काठमाडौं- सुरक्षा र प्रतिरक्षाका लागि रुसबाट दुइटा एमआई–१७ हेलिकप्टर खरिद गर्ने सम्झौता गरेको ७ महिना नबित्दै नेपाली सेनाले थप दुइटा एड्भान्स लाइट हेलिकप्टर (एएलएच) खरिद गर्न भारतसँग प्रस्ताव गरेको छ। काठमाडौंमा भएको नेपाल–भारत द्विपक्षीय परामर्श समितिको सुरक्षासम्बन्धी बैठकमा सेनाले दुई हेलिकप्टर खरिद गर्ने प्रस्ताव अघि सारेको हो।सोमबार सम्पन्न सहसचिवस्तरीय द्विपक्षीय सुरक्षा बैठकमा सहभागी परराष्ट्रमन्त्रालयका एक सदस्यका अनुसार सेनाले ६० प्रतिशत अनुदान सहयोग र ४० प्रतिशत खर्च आफंैले व्यहोर्ने गरी भारतसँग खरिद प्रस्ताव गरेको छ। उक्त प्रस्तावप्रति भारतीय पक्ष सकारात्मक देखिएको ती सदस्यले बताए। 'भारतले हामी प्रयास गर्छौं भनेको छ,' उनले नागरिकसँग भने।
गत मंसिरमा दोस्रो संविधानसभा निर्वाचनलाई सहयोग गर्न भारतले केही दिनका लागि दुइटा हेलिकप्टर सेनालाई उपलब्ध गराएको थियो। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि भारतले पूर्वसमझदारीअनुसार ती हेलिकप्टर फिर्ता लगेको थियो। अहिले सेनाले त्यस्तै किसिमका दुई हेलिकप्टर भारतसँग मागेको हो।
सेनाले रुससँग गत पुसमा गरेको दुइटा एमआई–१७ हेलिकप्टर खरिद गर्ने सम्झौता विवादास्पद बनेको थियो। अनुमान गरिएभन्दा डेढ अर्ब रुपैयाँ बढीमा दुई हेलिकप्टर रुससँग खरिद गर्ने सम्झौताका लागि सेनाले छुट्टै कार्यविधि बनाएको थियो। सेनाले अन्तर्राष्ट्रिय टेन्डरबिना प्रत्यक्ष रुसी कम्पनी रोसोबोरोनेक्सपोर्टसँग खरिद सम्झौता गरेको थियो। ती हेलिकप्टर नेपाल ल्याउने प्रक्रिया चलिरहेको छ।
नेपाल–भारत सुरक्षा बैठकमा तालिम, हातहतियार सहयोग र सूचना आदानप्रदान गरी तीन मुद्दामा केन्द्रित छलफल भएको थियो। बैठकमा १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्रालयका सहसचिव अमृतबहादु राई र १४ सदस्यीय भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतीय विदेशमन्त्रालयका सहसचिव अभय ठाकुरले गरेका थिए।
बैठकमा विगतमा जस्तै नेपालले सैन्य तालिमका लागि आवश्यक पर्ने हातहतियार, गोलाबारुद, विस्फोटक पदार्थ, गाडीलगायतका सैन्यसामग्री मागेको थियो। सैन्यसामग्रीको ६० प्रतिशत खर्च अनुदान सहयोग र ४० प्रतिशत खर्च नेपाली सेनाले व्यहोर्ने पुरानै सहमतिलाई यसपटक पनि दुवै पक्षले स्विकारेका छ। भारतीय प्रतिनिधिमण्डलले स्वदेश फर्केर छलफल गरेछि नेपाली सेनाको मागअनुसारका के कति सैन्यसामग्री उपलब्ध गराउने भन्ने जानकारी गराउने समझदारी भएको छ।
बैठकमा भारतले नेपाली सेनाको मेडिकल क्षमता अभिवृद्धि गर्न आवश्यक सहयोग गर्न सहमति जनाएको छ। सेनाका विभिन्न अस्पतालमा १ सय ६० बेड थप्न आवश्यक पर्ने उपकरणलगायतका सामग्री भारतले उपलब्ध गराउनेछ। यस्तै, विभिन्न सैन्य तालिम आदानप्रदान गर्ने प्रस्ताव पनि दुवै पक्षले गरेका छन्। दुवै पक्ष एकअर्कालाई विभिन्न सैन्य तालिम उपलब्ध गराउन सहमत भएका छन्।
तालिमको लागि आवश्यक पर्ने विज्ञ, शिक्षक तथा प्रशिक्षक आदान–प्रदान गर्नसमेत सहमति भएको जनाइएको छ। सैन्य प्रतिष्ठानको अध्ययन भ्रमण, व्यावसायिक सैन्य शिक्षाबारे पनि अध्ययन तथा अवलोकन गर्न दुवै पक्ष सहमत भएका छन्। प्रत्येक वर्ष हुने नेपाल–भारत सुरक्षा बैठक सन् २०१५ मा भारतमा हुनेछ।