काठमाडौं—पूर्व युवराज पारश शाह बैंकको एक होटलबाट गाँजा सहित पक्राउ परेका छन्। उनी १२ ग्राम गाँजा सहित बैंककको होटल डेभिसबाट १० जुलाइमा पक्राउ परेको त्यहाँ स्थित नेपाली दूताबासले पुष्टि गरेको छ।
उनलाई थङ्डो प्रहरी स्टेसनबाट खटिएका प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले कुन ठाउँमा राखेको छ, हिरासतमै छन् वा धरौटीमा रिहा भइसके भन्ने जानकारी नेपाली दूतावासलाई दिइएको छैन।
‘११.७ ग्राम प्रतिबन्धित लागुपदार्थ गाँजासहित पूर्वयुवराज पक्राउ परेको जानकारी थाई प्रहरीले नेपाली दूतावासलाई दिएको छ,' थाइल्यान्डका लागि कार्यवाहक नेपाली राजदूत डोरनाथ अर्यालले मंगलबार नागरिकसँग टेलिफोनमा भने, ‘यसबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेका छौं।'
प्रहरीले उनलाई मंगलबार बैंककस्थित फौजदारी (क्रिमिनल कोर्ट) अदालतमा उपस्थित गराएको छ। स्थानीय कानुनअनुसार प्रतिबन्धित लागुपदार्थ प्रयोग तथा बिक्री गरेको प्रमाणित भए शाहलाई १५ लाख थाई भाट (करिब ४५ लाख रुपैयाँ) जरिवाना वा १५ वर्ष कैद वा दुवै सजाय हुनसक्छ।
उनलाई प्रहरीले बिहीबार बिहान ३:१५ बजे बसेको होटलबाटै पक्राउ गरेको थियो। उनी पक्राउ परेको जानकारी थाई प्रहरीले पत्रमार्फत सोमबार त्यहाँको नेपाली दूतावासलाई गराएको थियो। थाई भाषामा लेखिएको पत्र नेपालीमा उल्था गरेर दूतावासले मंगलबार परराष्ट्रलाई जानकारी गराएको हो। स्रोतका अनुसार परराष्ट्रले मंगलबारै शाह पक्राउ परेको बारे पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि जानकारी गराएको थियो।
‘४६८६६६५ नम्बरको राहदानीवाहक नेपाली नगारिक पारस शाह प्रतिबन्धित लागुपदार्थसहित पक्राउ परेका छन्,' थाई प्रहरीको पत्रमा उल्लेख छ।
पारसले हालसम्म हस्तलिखित साधारण राहदानी प्रयोग गर्दै आएका छन्। उनले हालसम्म मेसिनले पढ्न सक्ने राहदानी (एमआरपी) का लागि निवेदनसमेत दिएका छैनन्। लागुपदार्थसहित पक्राउ पर्ने बित्तिकै उनको राहदानी प्रहरीले जफत गरेको छ।
थाई कानुनले गाँजालाई लागुपदार्थको सूचीमा राख्दै प्रयोग तथा बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ। थाइल्यान्डको लागुपदार्थसम्बन्धी ऐन २५२२ (१९७९) ले लागुपदार्थलाई पाँच प्रकारमा वर्गीकरण गरेको छ। गाँजालाई ऐनमा ‘क्याटागोरी–५' मा समेटिएको छ।
परराष्ट्र स्रोतका अनुसार थाई प्रहरीले शाहको साथमा भेटिएको गाँजा उनले आफैं प्रयोग गर्न राखेको हो वा बिक्री गर्न भन्नेबारे अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धान सकिएपछि मात्र उनीमाथि मुद्दा चलाइने बुझिएको छ।
पूर्वयुवराज शाह थाइल्यान्डमा प्रतिबन्धित लागुपदार्थसहित पक्राउ परेको पहिलोपटक भने होइन। उनी यसअघि एकपटक गाँजासहित पक्राउ परेका थिए भने अर्कोपटक तोडफोड गरेको आरोपमा समातिएका थिए। चार वर्ष अवधिमा थाई प्रहरीले शाहलाई बिहीबार तेस्रोपटक पक्राउ गरेको हो।
यसअघि २०६९ कात्तिकमा पूर्वयुवराज शाह थाइल्यान्डको फुकेटमा ३.४ ग्राम गाँजासहित पक्राउ परेका थिए। उनीमाथि प्रहरीले लागुपदार्थ प्रयोग गरेको आरोपमा फुकेट अदालतमा मुद्दा चलाएको थियो। उनी त्यतिबेला १० हजार थाई भाट बुझाएर धरौटीमा रिहा भएका थिए। धरौटी रकम एक थाई नागरिकले बुझाइदिएका थिए।
अदालतले उनलाई एक महिना लागुऔषध तथा सुधार गृहमा पठाउने फैसला सुनाएको थियो। अदालतले लागुपदार्थ मुद्दामा दोषी ठहर गर्दै आचरण सुधारका लागि भनी उनलाई ‘बैङ जो प्रिजन' सुधार गृह पठाउने आदेश दिएको थियो। पक्राउ परेदेखि फैसला नहुँदासम्म उनको राहदानी प्रहरीले जफत गरेको थियो। फैसलापछि मात्र उनको राहदानी फिर्ता दिइएको हो।
स्वास्थ्य खराबीका कारण सुधार गृहमा उपस्थित हुन नसकेको बयान दिन प्रहरी चौकी पुगेका बेला अर्को अपराधको आरोपमा त्यहीँ उनलाई प्रहरीले फेरि पक्राउ गर्योु। प्रहरीले उनलाई त्यहीँबाट बैंकक लगेको थियो। सुखमभितस्थित आफू बसेको होटलको कोठा तोडफोड गरेको आरोपसहित उनीमाथि प्रहरीमा उजुरी परेको थियो। पूर्वयुवराज शाहले २० लाख थाई भाट बराबर क्षति पुर्याीएको भन्दै होटल मालिकले उनीविरुद्ध उजुरी दिएका थिए।
२०६९ कात्तिक ७ गते फुकेटको एक होटलमा पुरुष र महिलाबीच झगडा चर्किएपछि होटल व्यवस्थापनले प्रहरी डाकेको थियो। झगडा भएको कोठमा प्रहरीले छापा मार्दा पूर्वयुवराज शाह र एक थाई महिला भेटिएका थिए। कोठामा ३.४ ग्राम सुकेको गाँजासमेत भेटिएको थियो। अदालतको फैसलालगत्तै हृदयाघातका कारण उनले लामो समय बैंकककै अस्पतालमा बिताएका थिए।
नेपालमा पनि चितवनको टाइगरटप्स रिसोर्टमा कांग्रेस नेतृ सुजाता कोइरालाका ज्वाइँ रुबेल चौधरीलाई गोली हानेको विवादमा उनी ०६७ फागुन २८ गते पक्राउ परेका थिए। सार्वजनिक अपराध अभियोग खेपेका उनलाई जिल्ला प्रशासन कार्यालयले ‘आइन्दा यस्तो नगर्ने' सर्तमा रिहा गरेलगत्तै उनी बैंकक गएका थिए।
सुरुमा उनले आफ्ना दुवै सन्तान बैंकक लगेका थिए। त्यहाँ पढ्ने व्यवस्था गरे पनि खासै वास्ता नगरेपछि पूर्वयुवराज्ञी हिमानीले आफ्ना सन्तान नेपाल फर्काएकी थिइन्। उनी थाई प्रेमिकासँग बैंककमा बस्दै आएका छन्।