काठमाडौं- नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय नेतृत्वका लागि आकांक्षी धेरै भएपछि गुटमै व्यवस्थापन गर्न समस्या देखिएको छ। अध्यक्षका आकांक्षीद्वय वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दल नेता केपी शर्मा ओली समूहलाई तल्लो तहबाट धेरैले केन्द्रमा चुनिने इच्छा देखाउँदा नामावली तयार गर्न समस्या परेको छ।'व्यक्तिगत महत्वाकांक्षा निकै बढेको छ। पुराना सबै नेता अहिले परिहाल्छन्। नयाँ पनि निकै देखिएका छन्,' एक एमाले नेताले नागरिकसँग भने, 'पदाधिकारी र केन्द्रीय सदस्यको नाम चयनका बेला ख्याल गर्न नसकिए चुनावमा समस्या पर्छ। सबै क्षेत्रलाई समेट्नुपर्छ।'
विधान संशोधनमा उल्लेख भएअनुसार १ सय १५ पूर्ण केन्द्रीय सदस्य र ३४ वैकल्पिक केन्द्रीय सदस्यका लागि दुवै समूहमा गरी ५ सयभन्दा बढीको दाबी छ। धेरैको दाबीले समस्या पारे गुटभित्र पनि स्थानीय प्रतिस्पर्धा र अन्तरद्वन्द्वले छनोटलाई झनै जटिल बनाउने नेताहरूले बताएका छन्।
जनकपुरमा ओली समूहबाट सचिवका आकांक्षी रहेका रघुवीर महासेठविरुद्ध त्यसै समूहका अन्य नेताबीच द्वन्द्व छ। ओलीतर्फका अञ्चल इन्चार्ज केशव देवकोटा, श्रीप्रसाद साहलगायतसँग लामो समयदेखि अन्तरद्वन्द्व रहँदै आएको छ। 'महासेठको ओली समूहका स्थानीय प्रतिनिधिसँग मिल्ती छैन। त्यसले पदाधिकारी तहमा होइन, केन्द्रीय सदस्य छनोटमा समस्या पार्छ,' ओलीनिकट एक नेताले भने, 'महासेठ र बाँकी अन्यलाई सन्तुलन राखेर अघि बढ्नु फलामको चिउरा चबाउनु जस्तै हो।'
नेपाल समूहमा मेचीका पुरानाबाहेक नयाँमा तिलकुमार मेन्याङ्बो, मणि सुब्बा, रविन कोइराला, शिव गुरुङ र पवित्रा निरौला केन्द्रमा आउने सम्भावना छ। मेन्याङ्बो ताप्लेजुङ, सुब्बा इलाम र कोइराला झापा जिल्ला कमिटी अध्यक्ष हुन्। गुरुङ संघीय मामिला विभागका सचिव हुन् र निरौला मेची अञ्चल समन्वय कमिटीमा छिन्।
केन्द्रीय कमिटीमा रहेकामध्ये नेपालतिर नरेश खरेल, गणेश काम्बाङ छन्। नेपाल समूहले उल्लिखितमध्येबाटै भूगोल, खुला र आरक्षण क्षेत्रमा केन्द्रीय सदस्य उठाउने तयारी गरेको छ।
ओली समूहमा मेचीबाट हिक्मत कार्की, देवेन्द्र दाहाल, एलपी साँवाको नाम आएको छ। साँवाको दाबी वैकल्पिक केन्द्रीय सदस्यमा छ। कार्की, दाहाल र साँवा तीनैजना झापाका हुन्।
कोसीबाट नेपाल समूहले भीम आचार्य, जीवन राई, राजेन्द्र राई (धनकुटा), भवानी खापुङ, धर्म निरौला र रेवती भण्डारीमध्येबाट केन्द्रीय सदस्य उठाउने तयारी गरेको छ। अहिलेकै केन्द्रीय कमिटीमा भोजपुरका जयन्ती राई र राजेन्द्र राई वैकल्पिक केन्द्रीय सदस्य छन्।
