काठमाडौं – नेकपा एमालेको नवौं महाधिवेशनको तेस्रो दिन आज पार्टी अध्यक्ष झलनाथ खनालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। उनले राजनीतिक प्रतिवेदनको लिखित पढेर सुनाइरहेका छन्। उनको प्रस्तुतीपछि पार्टी नेता-कार्यकर्ताले समूहगत छलफलमा सक्रिय हुनेछन्। खनालको प्रतिवेदनमा राजनीतिक क्रान्तिको नेतृत्व गर्न एमाले सफल भएकाले र आर्थिक समृद्धि हासिल गर्ने र देशलाई अगाडि बढाउनुपर्ने उल्लेख छ।
यो प्रतिवेदन हिजो नै पेश भएको थियो। राजनीतिक प्रतिवेदनपछि पार्टी महासचिव ईश्वर पोखरेलले साङ्गठनिक प्रतिवेदन र सचिव युवराज ज्ञवालीलेे विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।
चुनावी महाधिवेशन भएका कारण नेताहरु प्रतिवेदनमा अल्झिने सम्भावना कम रहेको छ। पार्टी अध्यक्षका लागि पूर्व महासचिव माधवकुमार नेपाल र केपी ओली वेग्लावेग्लै प्यानलसहित मैदानमा उत्रिने तयारी भइरहेको छ। चुनावी महाधिवेशन भए पनि महाधिवेशन कार्यक्रमस्थलमा चुनावी प्रचार निषेध गरिएको छ।