इलाम- नेपालसँगको सम्बन्धलाई ‘प्राचीन र प्रगाढ' भन्दै दुई दिवसीय भ्रमणमा इलाम आइपुगेका भारतीय राजदूत रन्जीत रेले बिहीबार सीमावर्ती पशुपतिनगरको भ्रमण गरेका छन्। सीमाक्षेत्रका बासिन्दाको समस्या बुझ्दै त्यसको समाधानमा सहयोग पुर्याउने बचन दिएका उनले पशुपतिनगरको फाटकस्थित विवादित सीमाक्षेत्र र सीमा स्तम्भको निरीक्षणसमेत गरेका छन्।
भारतीय दूतावासको सहयोगमा इलाम सदरमुकाममा सञ्चालित आँखा शिविरको उद्घाटनका क्रममा बुधबार ‘इलाम अति महत्वपूर्ण भौगोलिक अवस्थितिमा रहेको सुन्दर ठाउँ' भनेका राजदूत रेले भोलिपल्ट दार्जिलिङसँग जोडिएको पशुपतिनगर भ्रमण गरेका हुन्।
फाटकस्थित दार्जिलिङ प्रवेशद्वारमै सीमा अतिक्रमण गरी एउटा सहायक स्तम्भ भारततिर पार्ने गरी निर्मित भारतीय कस्टम र पश्चिम बंगाल प्रहरीको चेकपोष्ट राजदूत रेले नियालेका थिए। त्यसको दक्षिणतर्फ कष्टम विभागले नै दशगजा अतिक्रमण हुनेगरी निर्माण गरिरहेको पक्की भवनसमेत उनले हेरेका थिए। सीमा अतिक्रमण भएको प्रष्ट देखे पनि उनले केही बोलेनन्।
गृह मन्त्रालयको विरोधपछि भारतीय पक्षले कष्टम विभागको भवन दशगजाबाट केही पर्तिर बनाइरहे पनि सीमा स्तम्भ वारी बनाएको चेकपोष्ट हटाएको छैन। राजदूत रे ‘समस्या समाधान' गर्ने भने पनि त्यो क्षेत्र घुमेर प्रतिक्रिया नदिई सीमापारी गएका थिए।