काठमाडौं- राहदानी विभागले आउँदो १० महिनाभित्र लगभग १५ लाख एमआरपी (मेसिनले पढ्नसक्ने राहदानी) जारी गर्नुपर्ने भएको छ। २०७२ जेठ १० भित्रै हस्तलिखित राहदानी विस्थापित हुने तथा नयाँको माग समेत धान्नुपर्ने भएकाले विभागले राहदानी वितरणको क्रम ह्वात्तै बढाउनुपरेको हो। विभागले बितेको साढे तीन वर्षमा २२ लाख एमआरपी वितरण गरेको थियो।'बिहीबारसम्म २२ लाख एमआरपी जारी गरिएको छ,' बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक रमेशप्रसाद खनालले भने, 'यही गतिमा राहदानी जारी गर्दा सजिलै समयसीमाभित्रै हस्तलिखित राहदानी विस्थापित र नयाँ राहदानीको माग पूरा गर्न सकिन्छ।'
अहिले मासिक साढे ३० हजार नयाँ राहदानीको माग छ भने पुरानो हस्तलिखित राहदानीको संख्या करिब १२ लाख छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) को प्रावधानअनुसार विभागले २०६७ पुस ५ गतेबाट हस्तलिखित राहदानी वितरण बन्द गर्दै एमआरपी जारी गर्न सुरु गरेको हो। आइकाओको नियमअनुसार २०७२ मंसिर ८ गतेसम्म मात्र हस्तलिखित राहदानी प्रयोग गर्न सकिनेछ। त्यसपछि सबै हस्तलिखित राहदानी एकैदिन काम नलाग्ने हुनेछन्।
महानिर्देशक खनालका अनुसार हालसम्म जारी भएका एमआरपीमा २१ लाख ८३ हजार ८ सय ९३ साधारण, ९ हजार १ सय ७७ अफिसियल, १ हजार ६ सय ३० कूटनीतिक र ८ सय २९ वटा यात्रा अनुमतिपत्र (टिडी) राहदानी छन्। यो आँकडामा बिहीबार वितरण गरिएका राहदानी संख्या समावेश गरिएको छैन।
म्याद सकिन ६ महिनाभन्दा बढी समय रहेको राहदानीमा मात्र नयाँ भिसा दिने अन्तर्राष्ट्रिय अभ्यास छ। यो नियमअनुसार हस्तलिखित राहदानीमा २०७२ जेठ १० गतेसम्म मात्र भिसा लाग्नेछ। यो अन्तर्राष्ट्रिय अभ्यासका कारण विभागले आगामी जेठ १० गतेभित्र सबै हस्तलिखित राहदानी विस्थापित गरिसक्नुपर्छ। अब नयाँ राहदानीको माग पूरा गर्नुका साथै पुरानो हस्तलिखित राहदानी विस्थापित गर्न विभागसँग मात्र १० महिना समय छ।
'अहिले हामी मासिक १ लाखभन्दा बढी राहदानी जारी गर्दै आएका छौं,' महानिर्देशक खनालले भने, '१० देखि १२ लाख हस्तलिखित राहदानी प्रयोगमा रहेको हाम्रो अनुमान छ।' जनशक्ति अभावमा अहिले मासिक १ लाखभन्दा केही बढी राहदानी जारी गर्न विभागलाई हम्मे पर्दै आएको छ।
विभागका अनुसार एमआरपी लिएकामध्ये ६० प्रतिशत नयाँ छन्। अन्यले भने हस्तलिखितको सट्टा एमआरपी लिने छन्। यही आँकडालाई आधार मान्दा हालसम्म वितरण भएका २२ लाख राहदानी वाहकमध्ये १३ लाख २० हजार नयाँ हुन्।
अहिलेकै अनुसार माग भए १० महिनामा विभागले नयाँ करिब ३ लाखलाई राहदानी जारी गर्नुपर्छ। 'समयसीमाभित्रै हस्तलिखित राहदानी विस्थापित गर्न विभिन्न अभियान चलाइरहेका छौं। विदेशस्थित नेपाली दूतावासमा सातामा दुई दिन बिदा हुने अभ्यास छ। तर अहिले राहदानीको चाप बढेकाले एक दिन मात्र बिदा दिन थालिएको छ,' महानिर्देशक खनालले भने।
राहदानी उत्पादनलाई अझ प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालयस्थित नियोग शाखालाई थप मजबुत बनाउनुपर्ने उनले जनाए। 'अहिले जनशक्ति र बजेटको अभाव छ। यो अभाव पूर्ति भए मागअनुसार सहजै राहदानी जारी गर्न सकिन्छ,' उनले भने, 'राहदानी वितरणलाई सहज बनाउन लाइभ इनरोलमेन्ट सेन्टर सञ्चालनमा ल्याउन पनि जरुरी छ।'
विभागले साधारण सेवाअन्तर्गत ५ हजार र दु्रत सेवाअन्तर्गत १० हजार रुपैयाँ राजस्व लिई राहदानी जारी गर्दै आएको छ। साधारण सेवा प्रत्येक जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गर्न सकिन्छ भने द्रुत सेवा विभागले नारायणहिटीस्थित कार्यालयबाट मात्र उपलब्ध गराउँदै आएको छ।
२०७० साउनदेखि यो वर्षको जेठसम्म मात्र विभागले द्रुत सेवामार्फत ४ अर्ब ४० करोड रुपैयाँ राजस्व उठाएको छ। २०६७ साल पुस ५ गतेयता एमआरपी जारी गरेवापत ९ अर्ब ७० करोड १८ लाख रुपैयाँ राजस्व उठेको विभागले जनाएको छ।