंगलबार बोल्दै उनले हिन्दूराष्ट्र, राजसंस्था, धर्मनिरपेक्षता र गणतन्त्र नेपालको आन्तरिक मामिला भएकोले यी विषयमा उनीसँग कुनै कुरा बताए।
भारतमा हिन्दूवादी भारतीय जनता पार्टीको नेतृत्वको प्रत्यक्ष असर नेपालमा पर्ने चर्चा गरिरहेका बेला हिन्दू राजनीति गरिरहेका थापाले उक्त कुरा बताएका हुन्।
'हामी हिन्दुराष्ट्र, राजतन्त्र, धर्मनिरपेक्षता र गणतन्त्र नेपालको आन्तरिक मामिला भएको कारण यसलाई हामी आफैले समाधान गर्नु पर्छ, यसमा भारतीय प्रधानमन्त्रीलाई तानेर विवाद बढाउनु हुँदैन', उनले भने, 'मोदी भ्रमणका बेला राजनीतिक विषय छाडेर आर्थिक एजेन्डा उठाउनुपर्छ।'
भारतले अहिले नेपाललाई उच्च प्राथमिकतामा राखेकोले भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने उनले दाबी गरे।