केन्द्रीय सदस्यमा सबै क्षेत्रको प्रतिनिधित्व होस् भन्ने विषयमा ध्यान दिने गरिएको छ। 'जिल्लाबाट कम्तीमा एकजनाको प्रतिनिधित्व होस् भन्ने पक्षमा छौं। सबै क्षेत्रको प्रतिनिधित्व गराउने विषयमा ध्यान पुर्यााउनुपर्छ,' नेपालनिकट एक नेताले भने।
सुनसरीका निरौला र भण्डारी एउटै निर्वाचन क्षेत्रका हुन्। आचार्यलाई पदाधिकारीमा उठाउने तयारी नेपाल समूहको छ। कोसीमा ओली पक्षबाट कृपाशुर शेर्पा, विनोद ढकाल, घनश्याम खतिवडासहितका नेताको दाबी छ। कोसी अञ्चल इन्चार्ज राजेन्द्र गौतम र वैकल्पिक केन्द्रीय सदस्य शेरधन राई पनि ओलीतिरै छन्।
सगरमाथामा ओली समूहबाट केन्द्रीय सदस्यमा उठ्नेमा विशाल भट्टराई, सुमन प्याकुरेल, जया पोखरेलको चर्चा छ। सगरमाथाका धर्मनाथप्रसाद साह ओली समूहबाट पदाधिकारीमा प्रतिस्पर्धा गर्ने तयारीमा छन्। साहलाई उपाध्यक्ष वा सचिवमा प्रतिस्पर्धा गराउने योजना छ।
नेपाल समूहबाट केन्द्रीय सदस्यमा यज्ञराज सुनुवार, राजन राई, झलक शेर्पा, गोविन्द न्यौपाने, लीला श्रेष्ठको दाबी छ। नेपाल समूहमा जनकपुरबाट नयाँबाट गणेश पहाडी, कमलजंग राई, राजनारायण साहको नाम छ।
ओली समूहले जनकपुरबाट पुरानै व्यक्तिहरूलाई दोहोर्याणउने तयारी गरेको छ। केन्द्रीय सदस्य रघुवीर महासेठलाई पदाधिकारीमा उठाउने तयारी छ। केन्द्रीय सदस्य केशव देवकोटा र वैकल्पिक केन्द्रीय सदस्य श्रीप्रसाद साह र रामदयाल मण्डललाई केन्द्रीय सदस्य बनाउने ओली समूहले जनाएको छ। नेपालले मण्डल आफूतिर भएको भन्दै उनलाई दोहोर्यारउने तयारी गरेको छ।
बागमतीमा ओली र नेपाल समूहबाट केन्द्रीय सदस्यमा दाबी गर्ने धेरै छन् ।
ओली पक्षबाट केशव पाण्डे, आनन्द पोखरेल, पार्वत गुरुङ, गोकुल बाँस्कोटा, विदुर सापकोटा, कैलाश ढुंगेल र श्याम बस्नेत केन्द्रीय सदस्यका दाबेदार हुन्। नेपाल समूहबाट केन्द्रीय सदस्य दाबी गर्ने नयाँमा गुरुप्रसाद बुर्लाकोटी, राजेन्द्रप्रसाद लोहनी, सुभाष कर्माचार्य, हस्त पण्डित, लालकुमार केसी, शिव भण्डारी, टोपबहादुर वाइवा छन्। अरुण नेपाल र शेरबहादुर तामाङ पनि भूगोलबाटै प्रतिस्पर्धामा दाबी गर्दै आएका छन्। यसअघि भूगोलबाट विजयी भएका पशुपति चौलागार्इंको चाहना पदाधिकारीमा रहेको छ।
