काठमाडौं-भारतीय विदेशमन्त्री सुषमा स्वराजले नेपाल सधैं भारतको उच्च प्राथमिकतामा रहेको बताएकी छन्।तीनदिने नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन शुक्रबार काठमाडौं आइपुगेकी स्वराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीबीच आफू ठूलो आशा तथा विश्वास लिएर बैठकमा सहभागी हुन नेपाल आएको बताइन्।
‘विदेशमन्त्री भएको दुई महिनाभित्रै मेरो नेपाल यात्रा तय भएको हो। यो त्यसैको प्रमाण हो,' उनले भनिन्, ‘नेपाल सधैं भारतको उच्च प्राथमिकतामा छ।'
२३ वर्षपछि हुन लागेको आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री स्वराजसँगै विदेश सचिव सुजाता सिंह, विदेश मन्त्रालयका आर्थिक सम्बन्ध हेर्ने सचिव सुजाता मेहता, विदेश मन्त्रालयका उच्चपदस्थ अधिकारीलगायत ३० सदस्यीय टोली नेपाल आएको छ। बैठकमा नेपालतर्फबाट समकक्षी महेन्द्रबहादुर पाण्डेको नेतृत्वमा २९ सदस्यीय टोली सहभागी हुनेछ।
शुक्रबार काठमाडौंमा सुरु भएको नेपाल–भारत संयुक्त आयोगको बैठक दुवै देशका लागि उत्तिकै महत्त्वपूर्ण रहेको उनले जनाइन्। लामो अन्तरालमा बैठक हुन लागेका कारण पनि यसको महत्त्व रहेको बताइन्।
‘म जुन बैठकका लागि आएको हुँ, त्यो २३ वर्षपछि हुँदैछ। त्यसैले म धेरै आशा लिएर आएको छु। नेपाल–भारत सम्बन्ध अझ सुदृढ र निकट हुने मेरो विश्वास छ,' उनले भनिन्।
विदेशमन्त्री नियुक्त भएयता स्वराजले भ्रमण गरेका देशमा नेपाल तेस्रो छिमेकी हो। उनले एक महिनाअघि बंगलादेशबाट छिमेकी देश यात्रा सुरु गरेकी हुन्। त्यसपछि उनी प्रधानमन्त्री नरेन्द्र मोदीसँगै भुटान भ्रमणमा सहभागी भएकी थिइन्।
छिमेकीलाई प्राथमिकता दिने मोदी सरकारकै नीतिअनुरुप नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी नेपाल आएकी हुन्। उनको आगमनलाई साउन १८ गतेबाट सुरु हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारीका रूपमा समेत लिइएको छ।
आयोगको तयारी बैठक शुक्रबारै सुरु भए पनि दुई देशका मन्त्रीबीच शनिबार बिहान १०:३० बजे होटल याक एन्ड यतीमा द्विपक्षीय बैठक हुनेछ। बैठकले नेपाल–भारतबीच रहेका ३२ वटा संयन्त्रसहित सम्पूर्ण सम्बन्धको समीक्षा गर्नेछ। बैठकमा सहमति जुटेका महत्त्वपूर्ण एजेन्डामा मोदीको नेपाल भ्रमणका बेला हस्ताक्षर गरिने जनाइएको छ।
विदेशमन्त्री स्वराज आयोगको बैठकमा केहीबेर मात्र बस्नेछिन्। त्यसपछि उनले राजनीतिक भेटघाट सुरु गर्ने कार्यक्रम छ। विदेशमन्त्री स्वराजले शनिबार बिहान ११:१५ बजे संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सिंहदरबारमा भेट गर्ने कार्यक्रम छ। त्यसपछि १२:४५ बजे शीतलनिवास पुगी राष्ट्रपति रामवरण यादवसँग शिष्टाचार भेट गर्नेछिन्।
दिउँसो १:३० बजे लैनचौरस्थित भारतीय दूतावास पुग्ने उनको कार्यक्रम छ। दूतावासले आयोजना गर्ने दिवाभोजमा उनले विभिन्न प्रतिष्ठित व्यक्तित्वसँग कुराकानी गर्ने जनाइएको छ। दिउँसो ३:१५ मा उनी एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न लाजिम्पाटस्थित उनको निवास पुग्नेछिन्। दिउँसो चार बजे बालुवाटार पुगी प्रधानमन्त्री सुशील कोइरालालाई भेट्ने उनको योजना छ।
राजनीतिक भेटघाट सकेर विदेशमन्त्री स्वराज पुनः संयुक्त आयोगको बैठकमा सहभागी हुनेछिन्। बालुवाटारबाट होटल याक एन्ड यतीमा फर्की संयुक्त आयोगको बैठकमा हुने सहमतिपत्रमा उनले हस्ताक्षर गर्नेछिन्। त्यहीँबाट नेपाल र भारतले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्ने कार्यक्रम छ।
शनिबार साँझ परराष्ट्रमन्त्री महेन्द्रबहादु पाण्डेले समकक्षी स्वराजको सम्मानमा रात्रिभोज आयोजना गर्नेछन्। त्यहाँ उनले नेपालका पूर्व परराष्ट्रमन्त्रीलगायत विभिन्न दलका नेतासँग कुराकानी गर्नेछिन्।
सन् १९८७ मा गठन गरिएको नेपाल–भारत संयुक्त आयोगको पहिलो बैठक सन् १९८८ मा नेपालमा भएको थियो भने दोस्रो बैठक १९९१ मा भारतमा। समिति गठन क्रममा वर्षैपिच्छे आलोपालो बैठक आयोजना गर्ने सहमति भए पनि त्यसयता बैठक बस्न सकेको थिएन। यसैबीच शुक्रबारबाट आयोगको तेस्रो बैठक काठमाडौंमा सुरु भएको हो।
नेपाल र भारतबीचको ऐतिहासिक, निकट तथा बहुआयामिक सम्बन्धका विभिन्न पक्षमा कार्यगत सम्बन्धलाई संस्थागत गर्न करिब ३२ वटा संयन्त्र छन्। तीमध्ये नेपाल–भारत संयुक्त आयोग सबैभन्दा महत्त्वपूर्ण संयन्त्र हो। आयोगले द्विपक्षीय सम्बन्धका विभिन्न क्षेत्रमा भएका प्रगतिको समीक्षा गर्नुका साथै भावी कार्यदिशा निर्देश गर्छ।
‘द्विपक्षीय बैठकमा आ–आफ्ना स्वार्थका एजेन्डा राख्ने हो। छलफलबाट विन–विन सिचुएसन कायम गरी सम्झौता गर्ने हो,' परराष्ट्रमन्त्री पाण्डेले भने, ‘दुई पक्षीय समझदारी वृद्धि गर्ने, आपसी सद्भाव वृद्धि गर्ने, समानताका आधारमा हामी अत्यन्त घनिष्ट मित्र हौं भन्ने पुष्टि गर्ने, जुन–जुन कामले आशंका उब्जाएका छन्, तिनको पहिचान गर्ने र त्यस्ता कुरालाई सकेसम्म दुवै पक्षले समझदारीमा हटाउँदै जाने वातावरण बैठकले सिर्जना गर्छ।'