काठमाडौं- नेकपा एमालेको जारी नवौं महाधिवेशनको बन्दसत्र ढिलो गरी शुरु भएको छ। १ बजे देखि सुरु हुने भनिएको बन्दसत्र केहि समय अघि मात्र सुरु भएको हो।
प्रतिनधि प्रवेश पास लगायतका विषयको कारणले बन्द सत्र ढिलो गरी सुरु भएको बताइएको छ।
बन्दसत्र सञ्चालनका लागि १३ सदस्यीय अध्यक्ष मण्डल र स्टेरिङ कमिटी गठन गरिएको छ। स्थायी कमिटीको बैठकले कमिटीको गठन गरेको हो।
अध्यक्ष मण्डलमा उपाध्यक्ष विद्यादेवी भण्डारी, महासचिव ईश्वर पोखरेल, सचिव युवराज ज्ञवाली, नेताहरु भरतमोहन अधिकारी, मुकुन्द न्यौपाने, छविलाल विश्वकर्मा, धर्मनाथ शाह, किरण गुरुङ, भोजराज जोशी, भीम रावल, नागेन्द्र चौधरी, राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्यलाई स्थायी कमिटीले प्रस्ताव गरेको छ।
यस्तै, स्टेरिङ कमिटीमा सचिवहरु विष्णु पौडेल, शङ्कर पोखरेल, नेताहरु प्रदीप ज्ञवाली, रघुवीर महासेठ, विष्णु रिमाल, अग्नि खरेल, विन्दा पाण्डे, केशवलाल श्रेष्ठ, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रघुजी पन्त, विजय पौडेल र वेदुराम भुसाल रहेका छन्।

बन्द सत्रमा अध्यक्ष झलनाथ खनालले नवौं महाधिवेशनका लागि तयार पारिएका राजनीतिक प्रतिवेदन तथा महासचिव ईश्वर पोखरेलले विधान संसोधनको प्रस्ताव पेस गर्दैछन्।
सामाजिक न्याय, नयाँ संघीय लोकतान्त्रिक संविधान निमार्ण र आर्थिक समृद्धिको मूल एजेन्डामा आधारित रहेर खनालको प्रतिवेदन पेस हुनेछ भने बहुपदीय प्रणालीमा थप गरिएका नयाँ पदका नयाँ प्रस्ताव विधान संसोधनमार्फत् पोखरेलले पेस गर्नेछन्। दुवै प्रतिवेदनबारे २३ सय बढी प्रतिनिधिले २० वटा समूहमा छलफल गरी निष्कर्ष निकाल्नेछन्।