उपत्यकाबाट नेपाल समूहमा केन्द्रीय सदस्य दाबी गर्नेमा वसन्त मानन्धर, राजेन्द्रमान श्रेष्ठ, सुरेन्द्र मानन्धर, प्रेम महर्जन, गोपाल बराल, नारायण ढकाल, रामकुमार झाँक्री, विश्वनाथ प्याकुरेल, केदार सञ्जेल, कमला श्रेष्ठ र प्रभा बज्राचार्य छन्। ओली समूहबाट हालै नेपालतर्फ लागेका उपत्यका इन्चार्ज कृष्णगोपाल श्रेष्ठ र यसअघि उपत्यकाबाट जितेका केन्द्रीय सदस्य योगेश भट्टराईलाई पदाधिकारीमा उठाउने तयारी छ। उपत्यकाका जीवनराम श्रेष्ठ पनि नेपाल समूहका उम्मेदवार हुन्।
त्यसैगरी, उपत्यकामा ओली समूहले राजन भट्टराई, रामेश्वर फुयाल, विनोद श्रेष्ठ, निर्मल कुइँकेल, विन्दा पाण्डेसहितको चर्चा छ। यसै क्षेत्रमा विष्णु रिमाल पदाधिकारी उठाउने चर्चा छ।
नारायणीमा दुवै समूहमा नेतृत्व दाबी गर्नेको संख्या ठूलो छ। ओली पक्षमा केन्द्रीय कमिटीमा रहेका काशीनाथ अधिकारी, देवी ज्ञवाली, अच्युत मैनाली बाहेकका कृष्णप्रसाद दाहाल, अनन्त पौडेल, रामेश्वर राना, जगन्नाथ थपलिया चर्चामा छन्। त्यसैगरी, नेपाल पक्षबाट रामकुमार भट्टराई, कृष्ण खनाल, कृष्णभक्त पोखरेल, पुरुषोत्तम पौडेल, अरविन्द सिंहलगायत उठ्ने सम्भावना छ।
नेपाल समूहबाट गण्डकीमा सीता गिरी, जमिन्द्रमान घले, प्रतापलाल श्रेष्ठ, शंकरनारायण श्रेष्ठ, चक्र पराजुली अघि सरेका छन्। प्रतिनिधि छनोट राम्रो भएको गण्डकीमा ओली समूहमा आकांक्षी धेरै छन्। यस क्षेत्रका खगराज अधिकारी, किरण गुरुङ, केशवलाल श्रेष्ठ, पृथ्वीसुब्बा गुरुङको दाबी पदाधिकारीमा छ। ओली समूहले उम्मेदवार बनाउन खोजेको अन्य नेतामा रवीन्द्र अधिकारी, टुकराज सिग्देल, बाचस्पति देवकोटा, पद्मा अर्याल छन्। सिग्देल र देवकोटा अहिले पनि केन्द्रीय सदस्य हुन्।
महाधिवेशनमा सबैभन्दा बढी प्रतिनिधि रहेको लुम्बिनीमा ओली समूहबाट पदाधिकारीमा विष्णु पौडेल र प्रदीप ज्ञवालीको दाबी छ। त्यसैगरी, केन्द्रीय सदस्यमा छविलाल विश्वकर्मा, नेत्र पन्थी, रामनाथ ढकाल, खिमलाल भट्टराई, तिलक महत दाबेदार छन्।
नेपाल समूहबाट कृष्ण पौडेल, भोजप्रसाद श्रेष्ठ, विष्णु पन्थी, सोमप्रसाद पाण्डे, कमल श्रेष्ठ, नरेन्द्र क्षेत्री, गगन विष्टको नाम छ। खुलातर्फ वैकल्पिक केन्द्रीय सदस्य ठाकुर गैरेले पूर्ण केन्द्रीय सदस्य बन्न खोजेका छन्। नेपाल समूहले लुम्बिनीका घनश्याम भुसाल, गोकर्ण विष्टलाई पदाधिकारीमा उठाउने तयारी गरेको छ।
धौलागिरीमा ओली समूहले गणेश तिमल्सिना र विकास लम्साललाई केन्द्रमा उठाउने तयारी गरेको छ। यसै अञ्चलकी थममाया थापाको पदाधिकारीमा दाबी छ।
नेपाल समूहले गणेश पौडेल, इन्द्रलाल सापकोटा, हीराबहादुर केसी, रामजी शर्मालाई उठाउने तयारी गरेको छ। श्रीमाया थकाली नेपाल समूहबाट पदाधिकारीमा दाबी गर्दै आएकी छन्।
राप्तीबाट नेपाल पक्षमा छविलाल ओली, नन्दलाल शर्मा, ठगेन्द्र पुरी, शेरबहादुर केसी, हरिबहादुर घर्ती, शान्ता चौधरी, उदय बोहराको नाम चर्चामा छ। यसै अञ्चलका प्रकाश ज्वाला सचिवका दाबेदार हुन्।
ओली समूहमा गोकुल घर्ती, भागवत विश्वासी, नरुलाल चौधरी, कुमार दसौदीको नाम चर्चामा छ। चौधरी र दसौदी क्रमशः दाङ र रोल्पाका जिल्ला अध्यक्ष हुन्।
राप्तीका शंकर पोखरेल जारी महाधिवेशनले उपमहासचिव पद सिर्जना गरे त्यसमा प्रतिस्पर्धा गर्नेछन्। भेरीमा देवराज भार, यमलाल कँडेल, दिनेश यादव, विनोद शाह, लक्ष्मीप्रसाद पोखरेल, रवीन्द्र शर्मालाई उठाउने तयारी नेपाल समूहको छ। यसै क्षेत्रका नेता गौतम उपाध्यक्षमा उठ्ने निश्चित छ।
नेपाल पक्षमा गोविन्द कोइराला, निरज आचार्य, योगन्द्र शाही, राजबहादुर बुढा, विष्णु रिजाल चर्चामा छन्। केन्द्रीय सदस्य दलबहादुर सुनार पनि नेपाल समूहका दाबेदार हुन्।
कर्णालीमा नेपाल समूहले देवीराम थापा, कुर्मराज शाही, दल फडेरा, गोपाल बममध्येबाट उठाउनेछ। त्यसैगरी, ओली समूहले केन्द्रीय सदस्य गोरखबहादुर बोगटीको अतिरिक्त मोहन बानियाँ, तुलाराम विष्ट, दल फडेरा र धनु बुढाबाट उठाउने खोजेको छ।
सेतीमा पनि दुवै पक्षका अत्यधिक नेता आकांक्षी देखिएका छन्। ओली समूहले नेपाल समूहबाट भर्खरै आएका अञ्चल इन्चार्ज भानुभक्त जोशीको पदाधिकारीमा सम्भावना रहेको जनाएको छ। कर्ण थापाले पनि पदाधिकारीमा दाबी गरेका छन्। महेश्वर पाठक, प्रकाश शाह, कृष्णप्रसाद जोशी, लालबहादुर थापा, दयालबहादुर शाही, चन्द्र मल्लको नेतृत्वमा दाबी छ।
नेपाल समूहमा भरत साउद, कमल तिमल्सिना, शेरबहादुर कुँवर, कृष्णप्रसाद भट्टराई, एलबी रावल, प्रेम आले, दीर्घ सोडारीको दाबी छ। महाकालीमा दीपकप्रकाश भट्टराई, तारा लामा, जयनन्द जोशी र ताराला जोशी दाबेदार हुन्।
ओली समूहले महाकालीमा गणेश ठगुन्ना, दमोदर भण्डारी, नरबहादुर धामीमध्येबाट उठाउने तयारी गरेको छ।
नेपालका लागि टिम तयार पर्ने समूहमा सुरेन्द्र पाण्डे, रघुजी पन्त, प्रकाश ज्वाला, भीम रावल, घनश्याम भुसाल, विजय पौडेल, पर्शुराम मेघी गुरुङ छन्।
ओली पक्षका लागि भने वामदेव गौतम, विद्या भण्डारी, विष्णु पौडेल, शंकर पोखरेलले सूची तयार पारिरहेका छन्। जनजाति कोटामा कसकसलाई ल्याउने भनेर सिफारिस गर्ने जिम्मा पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ।
'ओली र गौतम कमरेड दुवैले सूचीलाई अन्तिम रूप दिनुहुन्छ,' ओलीनिकट एक नेताले भने। नेपाल समूहको सूचीलाई वरिष्ठ नेता नेपालले नै अन्तिम रूप दिनेछन्।